सरकारको शिकार बने प्रदेश प्रमुख,तीन प्रदेशमा कहाँ कसको भाग ?

१४ साउन ८१, मंगलबार

१५ साउन,काठमाण्डौ।

प्रदेश प्रमुखहरु फेरि राजनीति परिवर्तनको शिकार बनेका छन् । सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले वाग्मती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख नियुक्त गरेको हो । बैठकले वाग्मतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

देवकोटा एमालेका तथा घर्ती र जोशी कांग्रेस नेता हुन । यस्तै मन्त्रिपरिषद्ले सोमबार नै २१ जना सचिवको सरुवासमेत गरेको छ । राजनीतिक समीकरण बदलिएर केपी ओलीको नेतृत्वमा सरकार बनेको दुई सातापछि एकैसाथ ठूलो संख्यामा सचिवहरूको सरुवा गरिएको हो । बैठकले अर्थसचिवमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको छ । उनी अर्थमा राजस्व सचिवका रूपमा कार्यरत थिए ।

Advertisement

राजस्व सचिवमा वाणिज्य मन्त्रालयबाट दिनेशकुमार घिमिरेलाई पठाइएको छ । अर्थ सचिव मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । सञ्चार सचिवमा उपराष्ट्रपति कार्यालयमा रहेकी राधिका अर्याललाई पठाइएको छ । गृह मन्त्रालयमा भने एकनारायण अर्याललाई यथावत् राखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

संघीय मन्त्रालयमा भरत सुवेदीलाई लगिएको छ । सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयमा थिए । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । भूमिका गोकर्णमणि दुवाडीलाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामेश्वर दंगाललाई रक्षा सचिवमा पठाइएको छ भने रक्षाका किरण शर्मालाई प्राकृति स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।

Advertisement

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा सचिवमा सरुवा गरिएको छ भने ऊर्जा आयोगका केशवकुमार शर्मा विडारीलाई भौतिक मन्त्रालयको सचिव बनाइएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई ऊर्जा आयोगमा सरुवा गरिएको छ । नेपाल ट्रस्टमा रहेकी प्रमिला देवी बज्राचार्यलाई खानेपानी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने सतर्कता केन्द्रमा रहेका राम आधार साहलाई नेपाल ट्रस्टमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री कार्यालयमा रहेका नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालय पठाइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ । मधुसुदन बुर्लाकोटीलाई वाणिज्य सचिवमा सरुवा गरिएको छ । उनी प्राकृतिका स्रोत तथा वित्त आयोगमा थिए ।

लोक सेवा आयोगका सचिव राजकुमार श्रेष्ठलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । लोक सेवामा प्रधानमन्त्री कार्यालयबाट डिल्लीराम शर्मालाई पठाइएको छ भने श्रम तथा रोजगार मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियारको सचिवमा पठाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top