कोशी प्रदेशले अब योजना बैंक मार्फत योजना छान्छौंः मुख्यमन्त्री

१७ साउन ८१, शुक्रबार

१८ साउन, विराटनगर ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना बैङ्क मार्फत बजेटमा योजनाहरू समावेश गरेर अगाडि बढ्न सके बजेटमा देखिएको समस्याहरू निरूपण भएर जाने बताएका छन् । उनले योजना एक तिर बजेट अर्को तिर हुने परिपाटी भएकाले यसको अन्त्य गरिने बताए ।

उनले भने, हामीले योजना एकातिर र बजेट अर्को तिर हुने परिपाटी अन्त्य गर्न योजना बैक कसरी बनाउने र कसरी कार्यान्वयनमा लैजाने भन्ने छलफल गरिरहेका छौ । अगामी दिनमा त्यस्तो हुन दिँदैनौ ।

Advertisement

प्रदेश योजना आयोगद्वारा शुक्रवार विराटनगरमा आयोजित प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाई आदान प्रदान कार्यक्रममा बोल्दै कार्कीले योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले योजनाहरु कार्यान्वयनमा प्रदेश सभा सदस्य, राजनैतिक नेतृत्व, विकासका साझेदारहरु र नागरिक समाजसँग आवश्यक छलफल गरी कार्यान्वयन गर्ने बताए । मुख्यमन्त्री कार्कीले प्रदेश स्थापना भएको अवधिमा प्रदेशमा विकासको पर्याप्त उपलब्धि हासिल गर्न सफल भए पनि यसको प्रचार गर्न नसक्दा प्रदेश प्रति वितृष्णा फैलाइएको बताए ।

Advertisement

उनले भने, अहिले ठुला दुई दल मिलेपछि प्रदेश संरचना चाहिँदैन भन्ने आवाज केही व्यक्तिहरूबाट आउन थालेको छ । यसले अराजकता निम्ताउन सक्छ । बरु हामीले यसलाई बलियो बनाउने तर्फ लाग्नु पर्छ । यस्ता आवाज निस्तेज गर्नु पर्छ ।

उनले प्रदेशमा विकासको गतिलाई तीव्रता दिन राष्ट्रिय पुँजीको विकास आवश्यक रहेको बताए।उनले भने‘ यसका लागि स्थानीय स्रोत,साधन र खनिज पदार्थको अधिकतम उपयोग र निर्यात गर्न आवश्यक छ । मुख्यमन्त्री कार्कीले मुलुकको व्यापार घाटा कम गर्न कृषि, पशुपालनको उत्पादन वृद्धि र जलविद्युतको निर्यात जरुरी रहेको विचार राखे।
भारतीयलाई ५ सय र हजारको नोट ल्याउन दिने पहल

मुख्यमन्त्री कार्कीले पर्यटक आवागमन वृद्धिका लागि पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारको विकास, सहज यातायात र व्यवस्थित वासस्थानमा व्यवस्था गरी दुई छिमेकी देशका नागरिकहरूलाई आकर्षण गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले भारतीयहरूलाई नेपाल आगमनमा सहजता दिन भारतीय रुपैयाँ पाँच सय र दुई हजारको नोट एवं रु २५ हजार भन्दा बढी रकम ल्याउनका लागि पहल गरिरहेको जानकारी दिए । यसले प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ,उनले भने,‘ यसका लागि प्रदेश सरकारले पहल गर्छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले प्रदेशका योजना व्यवस्थित गर्न काम गरिरहेको बताए। आयोगका पूर्व उपाध्यक्ष डा रघुराज काफ्ले ओमधरानन्द राजोपाध्याय र डा अजयचन्द्र लालले मुलुकको आर्थिक समृद्धि र नागरिकको रोजगार एवं आयआर्जनलाई ध्यानमा राखी विकासको कामलाई गतिदिनु पर्ने सुझाव दिए ।

सो अवसरमा राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै योजना पहिचान गरी विकासको कार्यलाई निरन्तरता दिनु पर्ने सुझाव दिँदै प्रदेशमा व्यवासयिक क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top