Nepal Times
Nepal Times
3
Shares

इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु

इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु

९ साउन,एजेन्सी ।
इजरायली सेनाले मंगलवार वेस्ट बैंकमा गरेको आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले बताएको छ ।

हमास र फताह आन्दोलनसँग संवद्ध प्यालेस्टाइनी लडाकुहरूसहित चार जना पुरुष उत्तरी वेस्ट बैंकको तुलकर्म शिविरमा इजरायली ड्रोन आक्रमणमा मारिएका छन् । स्रोतहरूले इजरायली सेनाले शवहरू कब्जा गरेको आरोप लगाएका छन् ।

यसैबीच प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार तुल्कारमको एक अस्पतालले इजरायली गोलीबाट मारिएका प्यालेस्टिनी व्यक्तिको शव प्राप्त गरेको र कम्तीमा तीन जना घाइते रहेको बताएको छ ।

इजरायली सरकारी स्वामित्वको कान टिभीले छापा मार्ने क्रममा इजरायली सेनाले ड्रोनद्वारा सशस्त्र व्यक्तिहरूको समूहलाई निशाना बनाएको बताएको छ ।

एउटा छुट्टै झडपमा दक्षिणी वेस्ट बैंक सहर साइरमा इजरायली सेनाको गोलीबाट दुई युवाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.