ओलीले गरे मन्त्रिपरिषद् विस्तार, ३ राज्यमन्त्री थपिएपछि सरकार पूर्ण

१७ साउन ८१, शुक्रबार

१८ साउन, काठमाण्डौ ।

आफूले सपथग्रहण गरेकी दिन २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री ओलीको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरेका छन् । चौधरी नागरिक उन्मुक्ति पार्टीका हुन् भने विक र तामाङ नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सांसद् हुन्।

Advertisement

गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद् २५ सदस्यीय भएसँगै यसले पूर्णता पाएको छ। आज राज्य मन्त्री बनेका उन्मुक्तिका सांसद अरुणकुमार चौधरी भने राष्ट्रपतिबाट सजाय माफी पाएका नेता हुन् । आगजनीमा अदालतबाट ६ महिना कैद सजाय तोकिए पनि पक्राउ नगरी प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएर सांसद भएका चौधरी २०७९ माघ १९ मा जेल चलान भएका थिए।

६ महिना कैद सजाय तोकिएका चौधरीबारे राष्ट्रपतिबाट प्रजातन्त्र दिवस पारेर बाँकी कैद मिनाहा भएर फागुन १० मा रिहा भएपछि उनको निलम्बन फुकुवा भएको थियो। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी ६ महिना कैद सजाय सुनाइएर १३ वर्षदेखि फरार सूचीमा थिए। उनीमाथि अर्काको ट्याक्टर आगजनीको अभियोग लागेको थियो।

Advertisement

अरुणकुमार, पर्शुराम अनि वीरबहादुर चौधरीले महादेव बजगाईँको ट्याक्टर जलाएकोमा ६ महिना कैद र ८ लाख १९ हजार दामासाहीले असुल्ने फैसला भएको थियो। पर्शुराम र अरुणले २०६६ भदौ ३ गते लु. २ त. २११ नम्बरको को ट्याक्टर जलाएको पुष्टि भएको थियो। साजन चौधरीले ट्याक्टर चलाएर ढुङ्गा लिन चिसापानीमा रहेको गोराङ्गा खोलामा गएका थिए।

उनीहरूले ढुङ्गा लोड गरेर लम्कीतर्फ आउने क्रममा साँझतिर बलिया–८ धोबेनी खोला स्थित सडकमा १० जना जतिले नियन्त्रणमा लिएर ट्याक्टरमा आगो लगाइदिएका थिए। सरकारी रेकर्डमा उनी २०६६ सालमा जाहेरी दर्ता भएदेखि नै फरार थिए। अभियोग पत्र दर्ता भएपछि अदालतमा हाजिर नभइ फरारै रहेका उनी सांसद बनेपछि पक्राउ परेका थिए। तर उनी ५ महिना कैद माफी पाएपछि रिहा भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top