×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

लोकसेवाको लिखित परीक्षाको पाठ्यक्रम फेरियो

१० श्रावण २०८१

१० साउन , काठमाण्डौ।

लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरिएको छ । आयोगले अबदेखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने जनाएको छ । यसअघिसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो ।

Advertisement
Advertisement

‘लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुनेछ, यस प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई यस परीक्षाको प्राप्ताङ्कलाई मूल परीक्षाको अङ्कमा समावेश गरिनेछैन, यस परीक्षाको उतीर्णाङ्क पूर्णाङ्कको ४५ प्रतिशत अर्थात् ४५ अंक हुनेछ,’पाठ्यक्रम परिवर्तन गरिएको सूचनामा भनिएको छ ।

यसअघि पहिलो पत्रमा प्राप्त भएको कुल प्राप्तांकको ५० प्रतिशत अंक दोस्रो पत्रको प्राप्ताङ्कमा जोडिने व्यवस्था थियो। तर,अब हटेको छ ।

त्यस्तै,आयोगले लिखित परीक्षाको प्रथम चरणको परीक्षाबाट छनोट भएका उम्मेदवारलाई मात्र लिखित परीक्षाको द्वितीय चरणको मूल परीक्षामा सम्मिलित गराइने जनाएको छ ।

आयोगका अनुसार यो व्यवस्था आर्थिक २०८१÷८२ को विज्ञापनदेखि लागू हुनेछ । लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी होमेगाइँ तीन पदमा सुरुमा स्क्रिनिङ टेस्टको पाठ्य योजनामा परिवर्तन गरिएको बताउँछिन्।

‘स्क्रिनिङ टेस्टको नतिजाको ५० प्रतिशत अंक मूल परीक्षामा जोड्ने व्यवस्था थियो, अब नजोड्ने व्यवस्था गरेका छौं,’ उनले भनिन् ।

Advertisement
Advertisement

उनका अनुसार एउटा परीक्षाको नतिजालाई अर्को परीक्षाको नतिजासँग जोड्नु सान्दर्भिक नभएकाले एउटा परीक्षाले अर्को परीक्षालाई प्रभाव नपारोस् भन्ने उद्देश्य राखेर यस्तो व्यवस्था गरिएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top