×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

पहिरोमा बेपत्ता ५ जना परेनन् फेला, भेटिएको शव पनि हरायो

१४ श्रावण २०८१

१४ साउन , काठमाण्डौ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरू अझै फेला पर्न सकेका छ्रैनन् । उनीहरुको आज बिहानैदेखि फेरि खोजी सुरु गरिएको छ ।

भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Advertisement
Advertisement

बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेका छन् । पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ ।

बेपत्ताको खोजीका लागि ‘जेसिवी मेसिन’को प्रयोग गरिएको छ । आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उनीसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए ।

डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले आजदेखि बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको छ ।

यसैबीच आरुघाट नजिक बुढीगण्डकी किनारमा आइतबार साँझ एउटा शव देखिएको थियो । तर सो शव फेरि हराएको छ । आइतबार साँझ गोरखाको आरुघाट बजारदेखि तल बुढीगण्डकी किनारमा एक युवकको शव फेला परेको सूचना आज बिहान गोरखा प्रहरीलाई गएको थियो ।

‘हामी आज बिहान त्यहाँ पुग्दा शव थिएन,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक एसपी वासुदेव पाठकले भने, ‘नदी किनारमा हिजो साँझ देखिएको त्यो शव फेरि नदीले बगाएको हुनसक्ने आशंका हामीले गरेका छौँ।’

उक्त शव गोरखाको धार्चेमा आइतबार बिहान गएको पहिरोमा बेपत्ता भएका पाँच जनामध्ये कसैको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । यसैबीच त्रिशूली नदीमा आइतबार साँझ एक महिलाको पनि शव फेला परेको छ ।

‘त्यो शव पनि हिजो गोरखामा गएको पहिरोमा बेपत्तामध्येकै एक जनाको हो कि भन्ने आशंका प्रहरीले गरेको छ । ती महिलाको शव अहिले गोरखा जिल्ला अस्पतालमा राखिएको  एसपी पाठकले बताएका छन् ।

‘त्यो शव सनाखतको लागि पहिरोमा बेपत्ता भएकाहरुका आफन्तलाई खबर गरेका छौँ,’ उनले भने । बुढीगण्डकी नदी बेनीघाट तल त्रिशूलीमा मिसिन्छ । दुई नदीको मिलनबिन्दु नजिकै महिलाको शव फेला परेको हो ।

त्रिशूलीमा आइतबार फेला परेको शव कान्छी गुरुङको हुन सक्ने आशंका प्रहरीले गरेको छ । पहिरोमा बेपत्ताहरुलाई बाढीले बगाएर ल्याउन सक्ने भएकाले त्रिशूली र कालीगण्डकी किनारमा खोजी कार्य केन्द्रीत गरिएको एसपी पाठकले बताए ।

यता त्रिशूलीमै बेपत्ता दुईवटा बस पनि अहिलेसम्म फेला परेका छैनन् । यद्यपी सो बस खोज्ने क्रममा त्रिशूली नदीले बगाउँदा हराएको चुम्बक भने फेला परेको छ ।

नारायणगढ मुग्लिन सडकको सिमलतालमा गएको असार २८ गते पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक दुई दिनअघि त्रिशूलीमा हराएको थियो ।

‘साउन १२ गते त्रिशूलीमा हराएको चुम्बक काभ्रेघाटमा भेटिएको छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने ।

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न भारतबाट १४ र १९ किलोका दुईवटा चुम्बक ल्याइएको थियो ।

गएको असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

ती दुवै बसमा सवार ६५ जनामध्ये तीनजना पौडिएर निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये २४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ। अझै दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।

यसैबीच आज बिहानको मापन अनुसार कोशी, नारायणी, कन्काई, कमला, पूर्वी राप्ती, र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, लमजुङ, र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

यसैगरी भोजपुर, खोटाङ सोलुखुम्बु, सिन्धुली, धादिङ, काठमाडौँ, भक्तपुर, कास्की, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, दैलेख, कालिकोट, डोटी, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यस्तै केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन थालेको छ । गएराति देशका धेरै ठाउँमा पानी परेकोमा अहिले भने बिहानैदेखि चर्को घाम लागेको छ ।

काठमाण्डौसहित देशका धेरै ठाउँको मौसमको अवस्था अहिले यस्तै रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिए । उनकाअनुसार मनसुन कम सक्रिय भएको बेला दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन्छ ।

अबको केही दिन मौसम यस्तै रहने र त्यसपछि मनसुन थप सक्रिय भएर देशका धेरै ठाउँमा दिउँसोसमेत पानी पर्ने सम्भावना रहेको उनले बताए । केही दिनदेखि मनसुन कम सक्रिय हुँदा दिउँसो केही ठाउँमा मात्रै पानी पर्ने गरेको छ ।

Advertisement

तर मनसुन थप सक्रिय भएपछि दिउँसो र रातिसमेत देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताए । आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top