कुलमानविरुद्ध अख्तियार लगाउन एमालेको जोड

१८ साउन ८१, शनिबार

१९ साउन, काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन अवज्ञा गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६ उद्योगको लाइन जोड्न अस्वीकार गरेपछि अहिले सरकार भर्सेस प्राधिकरणको स्थिति बनेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा कुलमान सत्तारुढ एमालेको तारो बनेका छन् । यसबीच घिसिङलाई छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्नुपर्ने एमालेले अडान लिएको छ ।

तर तत्काललाई भने यो सम्भव नहुने देखिएको छ । शुक्रबार मात्रै घिसिङलाई छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने लेखा समितिको योजना तत्कालका लागि रोकिएको छ । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले जो एमाले सांसद पनि हुन् उनले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा घिसिङलाई छानबिनका लागि सिफारिस गर्ने योजना बनाएका थिए ।

Advertisement

उक्त योजना अनुसार सचिवालयले प्रस्तावको मस्यौदा समेत तयार पारेको थियो । तर काङग्रेसलगायत अन्य दलले साथ नदिएपछि उक्त योजना सफल हुन सकेन । सभापति पोखरेलले बैठकमा पटक पटक छानबिन गर्नुपर्ने बताए । उनले बारम्बार कागजमा नाफा देखाएर कर तिरेको बताएका थिए । उनले कागजमा नाफा देखाएर प्राधिकरण नेतृत्वले भ्रम छरिरहेको पनि आरोप लगाए ।

सभापति पोखरेलले तथ्य, प्रमाण र कानुनका आधारमा निर्णय गराउने बताएका थिए । तर कांग्रेस तथा अन्य दलका सांसदहरुले तत्काल हतारमा निर्णय गर्न नहुने भनेपछि सभापति पोखरेल पछि हटेका हुन् । सांसद सञ्जय गौतमले हतार गरेर कुनै निर्णय गर्न नहुने बताए । उनले दुवै निकायको कमजोरी भएकाले समितिले मिनेन्द्र रिजालको प्रतिवेदनलाई समेत आधार मानेर निर्णय गर्नुपर्ने बताए ।

Advertisement

यस्तै राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले दुवै पक्षले आफूले देखाइरहेको बिल सही भएको दाबी गरेकाले तत्काल कुनै निर्णय गर्न नहुने बताए । उनले थप छलफलपछि एउटा निष्कर्षमा पुगेर निर्णय गर्नुपर्ने बताए । सांसद प्रेम आलेले पनि १० दिनको समय लिएर निर्णय गर्नुपर्ने बताए । उनले हतारमा निर्णय गर्न नहुने धारणा राखे ।

सांसदहरुले तत्काल निर्णय गर्न नमानेपछि सभापति पोखरेलले नेपाल विद्युत प्राधिकरणसँग टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको डेटा माग्ने र ५ दिनमा सचिवालयले प्रतिवेदन तयार पारेपछि समितिले बैठकले बसेर निर्णय गर्ने सहित दुईवटा निर्णय पनि गरेका छन् । यसबीच बैठकमा सभापति ऋषिकेश पोखरेल र माओवादी सांसद अमनलाल मोदीबीच चर्काचर्की परेको थियो ।

सभापतिले बैठकको निर्णय सुनाउनुअघि सभापति ऋषिकेश पोखरेल र माओवादी सांसद मोदीबीच चर्काचर्की परेको हो । सांसद मोदीले प्राधिकरणको कुरामा विमत्ति राख्नुपर्ने उद्योगीको पक्षमा जस्तो देखियो नि! भनेपछि सभापति रिसाएका थिए । उनले भाषालाई मिसप्लेस नगर्नू भन्दै जवाफ फर्काएका थिए । सांसद मोदीले भने उद्योगपतिबाट बक्यौता उठाउनुपर्ने, लाल आयोगले पहिले नै निर्णय गरिसकेको विषयलाई किन तोडमोड गरियो भनेर प्रश्न गरेका थिए ।

त्यसपछि सभापतिले ‘तपाईं किन डराउनु भएको ?’ भनेर व्यक्ति रुपमै प्रश्न गरे । त्यसपछि मोदी र सभापतिबीच ५ मिनेटजति चर्काचर्की भयो । विद्युत प्राधिकरण र उद्योगीबीच डेडिकेटेड फिडर तथा ट्रंकलाइनमा विवाद चलिरहेको छ । प्राधिकरणले ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता रहेको बताउँदै आएको छ । उद्योगीहरुले भने प्रमाण नभएको भन्दै बक्यौता तिर्न अस्वीकार गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top