नेताका गोजीका गोटी बन्दै प्रदेश प्रमुख, अहिलेसम्म कति फेरिए ?

१७ साउन ८१, शुक्रबार

१८ साउन, काठमाण्डौ।

नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शितलनिवासमा वाग्मतीका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीका यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति थियो ।

यसअघि यी प्रदेशमा नेकपा एस निकट यादव चन्द्र शर्मा (बागमती) तथा माओवादी निकट, अमिक शेरचन (लुम्बिनी) र तिलक परियार (कर्णाली) थिए । प्रदेशमा गठबन्धन फेरिदै सरकार परिवर्तन हुँदै प्रदेश प्रमुखहरु समेत फेरिदै आएका छन् । नियुक्ति हुँदा न कुनै मापदण्ड नत बर्खास्त गर्दा न कुनै अपराध । प्रदेश प्रमुख मात्रै नेताका गोजीका गोटी बनिरहेका छन् । उनीहरु नै प्रदेश प्रमुखमा पुर्याउछन् । अनि उनीहरु नै बर्खास्तको सिफारिस गर्छन ।

Advertisement

यहाँ संविधानले परिकल्पना गरेको संवैधानिक व्यवस्थाको कार्यान्वयन भन्दै प्रदेश प्रमुखकका रुपमा नेताको पालो पुर्याउने र नेताको ब्यवस्थापन बाहेक अरु केही नदेखिएको भन्दा अतियुक्ति नहोला । प्रदेश प्रमुखको पदमा देखिएको अस्थिरता अहिले मात्रै होइन । संविधान कार्यान्वयन पछि प्रदेश संरचनाको दोस्रो कार्यकालसम्म आइपुग्दा अहिलेसम्म ७ प्रदेशमा झण्डै दुई दर्जन प्रदेश प्रमुख बनिसकेका छन् ।

प्रदेश प्रमुख पदलाई संघ सरकारको गठबन्धन राख्ने परम्परा प्रदेश प्रमुखको पहिलोपटकको नियुक्तिदेखि नै सुरु भएको थियो । माओवादी केन्द्र समेतको समर्थनमा रहेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ३ माघ २०७४ प्रदेश प्रमुखको पदमा राजनीतिक भागबण्डामा प्रदेश प्रमुख नियुक्त गरेर अति राजनीतिकरण थालेको थियो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग भागबण्डा गरेर देउवाले प्रदेश प्रमुखहरु छानेका थिए ।

Advertisement

राजपा र फोरमको भागबाट एक÷एक जना र कांग्रेस कोटामा पाँच जना प्रदेश प्रमुख बनाइएको थियो । कोशीमा प्रा.डा. गोविन्द सुब्बा, मधेशमा रत्नेश्वरलाल कायस्थ, बागमतीमा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, लुम्बिनीमा उमाकान्त झा, कर्णालीमा दुर्गाकेशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ल प्रदेश प्रमुख बने । उनीहरु अधिकांश दलका पुराना नेता र पार्टी निकटका व्यक्तिहरु थिए ।

२०७४ मंसिरको चुनावबाट वाम गठबन्धनले फराकिलो बहुमत ल्याइसकेकाले दीर्घकालीन असर पर्ने निर्णय नगर्न एमालेले तत्कालीन देउबा सरकारलाई खबरदारी गरिरहेको थियो । तर, प्रधानमन्त्री पद छोड्दाछोड्दै पनि देउवाले प्रदेश प्रमुखहरु नियुक्त गरिछाडे । २०७४ फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका ओलीले १७ कात्तिक २०७६ देउवाले नियुक्त गरेका प्रदेश प्रमुखहरू बर्खास्त गरे ।

त्यसको दुई दिनपछि तत्कालीन नेकपाभित्रबाट पूर्वएमाले निकटका चार र पूर्वमाओवादी निकट तीन जनाको कोटा प्रदेश प्रमुख नियुक्त गरियो । कोशीमा सोमनाथ अधिकारी प्यासी, मधेशमा तिलक परियार, बागमतीमा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त त्रिपाठी प्रदेश प्रमुख बने ।

त्यसबेला पनि पार्टीका नेताहरु नै प्रदेश प्रमुख बने । तर, तत्कालीन नेकपाभित्रको किचलोले पार्टी फुटेपछि प्रदेश प्रमुख पद झन् अस्थिर हुन पुग्यो । ७ फागुन २०७७ मा माओवादी कोटाबाट मधेशका प्रदेश प्रमुख बनेका तिलक परियारलाई पदमुक्त गरे र एमाले निकट राजेश झा (अहिराज)लाई नियुक्त गरे । २० वैशाख २०७८ मा माओवादी निकटका गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमका शर्मिलाकुमारी पन्त पनि पदमुक्त भए ।

ओलीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरे । २२ असार २०७८मा सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले गल्ती दोहो¥याए । १२ साउन २०७८मा गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भए । त्यतिबेला गण्डकीबाट सीता पौडेल र लुम्बिनीबाट धर्मनाथ यादव पदमुक्त भए ।

१ भदौ २०७८मा देउबा नेतृत्वको सरकारले राजेश झा अरिाजलाई पदमुक्त गर्दै हरिशंकर झालाई प्रदेश प्रमुख नियुक्त ग¥यो । २३ कात्तिक २०७८मा फेरि कोशीमा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नयाँ प्रदेश प्रमुख नियुक्त भए । त्यतिबेला कोशीबाट सोमनाथ अधिकारी प्यासी, कर्णालीबाट गोविन्दप्रसाद कलौनी, सुदूरपश्चिमबाट गंगाप्रसाद यादव पदमुक्त भएका थिए ।

मंसिर २०७९ को संसदीय चुनावपछि सरुवामा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गठबन्धन गर्नुभन्दा अघि प्रदेश प्रमुख चलाएनन् । २१ फागुन २०८०मा प्रचण्डले एमालेसँग नयाँ गठबन्धन बनाएपछि फेरि त्यही सिलसिला दोहोरियो ।

२८ फागुन २०८०मा एमाले कोटाबाट ३ जना प्रदेश प्रमुख नियुक्त गरेका प्रधानमन्त्री प्रचण्ड कांग्रेस–एमालेको गठबन्धनपछि गत २८ असारमा सत्ताबाट बाहिरनुप¥यो । अहिले फेरि माओवादी कोटाबाट नियुक्त प्रदेश प्रमुखहरु पूरानै थितीलाई निरन्तरता दिँदै हटाइएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top