Nepal Times
Nepal Times
3
Shares

इराकमा इराकी अर्धसैनिक हस्द शाबी फोर्सको सैन्य आधारमा आक्रमण

इराकमा इराकी अर्धसैनिक हस्द शाबी फोर्सको सैन्य आधारमा आक्रमण

१८ साउन, एजेन्सी ।

इराकको बाबिल प्रान्तमा इराकी अर्धसैनिक हस्द शाबी फोर्सको सैन्य आधारमा आक्रमण हुँदा ४ जनाको मृत्यु भएको छ ।

जसमा अहमद नजम अब्दुल–जाहरा नामक कमाण्डरसहित चार लडाकुको मृत्यु भएको हो ।

इराकले अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई आक्रमणको नतिजाको लागि जिम्मेवार ठहराएको इराकी सेनाका प्रवक्ता याह्या रसूलले बताएका छन् ।

हशद शाबी सेनाको अल–जजिरा अपरेशन कमाण्डले जारी गरेको विज्ञप्तिमा संयुक्त राज्यले जुर्फ अल–नासर क्षेत्रमा अर्धसैनिक ४७ औं ब्रिगेडमा तीनवटा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।

त्यस्ता आक्रमणहरूले इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) समूहसँग लड्नका लागि संयुक्त सुरक्षा कार्यको सबै प्रयास, संयन्त्र र ढाँचालाई महत्त्वपूर्ण रूपमा कमजोर पार्नसक्ने बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.