×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

निर्मलाको हत्यापछि ६ गृहमन्त्री फेरिए, कसैले माखो मारेनन्

१० श्रावण २०८१

१० साउन, काठमाण्डौ ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष बित्यो तर हत्यारा को हो अहिले पनि रहस्यमय छ। यो सरकार र नेपाल प्रहरीका लागि एउटा कालो दाग बनेको छ ।

Advertisement
Advertisement

यो बीचको ६ वर्षमा ६ जना प्रहरी प्रमुख फेरिए, अनुशन्धानका लागि ६ वटा उच्चस्तरीय आयोग पनि बने, सधै अस्थिरता रहने राजनीतिक अवस्थाले ५ जना गृह मन्त्री बने ।

तर अहिले सम्म यो काण्ड रहस्यको गर्भमा नै रहेको छ। सबैले कुनै न कुनै रुपमा आफ्नै कार्यकालमा निर्मलाका हत्यारा पत्ता लगाई छाड्ने बताए । तर अहिलेसम्म कसैले पनि माखो मार्न सकेका छैनन् ।

ढेढसाता अघि मात्रै गृहमन्त्रालय छाडेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिनेले आफूहरु निर्मला प्रकरणमा अभियुक्तको अत्यन्त नजिक पुगेको बताएका थिए ।

जाँदाजाँदै रविले बताउन मन नभएपनि आफूमाथि प्रश्न उठेपछि आफूले यसको अनुशन्धानको बारेमा मुख खोल्नु परेको बताएका थिए ।

रविले नै पहिलो पटक गृहमन्त्री बन्दा आफ्नो पहिलो निर्णयमा नै निर्मलाका हत्यारा पत्ता लगाइछाड्ने अठोट लिएको सुनाए , तर ४२ दिने गृहमन्त्रालय बसाईमा उनले त्यो निर्णय त पूरा गर्न सकेनन् नै दोस्रो पटक ४ महिना सरकारमा बसेर सरकार कसरी चल्छ भन्ने कुरा मज्जाले सिकेको बताउने रविले निर्मलाका हत्याराको नजिक मात्रै पुगेको बताउन सके ।

त्यसअघि उनले आफू गृह मन्त्री भएको एक हप्तामा निर्मलाका हत्यारालाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउने उद्घोष गरेका थिए । भीमदत्त नगरपालिका–२ उल्टाखामकी पन्तको हत्याको विषयलाई लिएर देश विदेशमा विरोध प्रदर्शन भए।

हत्यारालाई कारबाहीको दायरामा ल्याउन हरेक सरकार असफल भएको भन्दै जुन पार्टी सरकारमा गए पनि त्यही पार्टी उछितो काड्ने काम अहिले पनि जारी छ।

२०७५ साल साउन १० गते घरबाट साथी कहाँ जान्छु भनेर निस्केकी निर्मला कहिल्यै घर फर्किनन् । निर्मलाको हत्या भएदेखि अहिलेसम्म रामबहादुर थापा , बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने फेरि दोहोरिए भने अहिले रमेश लेखक गृहमन्त्री भएका छन् ।

उनीहरूले निर्मलाको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएर छाड्ने बताउँदै आएका छन् तर परिणाम शून्यको अवस्थामा छ। निर्मलाको हत्या हुंदा नेपाल प्रहरीमा सर्वेन्द्र खनाल प्रहरी प्रमुख थिए।

उनले पनि हत्यारा पत्ता लगाउन उच्च स्तरीय अनुसन्धान टोली पटक पटक घटना स्थलमा पठाए तर त्यसले पनि केही उपलब्धि हासिल गर्न सकेन । खनालको कार्यकाल निर्मला हत्या प्रकरणमा रुमलिएर बित्यो ।

उनीपछि ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह र हाल वसन्त कुँवर आइजीका रूपमा कार्यरत छन् । उनीहरू पनि हत्यारा पत्ता लगाएर छोड्ने बताउँदै आएका छन् ।

तर सबैका प्रतिवद्धता मात्रै आश्वासन बनेका छन् । अहिले सम्म यो घटनामा १ सय २५ जनाको डिएनए परीक्षण गरिएको छ भने ६ सय ७० जना भन्दा बढीसँग अनुसन्धान टोलीले सोधपुछ गरेको छ ।

तर अपराधीसँग प्रहरी अझै पुग्न सकेको छैन् । अब निर्मलाको हत्यामा संलग्न रहेका व्यक्तिलाई सार्वजनिक गर्नु पर्ने भन्दै आन्दोलनको अगुवाइ गरेका रमेश लेखक अहिले गृहमन्त्री छन् ।

Advertisement

सरकारी पक्षबाट हत्याको प्रमाण मेटाउने काम भएको भन्दै आन्दोलनको अगुवाइ गरेका लेखकको काँध माथि नै अब ती प्रमाणहरु खोजी अपराधीलाई कारबाहीको दायरामा ल्याउने जिम्मेवारी आएको छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top