किमका ह्याकरको औँलामा छन् विश्‍वकै परमाणु सूचना

१२ साउन , एजेन्सी ।

उत्तर कोरियाका ह्याकरहरुले विश्वभरको सरकारी र निजी कम्पनीहरुबाट परमाणु तथा सैन्य गोप्य सूचनाहरु चोरी गर्ने कोसिस गरिरहेको भन्दै केही देशहरुले चिन्ता व्यक्त गरेका छन् । बेलायत, अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली ह्याकरहरुको यस्तो हर्कतप्रति चिन्ता व्यक्त गर्दै चेतावनी दिएका छन् । यी देशहरुका अनुसार ह्याकरहरुको समूहसँग एन्डेरियल र अङ्क्सी स्लिट छ ।

यो समूह रक्षा, एरोस्पेस, परमाणु र इन्जिनियरिङसँग जोडिएका इकाइहरुलाई निशाना बनाइरहेका छन् । जसबाट गोप्य सूचना संकलन गर्न सम्भव हुनेछ । उत्तर कोरियाको सैन्य र परमाणु योजनाहरुलाई परिवर्तन गर्नु यसको उद्देश्य रहेको बताइन्छ ।साथै यो समूह युरेनियम प्रोसेसिङदेखि ट्यांक हुँदै पनडुब्बीहरुसम्म अलग अलग किसिमका सूचना चोरी गर्ने प्रयासमा रहेको बताइएको छ ।

Advertisement

र उक्त समूहले हालसम्म भारत, बेलायत, अमेरिका, दक्षिण कोरिया र जापानसहित केही देशहरुलाई निशाना बनाइरहेको पनि बताइएको छ । यतिसम्म कि अमेरिकाको वायुसेनाको अड्डा, नासा र रक्षा क्षेत्रसँग जोडिएका कम्पनीहरुलाई यो समूहले निशाना बनाइरहेको बताइएको छ । विशेषगरी यो समूहको गतिविधिलाई लिएर ती देशहरुले चेतावनी दिएका छन् ।

साथै ह्याकरहरुको यो समूहले जासुसीसँगै पैसा पनि संकलन गरिरहेको समाचारमा उल्लेख छ । अधिकारीहरुले भने संवेदनशील प्रविधिका साथै व्यक्तिगत जीवनमा पनि यो समूहको गतिविधिले असर पार्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अमेरिकाले यो समूहले अमेरिकी स्वास्थ्य सेवाहरुसँग जोडिएका इकाइहरुमा रेनसमवेयर अभियानको माध्यमबाट पैसा जुटाइरहेको जनाएको छ ।

Advertisement

र उक्त रकमको सहायताले आफ्नो जासुसी गतिविधिलाई तीब्र बनाएको पनि अमेरिकाको आरोप छ । बेलायतको नेसनल साइबर सेक्युरिटीका निर्देशक पल चिचेस्टरले भनेका छन्, ‘हामीले विश्वस्तरमा चलिरहेको साइबर जासुसी अभियानको पर्दाफास गरेका छौं । यसैबाट थाहा हुन्छ कि उत्तर कोरिया आफ्नो सैन्य र परमाणु कार्यक्रमहरुलाई अगाडि बढाउन कति हदसम्म जान तयार छ ।’

कतिपय संस्थाहरुले भने एन्डरियललाई उत्तर कोरियाको जासुसी एजेन्सी आरजीबीको थर्ड ब्युरोको एक हिस्सा मान्ने गरेका छन् ।यस्तै अमेरिका, बेलायत र दक्षिण कोरियाको तर्फबाट जारी गरिएको संयुक्त पत्रमा उत्तर कोरियाका ह्याकरहरुबाट बच्ने सुझाव पनि दिइएको छ । ती देशहरुका अनुसार उत्तर कोरियाली ह्याकरले रोबोट मेसिनरी, मेकानिकल हतियार र थ्रीडी प्रिन्टिङसँग जोडिएका सूचनाहरु संकलन गर्ने कोसिस गरिरहेका छन् ।

कतिपय विज्ञहरुले भने यसबारे उत्तर कोरियाली ह्याकरको गतिविधि व्यक्तिगत जीवनका लागि पनि जोखिमपूर्ण रहेको बताएका छन् ।  यसबीचमा भएका कतिपय हाइ प्रोफाइल साइबर हमलाहरुलाई पनि यसै गतिविधिमा जोडेर हेरिएको छ । जतिबेला २०१४ मा हलिउडको कमेडी फिल्मसँग बदला लिनका लागि सोनी पिक्चर्समाथि भएको साइबर आक्रमण पनि थियो ।

साथै यो समूहले चोरीबाटै अर्बौं डलर जम्मा पार्ने योजना बनाइरहेको पनि बताइन्छ । यसैबीच यसै वर्ष फेब्रुअरीमा उत्तर कोरियाले दक्षिणका राष्ट्रपतिलाई इमेल पठाएको कुरा सार्वजनिक भयो। जुन वास्तविकमा नभएर ह्याक भएपछि मात्रैः थियो । दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले यसलाई पुष्टि पनि गरेको थियो ।

Advertisement

भर्खरको समाचार

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

सम्बन्धित समाचार

Scroll to Top