रोहितको टिमसँग सन्दीपको टिम पराजित

१० साउन ८१, शुक्रबार

११ साउन , एजेन्सी ।

नेपालका लेग स्पिनर सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनका बाबजुद ग्लोबल टी–२० क्यानडा क्रिकेट लिगमा भ्यानकुभर नाइट्स पराजित भएको छ। आज बिहान सम्पन्न खेलमा टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। टोरन्टो भने नेपालका कप्तान रोहित पौडेल अनुबन्ध भएको टिम हो ।

यद्यपि रोहित भने पहिलो खेलमा अनुपस्थित रहेका थिए । यस्तै सन्दीपको टिम भ्यानकुभरमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि आवद्ध छन् । उनीपनि पहिलो खेलमा अनुपस्थित रहेका थिए । सन्दीपले नौ बलमा तीन चौकासहित १५ रन बनाउनुका साथै चार ओभरमा २९ रन दिएर एक विकेट लिएका थिए।

Advertisement

तर, भ्यानकुभर नाइट्सले दिएको १११ रनको लक्ष्य टोरन्टो नेसनल्सले १४.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो। टोरन्टो नेसनल्सका कप्तान कोलिन मुनरोले सर्वाधिक ४४ रन बनाए। ३९ बल खेलेका उनले तीन चौका र तीन छक्का प्रहार गरे। उन्मुक्त चन्द २३ आउट हुँदा रासिइ भान डार डुसेन ३१ र निकोलस किर्टन चार रनमा अविजित रहे।

सन्दीपले उन्मुक्तलाई एडबीडब्ल्यु आउट गरे। मुनरो पाउल भान मिकरेनको बलमा आउटमा भए। क्यानाडामा ग्लोबल टी २० लिगको नयाँ संस्करण आजबाट सुरू भएको छ । पहिलो खेलमा भ्यान्कुभर नाइट्सलाई टोरन्टो नेसनल्सले ८ विकेटले हरायो । भ्यानकुभरमा नेपालका दुई स्टार सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध छन् ।

Advertisement

यस्तै टोरन्टोबाट पहिलोपटक नेपालका रोहित पौडेलले खेल्दैछन् । तर पहिलो म्याचमा दीपेन्द्र र रोहित अनुपस्थित बने । उनीहरू क्यानाडा पुगिनसकेकोले उद्घाटन खेल छुटाएका हुन् । उनीहरू हिजो राति एक साथ उडेका हुन् । दुवैले सामाजिक सञ्जालमा टोरन्टो हिँडेको भन्दै तस्विर पोस्ट गरेका छन् ।

रोहित पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दैछन् । दीपेन्द्रको भने दोस्रो सिजन हो । सन्दीपले यसअघि सन् २०१८ मा भएको पहिलो संस्करणमा मोन्ट्रेल टाइगर्स, सन् २०१९ मा टोरान्टो नेशनल्स र गत संस्करणमा सर्रे जग्वार्सबाट ग्लोबल टी–२० खेलेका थिए । टोरन्टोले रोहितलाई १६ लाखमा अनुबन्ध गरेको छ ।

सन्दीपलाई ४० लाख तथा दीपेन्द्रसिंह ऐरीलाई २४ लाखमा भ्यानकुभर नाइट्सले अनुबन्ध गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top