×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

सरकार चीनसँग सहयोग माग्ने, सांसद गाली गर्ने

१८ श्रावण २०८१

१८ साउन,  काठमाण्डौ ।

त्रिशूलीमा यात्रुसहित बेपत्ता भएका दुई बस खसेको ३ साता पुग्न लाग्दा समेत अत्तोपत्तो नलागेपछि तिनको खोजी गर्नका लागि सरकारले चीनसँग सहयोग मागेको छ । तर नेपालका लागि चिनियाँ राजदूतले दिएको एक अभिब्यक्तिका कारण सांसदहरुले नै उनको ब्यापक आलोचना गरिरहेका छन् ।

Advertisement
Advertisement

प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशुलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदुत छन सोङले दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको भन्दै आपत्ति जनाएका छन् । उनले भारतबाट हराएका बसु र यात्रुहरु खोज्नका लागि आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदुतले दिएको टिप्पणी दुर्भाग्यपूर्ण रहेको बताए ।

उनले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ ? भन्ने मात्रै अधिकार राजदुतलाई हुने भन्दै नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नहुने बताए । उनले यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने बताए । सभापति यादवले राजदूतले आफ्नो पदीय मर्यादा भन्दा बाहिर गएर आचरण गरेको उल्लेख गरे ।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सो विषयमा गम्भीर भएको भन्दै समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने समेत बताएका छन् । उनले भनेका छन्, हामीले कुनैपनि देशको राजदुतलाई हाम्रो आन्तरिक मामिलामा टिकाटिप्पणी गर्ने, निर्देशन दिनेकुरा सह्य हुँदैन । यो भयो भने अरु देशका राजदुतले यसो गर् । उसो गर् भनिरहन्छ ।

त्यसैले हामीले परराष्ट्र मन्त्रालयलाई के कारणले यस्ता टिका टिप्पणी भइरहेको छ, यसलाई तत्काल रोकथाम गर्न मन्त्रालयले के पहल गरेको छ, त्यो जानकारी लिइसकेपछि मन्त्रालयलाई दिने निर्देशन र प्रभावकारी कदमका लागि काम हुनेछ ।’ राजदुत सोङले सिमलताल पहिरोमा बेपत्ता मानिस र बस खोज्न छिमेकी देश भारतबाट आएको गोताखोर टोलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।

सो विषयलाई लिएर संसदमा पनि सांसदहरुले आवाज उठाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेका सांसद रामहरि खतिवडाले राजदूतले सामाजिक सञ्जालमा लेखेको विषयमा परराष्ट्र मन्त्रालयले बोलाएर स्पष्टीकरण सोध्नुपर्ने बताए । “बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । कमसेकम नेपाललाई आपत पर्दा सहयोग गरौँ ।

अप्ठ्यारो परेका बेला हाँसीमजाकमा नउडाउ,” उनले भने, “यसमा परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई बोलाएर स्पष्टीकरण लियोस् ।” उनले चिनियाँ राजदूतले गम्भीर कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै कडा निन्दा गरे । यस्तै जनमत पार्टी संसदीय दलको उपनेता अब्दुल खानले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनी दिए ।

“एउटा मित्र देशले विज्ञ टोलीसहित बस खोज्न सहयोग गर्दा अर्को मित्र राष्ट्र चीनको राजदूतले बसमा सवार मधेसी, मुस्लिम, थारू, दलित समुदायका साथै सम्पूर्ण नेपाली र नेपालीको दुखमा नुनचुक निन्दनीय अभिव्यक्ति एक्समा लेख्नुभएको छ,” उनले भने, “यसमा नेपाल सरकार गम्भीर हुनुपर्छ ।

जनप्रतिनिधिहरुले यस्तो आलोचना गरिरहदा त्रिशूलीमा बेपत्ता खोज्नका लागि आधुनिक चुम्बकीय प्रविधिसहित नेपाल आएको भारतीय टोलीसमेत कुनै उपलब्धि हासिल गर्न नसकी स्वदेश फर्किएपछि सरकारले चीनसँग सहयोग मागेको छ । गृहसचिव एकनारायण अर्यालले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बस खोज्न चीनसँग सहयोग माग्ने जानकारी दिएका थिए ।

Advertisement

मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म दुई दर्जन शव मात्रै फेला परेका छन् । अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top