Nepal Times
Nepal Times
3
Shares

क्याप्टेन शाक्यले बताए विमान दुर्घटना अघिको अवस्था

क्याप्टेन शाक्यले बताए विमान दुर्घटना अघिको अवस्था

१० साउन, काठमाण्डौ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको छ। सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचाररत शाक्य बोल्न सक्ने अवस्थामा रहेको चिकित्सकहरुले बताएका छन्।

शाक्यलाई प्रधानमन्त्रीले समेत अस्पतालमा पुगेर भेटगरी स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेका छन् । दुघर्टनाका एक मात्र जिवित पाइलट शाक्यले नै दुघर्टनाको कारण र त्यसअघिको अवस्था बारे बताउन सक्ने भन्दै धेरैले यसका विषयमा उनले जानकारी दिने अपेक्षा राखेका छन् ।

दुर्घटनाको जाँचबुचका लागि सरकारले छानविन आयोग समेत गठन गरिसकेको छ । पछिल्लो समय बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग क्याप्टेन शाक्यले विमानका विषयमा पहिलो जानकारी दिएका छन् ।

उनले कुराकानीमा जहाजलाई कन्ट्रोल गर्न नसकिएको कुरा खुलाएका छन् । ‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले भनेकी छन् , ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’ ‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’ उनले घटनाबारे आफ्नो सम्झना सुनाएका छन् ।

चिकित्सकका अनुशार उनको मुख, खुट्टा, आँखाको भाग, टाउको लगायतमा चोटपटक लागेको छ । उनको हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, नाक, कान घाँटी लगायत विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच गरेका छन ।

उनको बुधबारै सिटीस्क्यान, एक्सरे, रगत लगायत परीक्षण गरिएको थियो । शाक्यको नाकको हड्डी भाँचिएको छ । त्यसैगरी ढाडको एक हड्डी भाँचिएको छ । चोटका कारण मस्तिष्क भने केही सुन्निएको छ ।

उनी अहिले खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् । काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो ।

घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा पु¥याइएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.