NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री मङ्लबार भदौ ३१ , २०८२
युएईले अचानक किन रोक्यो नेपालीलाई भिसिट भिसा ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

कुलमानविरुद्ध अख्तियार लगाउन एमालेको जोड

शनिबार साउन १९ , २०८१
Reading Time: 1 min read
A A
डेडिकेडेट र ट्रंक लाइन विवाद के हो ?कहिले के भयो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ साउन, काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन अवज्ञा गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६ उद्योगको लाइन जोड्न अस्वीकार गरेपछि अहिले सरकार भर्सेस प्राधिकरणको स्थिति बनेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा कुलमान सत्तारुढ एमालेको तारो बनेका छन् । यसबीच घिसिङलाई छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्नुपर्ने एमालेले अडान लिएको छ ।

तर तत्काललाई भने यो सम्भव नहुने देखिएको छ । शुक्रबार मात्रै घिसिङलाई छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने लेखा समितिको योजना तत्कालका लागि रोकिएको छ । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले जो एमाले सांसद पनि हुन् उनले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा घिसिङलाई छानबिनका लागि सिफारिस गर्ने योजना बनाएका थिए ।

LS Auto

उक्त योजना अनुसार सचिवालयले प्रस्तावको मस्यौदा समेत तयार पारेको थियो । तर काङग्रेसलगायत अन्य दलले साथ नदिएपछि उक्त योजना सफल हुन सकेन । सभापति पोखरेलले बैठकमा पटक पटक छानबिन गर्नुपर्ने बताए । उनले बारम्बार कागजमा नाफा देखाएर कर तिरेको बताएका थिए । उनले कागजमा नाफा देखाएर प्राधिकरण नेतृत्वले भ्रम छरिरहेको पनि आरोप लगाए ।

सभापति पोखरेलले तथ्य, प्रमाण र कानुनका आधारमा निर्णय गराउने बताएका थिए । तर कांग्रेस तथा अन्य दलका सांसदहरुले तत्काल हतारमा निर्णय गर्न नहुने भनेपछि सभापति पोखरेल पछि हटेका हुन् । सांसद सञ्जय गौतमले हतार गरेर कुनै निर्णय गर्न नहुने बताए । उनले दुवै निकायको कमजोरी भएकाले समितिले मिनेन्द्र रिजालको प्रतिवेदनलाई समेत आधार मानेर निर्णय गर्नुपर्ने बताए ।

यस्तै राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले दुवै पक्षले आफूले देखाइरहेको बिल सही भएको दाबी गरेकाले तत्काल कुनै निर्णय गर्न नहुने बताए । उनले थप छलफलपछि एउटा निष्कर्षमा पुगेर निर्णय गर्नुपर्ने बताए । सांसद प्रेम आलेले पनि १० दिनको समय लिएर निर्णय गर्नुपर्ने बताए । उनले हतारमा निर्णय गर्न नहुने धारणा राखे ।

सांसदहरुले तत्काल निर्णय गर्न नमानेपछि सभापति पोखरेलले नेपाल विद्युत प्राधिकरणसँग टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको डेटा माग्ने र ५ दिनमा सचिवालयले प्रतिवेदन तयार पारेपछि समितिले बैठकले बसेर निर्णय गर्ने सहित दुईवटा निर्णय पनि गरेका छन् । यसबीच बैठकमा सभापति ऋषिकेश पोखरेल र माओवादी सांसद अमनलाल मोदीबीच चर्काचर्की परेको थियो ।

सभापतिले बैठकको निर्णय सुनाउनुअघि सभापति ऋषिकेश पोखरेल र माओवादी सांसद मोदीबीच चर्काचर्की परेको हो । सांसद मोदीले प्राधिकरणको कुरामा विमत्ति राख्नुपर्ने उद्योगीको पक्षमा जस्तो देखियो नि! भनेपछि सभापति रिसाएका थिए । उनले भाषालाई मिसप्लेस नगर्नू भन्दै जवाफ फर्काएका थिए । सांसद मोदीले भने उद्योगपतिबाट बक्यौता उठाउनुपर्ने, लाल आयोगले पहिले नै निर्णय गरिसकेको विषयलाई किन तोडमोड गरियो भनेर प्रश्न गरेका थिए ।

त्यसपछि सभापतिले ‘तपाईं किन डराउनु भएको ?’ भनेर व्यक्ति रुपमै प्रश्न गरे । त्यसपछि मोदी र सभापतिबीच ५ मिनेटजति चर्काचर्की भयो । विद्युत प्राधिकरण र उद्योगीबीच डेडिकेटेड फिडर तथा ट्रंकलाइनमा विवाद चलिरहेको छ । प्राधिकरणले ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता रहेको बताउँदै आएको छ । उद्योगीहरुले भने प्रमाण नभएको भन्दै बक्यौता तिर्न अस्वीकार गर्दै आएका छन् ।

Tags: #अख्तियार लगाउन एमालेको जोड#काँग्रेसले बचायो कुलमानलाई#कुलमानविरुद्ध अख्तियार

लोकप्रीय

आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२

विचार

थप समाचार

आज तोलामा १८ सय रुपैयाले घट्यो सुन
आर्थिक

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते
अन्तर्राष्ट्रिय

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री
आर्थिक

प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.