भारतले बढायो नेपाललाई दिने अनुदान रकम

८ साउन , विराटनगर।

भारत सरकारले नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरेको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज संसदमा बजेट पेश गर्दै नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरिएको बताएकी हुन् ।

वित्तमन्त्री निर्मला सीतारमणले आफ्नो कार्यकालको सातौँपटक वित्त वर्ष २०२४÷२५ को बजेट सार्वजनिक गरेकी हुन् । भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ तर नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो ।

सीतारमणले नेपाललाई यस आर्थिक वर्षमा कुल ७ सय करोड भारुबराबरको अनुदान प्रदान गरिने बताइन् । यो रकम अघिल्लो आवमा प्रदान गरिएको अनुदानको तुलनामा ५० करोड बढी हो ।

भारत सरकारले अघिल्लो आवमा भने नेपालका लागि ६५० करोड भारु बराबरको अनुदान छुट्टाएको थियो । गत आवमा पहिलोपटक नेपालका लागि ५५० करोड छुट्टाइएकोमा पछि संशोधित बजेटमा थप १०० करोड भारु थप गर्दै अनु्दान रकमलाई ६५० पुर्याइएको थियो ।

यो आवमा भारतले सबैभन्दा धेरै अनुदान भुटानका लागि छुट्टाएको छ । भारत सरकारले भुटानलाई २ हजार ६८.५६ करोड भारु दिने निर्णय गरेको छ ।

त्यस्तै अफगानिस्तानलाई २०० करोड भारु, बंगलादेशलाई १२० करोड, श्रीलंकालाई २४५ करोड,माल्दिभ्सलाई ४०० करोड र म्यान्मारलाई २५० करोड भारु अनुदानका रुपमा प्रदान गरिने सीतारमणले बताइन् ।

यस्तै मंगोलियालाई ५ करोड, अफ्रिकी देशलाई २ अर्ब, युरेसियन देशलाई २० करोड, ल्याटिन अमेरिकी देशलाई ३० करोड, अन्य विकासोन्मुख देशलाई १ अर्ब २५ करोड विनियोजन गरेको छ ।

भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ । जसमा नेपाल, भुटानसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मंगोलियालाई अनुदान दिने गरी बजेट विनियोजन गर्छ ।

धेरै अनुदान पाउनेमा भुटान र नेपाल नै अगाडि छन् ।भारतीय वित्त मन्त्री निर्मला सितारमणले आज लोकसभामा आर्थिक वर्ष २०२४ २५ को बजेट पेस गरेकी हुन् । बजेटमा नरेन्द्र मोदी सरकारले केन्द्रमा गठबन्धन दलमा रहेका दुई पार्टीका लागि ठूलै रकम छुट्याएको छ।

लोकसभा निर्वाचनमा बहुमत ल्याउन नसकेपछि विहारका नितिश कुमारको जेडीयु र आन्ध्रप्रदेशका चन्द्रबाबुको सहयोगमा केन्द्रमा मोदीले सरकार बनाएकाछन् । उनीहरुको सहयोग बिना मोदीलाई पूरा कार्यकाल सत्ता टिकाउन गारो हुने छ ।

त्यसैले तेस्रो कार्यकालको पहिलो बजेटमा मोदी सरकारले आफ्ना गठबन्धन दलमा प्रभुत्व रहेको प्रदेशका लागि हजारौं करोड रकम छुट्याएको हो । विहारको सडक र पूर्वाधार निर्माणका लागि २६ हजार करोड, भारतीय रुपैया छुट्याइएको सीतारामणले बताएकी छन् ।

यस्तै गंगा नदीमा दुई लेनको पुल निर्माण गर्ने घोषणा भएको छ । साथै पटना पुर्णिया एक्सप्रेसवे, बस्कर भागलपुर एक्सप्रेसवेसंगै बोधगया, राजगीर, बैशाली र दरभंगामा सडक निर्माण गरिने भएको छ ।

यसका साथै नालन्दालाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्ने र गयाको विष्णुपद मन्दिरसंगै महाबोधी मन्दिरलाई काशी विश्वनाथको दर्जामा विकास गरिने घोषणा उनले गरिन् । विहारमा बाढी रोकथाम र सिचाइँका लागि पनि प्याकेज घोषणा गरिएको छ ।

यता आन्ध्र प्रदेशलाई २५ हजार करोड भारतीय रुपैंया दिने घोषणा सीतारमणले गरिन् । बजेटमा रोजगार, उद्यम, इनोभेसन, शहर विकास, अनुशन्धान र उर्जा सुरक्षालाई यसपटक प्राथमिकतामा राखिएको छ ।

यो बजेट मोदी सरकारको तेस्रो कार्यकालको पहिलो बजेट हो । बजेटमा समेटिएका प्रावधानहरुबारे प्रधानमंत्री मोदीले खुशी व्यक्त गरेका छन् । उनले भने, यो बजेटले देशलाई समृद्धितर्फ लिएर जानेछ ।

र यो बजेटमा समाजका सबै वर्गहरुलाई ध्यानमा राखिएको छ । उनले भने यो शक्ति दिने खालको बजेट छ । यो किसानहरुलाई, युवाहरुलाई प्रगतिको बाटोमा लैजाने खालको बजेट हो ।

पछिल्लो १० वर्षमा २५ करोड मानिसहरु गरिबीबाट बाहिर निस्किएका छन् । मोदीले भने यो उनीहरुको आर्थिक प्रगतिमा निरन्तरताको बजेट हो । यसले युवाहरुलाई अनगिन्ती मौका दिनेछ । यो बजेटले मध्यम वर्गलाई नयाँ शक्ति दिनेछ ।

यो जनजाती समाज, दलित, पछाडी परेकालाई शसक्त बनाउने योजनाकासाथ आएको छ । मोदी भन्छन् यो बजेटले महिलाहरुको आर्थिक सहभागिता सुनिश्चि गर्न सहयोग गर्छ । उनले यो बजेट व्यापारिहरु, लघु उद्योगहरुलाई प्रगतिको नयाँ बाटो दिन सक्षम रहेको दाबी गरेका छन् ।

भारत सरकारले मंगलबार ल्याएको बजेटमा सबैभन्दा धेरै रक्षातर्फ ४ लाख ५४ हजार ७ सय ७३ करोड भारु छुट्याएको छ । त्यसपछि ग्रामीण विकासमा २ लाख ६५ हजार ८ सय ८ करोड र कृषितर्फ १ लाख ५१ हजार ८ सय ५१ करोड भारु छुट्याएको छ ।

त्यस्तै गृह मन्त्रालयलाई १ लाख ५० हजार ९ सय ८३ करोड र शिक्षातर्फ १ लाख २५ हजार ६ सय ३८ करोड भारु छुट्याइएको छ । आज प्रस्तुत भएको भारतको बजेट यसमा नेपाललाई बढाएर छुट्याइएको अनुदानबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला ।

तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top