×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

नेताको नाममा ज्योतिषीले गरेको यम पूजा के हो ?

१४ श्रावण २०८१

१४ साउन, काठमाण्डौ ।

आफूलाई धार्मिक अभियान्ता तथा ज्योतिषी भनेर सामाजिक सञ्जालमा विभिन्न भविष्यवाणी गर्दै आएका पुष्कर खतिवडा पक्राउ परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरुको तस्बिर राखेर एक धार्मिक अनुष्ठान गरिरहेका बेला काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई उनको निवासबाट पक्राउ गरेको हो।

Advertisement
Advertisement

प्रहरीले पक्राउ गरेपछि उनले सामाजिक सञ्जालमा लेख्दै आफू पक्राउ परेको सूचना दिएका छन्। उनले लेखेका छन्, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौं देश बनोस् ।’ प्रहरीले आपत्तिजनक तरिकाले पूजापाठ गरिरहेको भेटाएपछि पक्राउ गरेको जनाएको छ। धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताएका छन् ।

घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ । प्रहरी अधिकारीका अनुसार उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो । चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै उनले भिडियो पोष्ट गरेका थिए।

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएलगत्तै उनले यो भिडिओ पोस्ट गरेका हुन्। उनले देशमा नेताहरुका कारण अत्ति भइसकेको भन्दै धार्मिक अनुष्ठान पूरा गर्ने र त्यसका लागि साथ दिन अनुरोध गरेका थिए। आज बिहान भने खतिवडाले प्रधानमन्त्री ओलीसहित नेताहरुको तस्बिर राखेर उनले पूजा गरेका हुन्। खतिवडा सामाजिक सञ्जालमा पनि निकै चर्चित छन् ।

उनी ज्योतिषी तथा धार्मिक अभियन्ता भनेर आफूलाई चिनाउछन् । खतिवडाले आफ्नो फेसबुक पेजमा अनुष्ठानको लाइभ पनि गरेका छन् । पूजा सामग्रीहरूको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेको भिडिओमा देखिन्छ । खतिवडाले मन्त्रोच्चारण गरिरहेका छन् । उनले आफ्नो सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट स्नातक गरेको उनको प्रोफाइलमा उल्लेख छ ।

उनले युट्यूव च्यानलहरूलाई अन्तरवार्ता दिएर विभिन्न भविष्यवाणी गर्ने गरेका थिए । टेलिभिजनमा ‘ज्योतिष चक्र’ कार्यक्रम चलाउने खतिवडाले करिब दुई साता अगाडि साउन र भदौ महिना राम्रो नरहेको र विभिन्न अनिष्ट हुन सक्ने भविष्यवाणी गरेका थिए । त्यसलगत्तै उनले अर्काे भविष्यवाणी गर्दै उनले दिग्भ्रमित बनाएका थिए । यमराज मृत्युका राजा हुन् ।

सूर्यका छोरा यमराजले नै पृथ्वीमा मानिसको मृत्यु तय गर्ने धार्मिक मान्यता रही आएको छ । यमराजको कथा नेपालीहरुको दोस्रो ठूलो पर्व यमपन्चक अर्थात तिहारसँग जोडिएको छ। धर्मशास्त्र अनुशार यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा। त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई पृथ्वीमा भेट्न बोलाइन्। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चकभर यमराज यमुना कहाँ बसेका थिए भन्ने मान्यता रहीआएको छ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top