पेरिस ओलम्पिकः मनिताले आज खेल्दै, प्रिन्सको दोस्रो खेल

१३ साउन ८१, सोमबार

१४ साउन , एजेन्सी ।

पेरिस ओलम्पिक २०२४ मा आज पनि दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जसमा जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्नेछिन् ।

यो खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे हुनेछ । यस्तै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले समूह चरणमा आफ्नो दोस्रो खेल आज खेल्नेछन् । मेन्स सिंगल्सको समूह पी मा रहेका प्रिन्सले आयरल्याण्डका एनहात गुएनसँग प्रतिस्पर्धा गर्नेछन् ।

उक्त खेल आज मध्यान्न सुरु हुनेछ । प्रिन्स समूहको पहिलो खेलमा विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टोर एक्सेलसनसँग २–० ले पराजित भएका थिए । गुएनले भने पहिलो खेलमा इजरायलका मिसा जिरब्यानलाई २–१ ले पराजित गरेका थिए ।

पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीले भाग लिएकोमा ३ खेलाडीको चुनौती पहिलो चरणमै समाप्त भएको छ । टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा पहिलो चरणबाटै बाहिरिएका छन् ।

आइतबार डुवाना र सुस्मिताले खराब प्रदर्शन गरे । ओलम्पिकको पौडीतर्फ नेपालकी डुवाना लामाले २ सय मिटर फ्रिस्टाइल विधाको पहिलो हिटमा सहभागी ७ खेलाडीमा अन्तिम स्थानमा रहिन् ।

उनले २ मिनेट २०.७४ सेकेण्डमा निर्धारित दुरी पार गर्दा आफ्नै व्यक्तिगत प्रदर्शनलाई पनि सुधार गर्न सकिनन् । यसअघि डुवानाले २ मिनेट १२.४६ सेकेन्डको प्रदर्शन थियो ।

यस्तै आज नै भएको सुटिङतर्फको १० मिटर एयर राइफलमा सुस्मिता नेपालको प्रदर्शन पनि निराशाजनक रह्यो। ४४ खेलाडी सहभागी सो विधामा सुमित्रा ४२ औँ स्थानमा रहिन्। सुस्मिताले ६ सय ७.८ स्कोर गरिन् ।

यसअघि शनिबार भएको टेवल टेनिसको खेलमा नेपालका स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणबाट नै बाहिरिएका छन् । ब्याडमिन्टनका प्रिन्स दाहाल पनि समूह चरणको आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।

मनिता र प्रिन्स बाहेक नेपालबाट अब पौडीका एलेकज्यान्डर शाह र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top