×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

रिल र रियलमा फरक देखियो, विमानस्थलको उद्धार अभ्यास फेल

१० श्रावण २०८१

१० साउन, काठमाण्डौ ।

आधुनिक उपकरणले सुसज्जित देशकै सबैभन्दा सुविधासम्पन्न र सर्वाधिक सुरक्षित मानिएको विमानस्थल हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ।

Advertisement
Advertisement

त्रिभुवन विमानस्थलसँग अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका अत्याधुनिक उपकरण र पर्याप्त जनशक्तिसमेत छन् । तर नेपालमा भएकामध्ये सबैभन्दा उत्कृष्ट यही विमानस्थलमा नै सबैभन्दा धेरै दुर्घटना भएका छन् ।

यी मध्येको एक ठूलो दुर्घटना हो बुधबारको सौर्य एयरलाइन्सको दुर्घटना । विमानस्थलको डिलमै भएका हवाई दुर्घटनामध्ये एउटा दुर्घटना मात्रै मानवीय क्षति हुनबाट जोगिएको थियो ।

त्रिभुवन विमानस्थलमा पहिलो ठूलो दुर्घटना १४ जनवरी १९९५ मा भएको थियो । त्यसवेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो भने २३ घाइते भएका थिए ।

त्यस्तै, २१ अप्रिल २००४ मा बुद्ध एयरको जहाज दुर्घटनामा एकको मृत्यु भएको थियो । ४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी अवतरणका क्रममा रनवेभन्दा बाहिर जाँदा दुर्घटनामा प¥यो ।

विमानमा सवार २३५ यात्रु घाइते भएका थिए । उक्त दुर्घटनामा मानवीय क्षति भने हुन पाएन । जहाज धावनमार्गमा अड्किँदा चार दिनसम्म विमानस्थल बन्द भएको थियो ।

त्यस्तै, मार्च २०१८ मा बंगलादेशबाट आएको युएस–बाङ्ला एयरलाइन्सको जहाज पनि अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक दलसहित ७१ यात्रुमध्ये ५१ जनाको ज्यान गएको थियो ।

यो विमानस्थलमै भएका दुर्घटनामध्ये सबैभन्दा ठूलो दुर्घटना हो । पछिल्लोपटक दोस्रो ठूलो मानवीय क्षति भएको ९ साउन ०८१को सौर्य एयरको जहाज दुर्घटना हो ।

जहाँ एकजना घाईते भएका छन् भने १८ जनाको ज्यान गएको छ । बुधबार सौर्य एयरलाइन्ससहित नेपालमा हालसम्म ६१ हवाई दुर्घटना भएका छन् । यी दुर्घटनामा ९१५ को ज्यान गएको छ ।

सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकोप्टर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक रहेको छ ।

करिब डेढ महिनाअघि २८ जेठ २०८१ का दिन त्रिभुवन विमानस्थलमा फुल रेस्क्यु इमर्जेन्सी अभ्यास गरियो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दमकल, एम्बुलेन्स र चिकित्सा टिमको सहभागिता थियो ।

अभ्यासका क्रममा कुनै काल्पनिक स्थानबाट उडेको विमानमा इन्जिन खराब भई दुर्घटनाग्रस्त भएको क्षणको उद्धार कार्यलाई देखाइएको थियो । रेस्क्यु हेर्दा लाग्दथ्यो विमानस्थल आसपास कुनै पनि दुर्घटना भए क्षति नै नहुने गरी उद्धार हुने रहेछ ।

घटनास्थल र प्रकृति उस्तै थियो । अभ्यासमा पनि काल्पनिक विमानमा आगो लागेको थियो अनि वास्तविकतामा पनि विमानमा आगो लागेको थियो । जहाज दुर्घटनामा सबैभन्दा जोखिम आगोको हुन्छ । आगोसँग जुध्न व्यक्ति एक्लैले पक्कै सक्दैन ।

यसका लागि कार्ययोजना र प्रविधि आवश्यक पर्दछ । तर तिनको प्रयोगले समेत काल्पनिक दुर्घटनाको अभ्यासमा जस्तो प्रभावकारी उद्धार बुधबारको वास्तविक दुर्घटनामा देखिएन ।

फेरि काल्पनिक अभ्यासमा जस्तो सरोकारवालाहरुको मात्रै उपस्थिती वास्तविक दुर्घटनामा देखिएन । विमानस्थलभित्र पनि सर्वसाधारणदेखि भीआईपीहरुको जमघटले अर्काे सकस निम्ताएको थियो ।

हरेक वर्ष २० लाख रुपैयाँसम्म खर्च गरिने यस्तो अभ्यासको वास्तविक दुर्घटना प्रभावकारी नदेखिएपछि यी अभ्यासको औचित्यमाथि नै प्रश्न उठाएको छ ।

विमानस्थलको फेन्सिङबाहिरबाट हेरिरहेका प्रत्यक्षदर्शीहरु भनिरहेका छन् जहाज खसेपछि कतिपय यात्रु छट्पटाएको स्पष्ट देखिन्थ्यो । तर, नत उनीहरु विमानस्थल पुग्न सके नत उद्धार टोली नै पुग्यो ।

प्रत्यक्षदर्शीले हेर्दा विमानमा आगो लागेकै थिएन भने उद्धारटोली पुग्दा विमानबाट आगोको ठूलो मुस्लो निस्किसकेको थियो । त्रिभुवन विमानस्थलमा फायर फाइटिङ र रेस्क्यु टिममाथि प्रश्न उठेको यो पहिलो पटक भने होइन ।

यसअघि २०७४मा बंगलादेशबाट काठमाडौं आएको यूएस बंगला जहाज दुर्घटनाको अवस्था पनि यस्तै थियो ।जुन दुर्घटनापछि भएको आगलागीमा ५१ जनाको ज्यान गएको थियो ।

जबको २० जनाको सकुशशल उद्धार गरिएको थियो । त्रिभुवन विमानस्थल फायर फाइटिङ क्याटागोरीमा ९ औं स्थानमा आउँछ ।अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको वर्गीकरणमा सबैभन्दा सुविधा सम्पन्न विमानस्थललाई १० औं क्याटागोरीमा राखिन्छ ।

त्यो भन्दा एक स्थान तल त्रिभुवन विमानस्थल आउँछ । यस हिसाबले त्रिभुवन विमानस्थल सुरक्षित विमानस्थलभित्र पर्छ ।

तर, दुर्घटना र दुर्घटनापछिको उद्धारमा देखिन नसकेको तत्परताले विमानस्थलभित्र रहेको फायर फाइटिङको क्षमता र हरेक वर्ष हुने विमान दुर्घटना उद्धार अभ्यासमाथि भने प्रश्न उठिरहेको छ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top