NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

भ्रष्टाचारमा प्रचण्ड बेदाग ? नारायणकाजीको काउन्टर

बुधबार साउन ९ , २०८१
Reading Time: 1 min read
A A
माधव नेपाल र उपेन्द्र यादवले हैसियत भन्दा बढी भाग खोज्दा चुनावी तालमेल असहजः प्रचण्ड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ साउन , काठमाण्डौ ।
आफू कहिल्यै पनि यथास्थितिमा बस्न नसक्ने, सानोठूलो उथलपुथल गरिरहने आफ्नो स्वभाव रहेको बताउने गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोआज आफू बेदाग रहेको पनि दाबी गर्न थालेका छन् । नेपाली राजनीति र सत्तामा पुगेकाहरु प्राय कुनै न कुनै काण्डमा मुछिने गरेकामा प्रचण्डले आफू जति पटक सत्तामा पुगेपनि बेदाग निस्किएको दाबी गरेका छन् ।

उनको यो दाबी पछिल्लो पटक काँग्रेस–एमाले मिलेर नयाँ सरकार बनाउँदा प्रतिपक्षमा पुगेपछि आएको हो । आज पनि पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी दोहोर्याए । उनले भने, “हामी सरकारबाट बेदाग निस्किएका छौँ । न ओम्नी न त गिरिबन्धु । कतैबाट पनि दाग लागेको छैन ।”

प्रचण्डले आफूहरु सरकारबाट बेदाग निस्किएको उल्लेख गर्दै अबको समय भनेको पार्टी स्थापितमै केन्द्रित हुनु रहेको बताएका छन् । यस्तै उनले ओली नेतृत्वमा बनेको गठबन्धनले संविधान मिच्ने र परिवर्तन उल्ट्याउने प्रयास गर्ने आशंका व्यक्त गरे । “उपलब्धि उल्ट्याउने तयारी यो गठबन्धनले गरेको छ,” उनले भने, “अमूर्तरुपले त्यही भनेको पनि छ ।

LS Auto

विगतको घटनाक्रम पनि संविधान मिच्ने र परिवर्तन उल्ट्याउने नै छ । संघीयताबाट पछि हट्ने खतरा छ । जसको नेतृत्वमा गठबन्धन बनेको छ । संसद् विघटन गरेको इतिहास छ । उपलब्धिमाथि प्रहार गर्ने खतरा छ । त्यसैले हामी सचेत रहनैपर्छ ।” उनले अब सरकार होइन, जनतामा जाने बताउँदै भने, “प्रतिगामी कदम चालिन्छन् भन्ने देखेका छौँ । सडक र संसद्बाट पनि हामीले प्रतिवाद गर्नेछौँ ।”

यस्तै प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप पनि लगाए । उनले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाको पक्षमा काम गर्दा सरकार ढालेको बताएका हुन् । प्रचण्डले युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरूका हकहितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको बताए ।

उनले विचौलियाहरूको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गरे । विचौलियकै पक्षमा सरकारले काम गर्ने उनको आरोप छ । उनले पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको बताए । प्रतिगमनको खतराविरुद्ध पार्टीलाई एकतावद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरूको मुख्य लक्ष्य रहेको स्पष्ट पारे ।

प्रचण्डले आफू सरकारबाट बेदाग बाहिरिएको दाबी गरेपनि उनीमाथि क्यान्टोनमेन्ट अर्थात सेना समायोजनका क्रममा भएको आर्थिक चलखेलको विषयमा आरोप छ । यस्तै माओवादी द्वन्दकालसंग जोडिएका कयौं विषयमा उनी प्रश्नहरुको घेरामा छन् । यस्तै तत्कालिन र हालका माओवादीका कयौं नेता तिनका परिवारसहित सुन, जग्गा, नक्कली शरणार्थी लगायतका कर्यौ प्रकरणमा जोडिएका छन् ।

यो पृष्ठभूमीकाबीच प्रचण्डले आफू बेदाग रहेको र आफूले शुसासनको काम गर्दाखेरी सरकार ढालिएको र अब पार्टीलाई सुदृढ गर्दै जनताको बिचमा जाने बताइरहँदा उनका वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिए तयार रहेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अगाडि यस्तो बताएका हुन् ।

प्रचण्डले ३५ वर्ष पार्टीको नेतृत्व गरिसकेँ अब तपाईंहरूले चलाउनुस् भनेर जिम्मेवारी दिए नेतृत्वका लागि तयार रहनुपर्ने उनको भनाइ छ । ’अध्यक्ष कमरेडले ३५ वर्ष मैले पार्टीको अध्यक्षता गरेँ, मैले मात्रै कति जिम्मेवारी लिने भनेर हामीमध्ये कोहीलाई तपाईंहरू अब चलाउनुस् भनेर कुनै दिन भनेको स्थितिमा हामी चलाउन तयार हुनुपर्छ,’ श्रेष्ठले भने, ’अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्षले नै गरेर अघि बढ्नु र हामी सबैले साथ दिने अहिलेको आवश्यकता हो ।’

रूपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्ष प्रचण्डले नै गरेर अघि बढ्नु र सबैले साथ दिने कुरा अहिलेको आवश्यकता भएको श्रेष्ठको भनाइ छ । माओवादी केन्द्रका लागि सरकारमा रहनु र सरकारबाट बाहिरिनुले कुनै असर नगर्ने भए पनि अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भूमिका महत्त्वपूर्ण रहने उनले बताए । सरकारबाट बाहिर आएको अवस्थामा प्रतिक्रियात्मक, आक्रोशपूर्ण ढंगले प्रस्तुत हुन नहुने श्रेष्ठले बताए ।

‘हाम्रो लागि सरकारमा रहनु वा सरकारबाट बाहिर आउनु त्यति ठूलो कुरा होइन । यद्यपि, अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भूमिका महत्त्वपूर्ण रहन्छ । अहिले मुख्य भूमिकामा थियो,’ श्रेष्ठले भने, ’अहिले प्रादेशिक र संघीय सरकारमा नरहने स्थितिमा हाम्रो संसदको भूमिका मुख्य भएर जान्छ । विस्तारै जनतासँग जोडेर जनपरिचालन, जनसंघर्षको भूमिकामा पनि जानुपर्ने स्थिति हुन सक्छ ।

त्यसको आवश्यकताअनुसार हामी अघि बढ्छौँ । पार्टीको नेतृत्वको सरकारलाई गिराउन विभिन्न ढंगले सधैँ प्रयत्न हुँदै आएको पनि श्रेष्ठको भनाइ छ । अहिले बनेको सरकारले राष्ट्रियताको रक्षा नगर्ने, उपलब्धिको रक्षा नगर्ने र सुशासन स्थापित गर्न नसक्ने उनले दाबी गरे । वर्तमान सरकारले प्रतिगमनतिर लैजाने खतरा रहेको भन्दै सरकार भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर जाने उनको आशंका छ ।

’जुन सरकार अहिले बनेको छ, त्यो सरकारले के राष्ट्रियताको रक्षा गर्दछ, जो हामीले दृढतापूर्वक अघि बढाएका थियौँ । यो सरकारले के अहिलेको उपलब्धिको रक्षा गर्छ ?’ श्रेष्ठले भने, ’अहिलेको उपलब्धि रक्षा गर्नुको सट्टा प्रतिगमनतिर लैजाने त होइन भन्ने आशंक आएका छन्। त्यसप्रति हामी सचेत छौँ । यो सरकारले सुशासन स्थापित गर्छ भन्दा भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर त जाँदैन भन्ने प्रश्न आएको छ ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष प्रचण्ड र आफूबीच फाटो पैदा गर्ने काम भइरहेको भन्दै त्यसको भ्रममा नपर्न पनि अन्तिममा आग्रह गरेका छन् ।

Tags: #नारायणकाजीको काउन्टर#भ्रष्टाचारमा प्रचण्ड बेदाग ?

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन
ताजा समाचार

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.