इन्दिराको पछि लागे माननीयहरु

८ साउन ८१, बुधबार

९ साउन, काठमाण्डौ ।

उपसभामुख इन्दिरा रानालाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् । रानाले गैर सांसदलाई अमेरिकाको भिसाका लागि सिफारिस गरेको दाबी गर्दै परेको उजुरीबारे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आज छलफल भएको छ ।

सो समितिको बैठकमा सांसदहरूले पदीय मर्यादा भुलेर भिसा सिफारिस गरेकाले रानालाई कारबाही हुनुपर्ने माग गरेका हुन् । समिति सदस्य वासुदेव घिमिरेले उपसभामुख रानासँग जोडिएको प्रकरणमा नेपाली व्यक्ति अमेरिका पठाउन खोजेको र लेनदेन पनि भएको कुरा बाहिर आएकाले गम्भीर रूपमा छलफल हुनुपर्नेमा जोड दिए ।

Advertisement

अर्की सदस्य ईश्वरी न्यौपानेले उपसभामुखले लेटर हेड दुरुपयोग गरेको तर्क गरिन् । ‘उहाँ (उपसभामुख)ले एक जना सहयोगी, ४ जना चिन्दिन भन्नुभयो । सहयोगी पनि रहेनछ । संस्थामा काम गर्ने व्यक्ति भन्नुभयो त्यो पनि हैन रहेछ’ उनले भनिन् ।

न्यौपानेले राना मगर विरुद्ध उनकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा ९ लाख लेनदेन भएको भनेर उजुरी परेको विवरण सार्वजनिक भएको तर सामसुम पारिएको बताइन् ।

Advertisement

‘यसको छानबिन हुनुपर्छ । विश्वमा नेपालको देशको उपसभामुख मानव बेचबिखनमा संलग्न भन्ने आरोप नलागोस्, नपरोस् । उहाँको छानबिन हुनुपर्छ । दोषी वा निर्दोष छुट्टाउनु पर्छ , स्पष्ट पार्नुपर्छ’ उनले भनिन् ।

यस्तै सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी समेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताए ।

उनले कानूनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अगाडि बढाउनुपर्ने धारणा राखे । समितिको काममाथि प्रश्न नउठ्ने गरी उपसभामुखमाथिको यस प्रकरणमा समितिले काम गर्नुपर्नेमा उनको जोड थियो ।

’उपसभामुखको विषयमा हामी कहाँ निवेदन पनि आएको छ । यसलाई के गर्ने ? यसको कानूनी, राजनीतिक सबै पक्षहरुलाई गम्भीरतापूर्वक हेरेर के गर्न मिल्छ ? फेरि हामीले गरेको काममाथि प्रश्न पनि कतै बाट नउठोस् । उपसभामुख हुनुहुन्छ, किन यसरी गरियो भन्ने प्रश्न पनि नउठोस् ।

कानूनी र वैधानिक रुपले पनि हामीले केही गर्छौ भने कुनै कदम चाल्छौँ भने त्यसको आधार हुनुपर्छ,’ उनले भने । भक्तपुर बालकोटका अर्जुन बास्कोटाले यही साउन १ गते समितिमा उजुरी दर्ता गराएका हुन् ।

‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७औँ सत्रमा भाग लिन जानका लागि उपसभामुख रानाले पाँचजनाको लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्रले तरंग सिर्जना गरेको छ ।

२६ फेब्रुअरी २०२३ मा रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि बढाउन आग्रह गर्दै पत्र लेखिकी थिइन् ।

सोही संदर्भमा सांसदहरुले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधिसभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

सम्बन्धित समाचार

Scroll to Top