×

NEPAL TIMES UPDATES

Playing
जीवनभर अन्यायविरुद्ध लडेँ, अब दुई तिहाइ सरकारको डरमा न्याय सम्भव छैनः सपना मल्ल || Nepal Times
May 09, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 09, 2026
Playing
आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी|| Nepal Times
May 09, 2026
Playing
युएस–इरानबीच केही दिनमै वार्ता, नेटोविरुद्ध खनिए पुटिन|| Nepal Times
May 09, 2026
Playing
पुराना दलकालागि कोशीमा रास्वपाभन्दा श्रम संस्कृति नै भारी !|| Nepal Times
May 09, 2026
Playing
इरानको नियति भोग्ने उत्तर कोरियालाई डर, परमाणु हतियारले बचाउला ?|| Nepal Times
May 09, 2026
Playing
Hormuzमा गोला बारी, ह्वाइटहाउसमा शान्तिको चर्चा जारी || Nepal Times
May 09, 2026
Playing
ख*तरा हुँदाहुँदै पनि यु*क्रेन किन जान्छन् नेपालीहरु ?|| Nepal Times
May 09, 2026
Playing
प्रशिक्षण कार्यक्रममा किन आएनन् सबै सांसद? अब पार्टीले मूल्यांकन गर || Nepal Times
May 09, 2026
Playing
World News:रुसी र साउदी विदेशमन्त्रीबीच वार्ता, पोप र मेलोनीलाई फकाउँदै रुबियो|| Nepal Times
May 09, 2026

बाउन्सर’को घेरामा हिड्ने देवी प्रतिभा को हुन् ?

१५ श्रावण २०८१

१५ साउन, काठमाण्डौ  ।

पशुपति मन्दिर परिसरमा आयोजित ‘कोटी होम’ मा सहभागी हुन आएकी नेपाली चेली देवी प्रतिभाको प्रवचनलाई लिएर अहिले सामाजिक संजाल तातिएको छ । मानवसेवा फाउण्डेशन नेपाललगायतका संस्थाद्वारा आयोजित एकमहिने उक्त कोटीहोममा उनले दिएको प्रवचनकै क्रममा उनले दिएको सम्बन्ध विच्छेद सम्बन्धी अभिब्यक्ति र उनका अघि पछि हिड्ने सुरक्षा दस्ता ‘बाउन्सर’का कारण उनका विषयमा सकारात्मक भन्दा नकारात्मक टिप्पणीहरु गरिएका छन् ।

Advertisement
Advertisement

यिनै टिप्पणीहरुको प्रतिभाले नेपालबाट प्रवचन सकेर भारत फर्किदै गर्दा जवाफ दिएकी छन् । बाउन्सका सम्बन्धमा देवी प्रतिभाले आफू जहाँ जाँदा पनि अत्यधिक भिड हुने भएकाले बडीगार्ड लैजानुपरेको तर्क गरेकी छन् । भारतमा आफूले ६०÷७० जनासम्म बडीगार्ड लिएर हिँडेको भन्दै उनले नेपाल आएका आफ्ना सुरक्षा दस्ताको संख्या कम भएको संकेत गरिन ।

उनले भनेकी छन्, कथा वाचनको क्रममा म धेरै ठाउँमा पुग्छु । नेपाल, भारत र अन्य देशमा पनि । जहाँ पनि देवी प्रतिभाको कथामा एकदमै भिड हुन्छ । अहिले पशुपतिनाथमा पनि देखिरहनुभएको छ । भारतमा योभन्दा पनि डबल भिड हुने भएकाले पहिले नै सूचना गरिएको हुन्छ । म जहाँ जान्छु, त्यहाँ प्रहरी प्रशासन अलर्ट बस्छन् । यहाँ त १०÷१२ जना देख्नुभयो । ६०÷७० जनाको पनि रेकर्ड छ । नेपालकी छोरीको यस्तो रुतवा÷जलवा देखेर गौरव गर्नुपर्ने विषय हो ।

यस्तै सम्बन्ध विच्छेदका विषयमा दिएको प्रवचनको विवाद भएपछि उनले यसको पनि जवाफ दिएकी छन् । विवाहित जोडीले डिभोर्स गर्नै नहुने बताएकी प्रतिभाले श्रीमान जति काम नलाग्ने भए पनि श्रीमतीले ऊसित अलग हुनु नहुने धार्मिक मान्यता प्रस्तुत गरेकी थिइन । उनले ‘पतिव्रता धर्म’ पालना गरिरहँदा आफ्नै काखको दुधेबालख आगोमा प¥यो भने पनि त्यसलाई बेवास्ता गर्नुपर्छ समेत भनेकी छन्, “काखमा निदाएको पतिलाई बिउँझाउनु पाप हो। आगोमा परेको बच्चा जलोस् तर पतिप्रतिको धर्म छाड्नुहुँदैन।”

पतिलाई खान नदिईकन आफूले खान हुँदैन र पति विदेशमा भए तस्वीर राखेर त्यसमा खाना चढाएर र पूजा गरेर मात्र खानुपर्छसमेत भनेकी छन्, यही अभियक्तिलाई लिएर उनीसँग प्रश्न गरिएको थियो, कि उनको यो धारणा आफूसँगै कथावाचन गर्न आएकी राधिका दासीलाई कटाक्ष गरेकी त होइनन् ? दासी सम्बन्ध विच्छेदपछि कथावाचनमा लागेकी कथावाचक हुन् ।

यसको जवाफमा देवी प्रतिभाले भनेकी छन्, ‘जहाँ नारी शक्तिको सम्मान र सेवा गरिन्छ भने त्यो ठाउँमा देवताहरू पनि भ्रमण गर्नुहुन्छ । शास्त्रले नारी शक्तिको सर्वथा सम्मान गर्नुपर्छ भनेको छ । म हरेक ठाउँमा यही नै भन्छु । कतिपय व्यक्तिको डिभोर्स हुन्छ, त्यो निजी विषय हो । तर, हाम्रो शास्त्रमा डिभोर्स भन्ने शब्द नै छैन । अहिलेको कानूनमा डिभोर्स छ, तर म यही उपदेश गर्छु कि पुरुष र नारी दुवैले एक अर्काको सम्मान गर्नुपर्छ ।

काभ्रेली चेली भनेर चिनिएकी देवी प्रतिभा साधुराम पराजुली र इन्दिराकी माइली छोरी हुन् । २३ वर्षीया प्रतिभा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा जन्मेकी हुन । काभे्रपलाञ्चोकमा जन्मिएर करिब एक दशकदेखि भारतका विभिन्न प्रान्तहरुमा आध्यात्मिक प्रवचन दिइरहेकी छन् । सुरक्षाकर्मीलगायत भजनमण्डलीमा करिब ५० जनाको टिम उनीसँग छन ।

बुवा साधुरामका अनुसार सुरुको विद्यालय शिक्षा बनेपास्थित पञ्चकुमारी बोर्डिङ स्कुलबाट लिएकी प्रतिभाले गाउँकै नवप्रतिभा बोर्डिङ स्कुलमा केही समय अध्ययनगरी काठमाडौँको वाल्मीकि विद्यापिठमा केही समय अध्ययन गरेकी थिइन । प्रतिभाको इच्छाअनुसार परिवारले उनलाई उच्च शिक्षा अध्ययनका लागि भारतको बृन्दावनमा पठाएको थियो ।

Advertisement

उनलाई बाबुले नै वृन्दावनमा संस्कृत व्याकरण पढ्न पुर्याएका थिए । उनले आफूले एक वर्षको कोर्स ६ महिनामा नै सकेको र पहिलो कथा वाचन आफू पढ्ने वृन्दावनको गुरुकुलमा नै सुनाएकी एक अन्र्तवातामा बताएकी छन् । बृन्दावनमा संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन गरेकी प्रतिभा गीतसङ्गीतमा पनि निपूर्ण मानिन्छिन् । नेपालमा आफ्नो प्रवचन सकेर प्रतिभा आज भारत प्रस्थान गरेकी छन् ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top