ह्यारिसले दिइन् डोनाल्ड ट्रम्पलाई अपराधी र ठगको संज्ञा

९ साउन, एजेन्सी ।

Advertisement

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई अपराधी र ठगको संज्ञा दिएकी छिन् ।

विस्कन्सिन राज्यमा सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति ह्यारिसले कडा परिश्रमबाट आफू चुनाव जित्नेमा ढुक्क रहेको बताउँदै ट्रम्पलाई अपराधी र ठगको संज्ञा दिएकी हुन्।

Advertisement

उनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्पको सामना गर्न आफू तयार रहेको दोहोर्याइन् । उपराष्ट्रपति ह्यारिसले डेमोक्रेटिक पार्टीलाई एकताबद्ध गर्ने वाचासमेत गरिन्।

यसैबीच पूर्वराष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत ह्यारिस अमेरिकी इतिहासमा सबैभन्दा अलोकप्रिय उपराष्ट्रपति भएको टिप्पणी गरेका छन्।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी त्याग्दै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गरेपछि डेमोक्रेटिकबाट सम्भावित उम्मेदवारको रूपमा उपराष्ट्रपति ह्यारिस अग्रस्थानमा छिन् ।

डेमोक्रेटिक पार्टीबाट उम्मेदवारको अन्तिम टुंगो लाग्न भने अझै केही दिन प्रतीक्षा गर्नुपर्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top