भागबण्डामा चलेको देश,राजदूतमा एमाले–कांग्रेसको भागभण्डा

९ साउन ८१, बिहीबार

१० साउन, काठमाण्डौ।

प्रधानमन्त्रीसहित ९ मन्त्रालय एमालेको र गृहसहित १० मन्त्रालय कांग्रेसको भाग लाग्ने गरी नयाँ सत्ता समीकरण बनाएका सत्तारुढ कांग्रेस–एमालेले राजदूतमा पनि भागभण्डा मिलाएका छन् ।

जसअनुसार दुई छिमेकी मुलुकमध्ये चीन एमालेको भागमा र भारत कांग्रेसको भागमा परेको छ । यस्तै रुस, अमेरिका, बेलायत जस्ता शक्तिराष्ट्र पनि एमालेको भागमा परेको छ ।

Advertisement

यता जापान, अस्ट्रेलिया र मलेसिया कांग्रेसले लिने भएको छ । यसअनुसार कांग्रेसबाट पूर्वमुख्यसचिव शंकरदाश वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने तयारी गरिएको छ ।

कांग्रेसले सुरुमा भारतका लागि वर्तमान राजदूत डा. शंकर शर्मालाई निरन्तरता लिन चाहेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली तयार भएनन् । एमालेसमेत सम्मिलित प्रचण्ड सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

Advertisement

आफूले नै फिर्ता बोलाउने निर्णय गराएको शर्मालाई निन्तरता दिँदा राम्रो सन्देश नजाने ओलीले बताएपछि नयाँ नाम खोजिएको हो । यसबीच यसअघि देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहेका अरुणकुमार सुवेदी पनि भारतका लागि राजदूत हुने लाइनमा थिए।

तर, एकाएक शंकरदास वैरागीले बाजी मार्ने अवस्था बनेको छ । किनभने कांग्रेसले वैरागीको व्यवस्थापन गर्नु पर्ने भएको छ । प्रधानमन्त्री ओली वैरागी हाल रहेको राष्ट्रिय सुरक्षा सल्लाहकार पद राखिराख्ने पक्षमा छैनन् ।

डा. बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउन प्रचण्ड नेतृत्वको सरकारले वैरागीकै लागि राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सिर्जना गरेको थियो । राष्ट्रिय सुरक्षा सल्लाहकार बन्ने शर्तमा वैरागीले कार्यकाल सकिनु ६ महिना अगाडि नै मुख्य सचिवबाट राजीनामा दिएका थिए।

वैरागी पूर्व परराष्ट्र सचिव समेत हुन् । यसबीच अब चीन, रुस, अष्ट्रेलियालगायतका देशबाट हालका नेपाली राजदूत फिर्ता बोलाउने सम्भावना छ । प्रचण्ड नेतृत्वको सरकारले गत २४ जेठमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

त्यसपछि भारतमा नेकपा एमालेबाट पूर्वमुख्यसचिव डा. लोकशर्दन रेग्मी र अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेसहित ८ देशका लागि नाम सिफारिस गर्ने निर्णय भएपनि निर्णय प्रमाणीकरण नहुँदै नयाँ गठबन्धन सरकार बनेको थियो ।

चीन, अमेरिका, रुस र बेलायत यी चार वटै शक्ति राष्ट्र हुन्, जहाँ पहिलो पटक र एमालेले एकै पटक आफ्नो सिफारिसमा राजदूत पठाउन लागेको हो । एमाले र कांग्रेसबीच खाली रहेका अन्य देशमा पनि राजदूत सिफारिस गर्ने सहमति सहजै बनेको बताइएको छ ।

सहमति अनुसार एमालेभन्दा कांग्रेसले एक बढी देशमा राजदूत सिफारिस गर्नेछ । लामो समयदेखि कांग्रेस र कम्युनिस्ट पार्टीहरूबीच सत्ता सहकार्य हुँदा चीनमा कम्युनिस्ट पार्टीको सिफारिसमा राजदूत नियुक्त हुँदै आएको छ ।

चीनमा अहिले माओवादी केन्द्रको सिफारिसमा गएका विष्णुपुकार श्रेष्ठ राजदूत छन् । नयाँ राजदूत सिफारिस हुनुअघि श्रेष्ठलाई फिर्ता बोलाउने सरकारको तयारी छ ।

त्यस्तै रुसमा एकीकृत समाजवादी पार्टीको सिफारिसमा पठाइएका मिलनराज तुलाधर अहिले राजदूत छन् । हाल एकीकृत समाजवादी विपक्षमा रहेकाले राजदूत तुलाधरलाई पनि फिर्ता बोलाउने तयारी छ ।

सोही पार्टीको सिफारिसमा राजदूत बनाएर अस्ट्रेलिया पठाइएका कैलाश राज पोखरेललाई पनि फिर्ता बोलाइने छ । भारत, अमेरिका र बेलायतस्थित राजदूतहरूलाई यसअघिकै सरकारले फिर्ता बोलाइसकेको छ ।

सरकारमा जसपा र लोसपाको समेत सहभागिता रहेपनि उनीहरुको भागमा भने राजदूत परेको छैन् ।

Advertisement

भर्खरको समाचार

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

सम्बन्धित समाचार

Scroll to Top