भारतको घाउमा नुनचुक छर्किदै क्यानडा

१४ साउन, एजेन्सी ।

क्यानडामा खालिस्तान समर्थकहरूले जनमत संग्रह सुरु गरेका छन्। आइतवार, हजारौं सिखहरू क्यालगरी, अल्बर्टा प्रान्तको म्युनिसिपल प्लाजामा भेला भएर जनमत संग्रहमा मतदान गरेका छन् । उक्त कार्यक्रममा भारतविरुद्ध उत्तेजक नाराबाजी गरिएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । ‘किल इन्डिया’ र ‘दिल्ली बनेगा खालिस्तान’को नारा लगाइएको थियो ।

स्थानीय अमेरिकी कूटनीतिक नियोगको ठीक अगाडि भारतले चरमपन्थी समूह घोषणा गरेको सिख फर जस्टिस (एसएफजे) ले जनमत संग्रह आयोजना गरेको हो । नयाँ दिल्लीले क्यानडाको विदेश मन्त्रालयमा भारत विरोधी घटनाको विरुद्धमा उजुरी दिएको थियो । यसका बाबजुद पनि जस्टिन ट्रुडोको प्रहरीले यसलाई रोक्न कुनै कदम नचालेको भन्दै भारतले असन्तुष्टि ब्यक्त गरेको छ ।

भारत विरोधी नारा लगाइदा समेत क्यानाडा प्रहरी मूकदर्शक बनेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । अल्बर्टाका सिख समुदायका सदस्यहरूको सहभागितामा बिहानैदेखि सुरु भएको जनमत संग्रह साँझसम्म चलेको थियो। अल्बर्टामा सिखहरूको ठूलो जनसंख्या छ। क्यानडाका १० लाख सिखमध्ये करिब १ लाख त्यहाँ बस्छन्।

प्रख्यात खालिस्तानी नेता हरदीप सिंह निज्जरको परिवारले पहिलो मतदान गरेका थिए। निज्जरको २८ जुन २०२३ मा क्यानडाको ब्रिटिश कोलम्बियाको सरेमा गोली हानी हत्या गरिएको थियो। हत्या गरिएका नौ क्यानाडाली सिखमध्ये निज्जर खालिस्तान समर्थक प्रमुख नेता थिए । लखबीर सिंह रोडे र तलविन्द सिंह परमार जस्ता व्यक्तिहरू पनि यो सूचीमा परेका छन्।

निज्जरको ज्यान लिएपछि नै भारत र क्यानडाको सम्बन्ध चिसिएको थियो । क्यानडाले आफ्ना नागरिकको ज्यान जानुमा विदेशी सरकार सहभागी हुनुले त्यसले क्यानडाको सार्वभौमसत्तामा चुनौती दिएको बताउँदै भारतलाई यस विषयमा जवाफदेही बनाउने त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका थिए । त्यसलगत्तै क्यानडाले भारतको कूटनीतिज्ञलाई देश निकाला गर्दा भारतले पनि क्यानडाको एक कूटनीतिज्ञलाई देश निकाला गरिदिएको थियो ।

क्यानडास्थित सिख समुदायले हरदीप सिंह निज्जरको हत्याको विषयमा यस घटनामा भारतको गुप्तचर एजेन्सी रअको हात भएको आरोप लगाएका छन् । तर भारतले क्यानडामा भएको यस्ता घटनाको विषयलाई खण्डन गरेको छ । भारतले उल्टै सिख समुदायका दर्जनौँ खालिस्तानी समर्थक जसलाई आतंकवादीको सूचीमा राखिएको छ,उनीहरू क्यानडामा स्वतन्त्र रूपमा त्यहाँको नागरिकका रूपमा हिँडिरहेको बताएको छ ।

पछिल्लो समय भने दुई देशको कुटनैतिक सम्बन्ध सुधारोन्मुख नै देखिएको छ । दुवै देशले निज्जर प्रकरणलाई विर्सिने प्रयास गरेका छन् । क्यानडाको माटोमा भइरहेको भारत विरोधी जनमतसंग्रहको बारेमा क्यालगारीको भारतीय–क्यानाडाली मेयर ज्योति गोन्डेकले यसलाई रोक्ने अधिकार उनको हातमा नरहेका बताएका छन् । “म्युनिसिपल प्लाजा सार्वजनिक ठाउँ भएकाले धेरै गतिविधिहरू हुन्छन्,“ उनले भनेका छन्, यहाँ भएका घटनाहरू रोक्न हामीलाई अनुमति वा स्वीकृत छैन।

मानिसहरू जब चाहन्छन् एक समुदायको रूपमा भेला हुन सक्छन् र तिनीहरूले जे चाहन्छन् गर्न सक्छन्। ’यो हामीले नियन्त्रण वा निगरानी गर्न सक्ने कुरा होइन,’। खालिस्तान आन्दोलन भारतबाट पञ्जाव प्रान्तलाई अलग्याउने अभियानसँग सम्बन्धित छ । वास्तवमा खालिस्तानको अर्थ खाल्साको भूमि हो । खाल्सा भनेका सिख हुन् ।

अर्थात्, खालिस्तान अभियानमा लागेकाहरूले पञ्जावलाई सिखहरूको देश बनाउन चाहन्छन् । सन् १९४० मा सबैभन्दा पहिला खालिस्तान शब्दको प्रयोग भएको मानिन्छ । तर, यसअघि सन् १९२९ मै शिरोमणि अकाली दलका तारा सिंहले सिखका लागि छुट्टै देश बनाउन माग गरेका थिए । अर्थात्, खालिस्तानको कथा ३१ डिसेम्बर १९२९ देखि नै सुरु भएको बताइन्छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top