भदौ २२ देखि विराटनगर विद्यालय नाटक महोत्सव, आवेदन खुला

१८ साउन ८१, शनिबार

१९ साउन, विराटनगर ।
विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ ।

विराटनगर र आसपासका विद्यालयले साउन ३२गते भित्रमा आवेदन दिन सक्नेछन । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिंक प्रयोग गर्न सकिनेछ ।

आवेदन दिएकामध्ये नौवटा विद्यालय छनोट हुनेछन । विद्यालयलाई गुरुकुलले नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर हाटखोलास्थित गुरुकुलका नाटकघरमा हुने महोत्सवमा नाटक मञ्चनको अवसर दिनेछ ।

Advertisement

पाठ्यक्रममा भएको वा शिक्षक तथा विद्यार्थीले लेखेको एक घण्टा अवधि हाराहारीको नाटक विद्यार्थीले नै अभिनय गरी मञ्चन गर्नुपर्ने हुन्छ । नौ विद्यालय र आयोजकको एउटासमेत गरी १० नाटक मञ्चन हुने यो महोत्सव विद्यार्थीलाई रंगमञ्चसँग जोड्ने उत्सव भएको आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

विद्यालयले आवेदन दिएपछि त्यसपछिको सम्पूर्ण प्रक्रियामा गुरुकुलले सहयोग गर्ने उनले बताए । विगतका तीन संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको नाटक महोत्सवमा अवार्डको पनि व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए ।

Advertisement

नौ विद्यालयमध्येबाट उत्कृष्ट नाटक, नाटककार, निर्देशक, अभिनेता र अभिनेत्रीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

सम्बन्धित समाचार

Scroll to Top