ओलम्पिकमा अमेरिकाको दबदबा, कति देशले कति पदक जिते ?

२४ साउन ,एजेन्सी ।

पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कांस्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ कांस्यसहित कुल ६५ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कांस्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसै गरी, चौथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १७ रजत र २१ कांस्यसहित ५१ पदक जितेको छ भने पाँचौँ स्थानमा बेलायतले १२ स्वर्ण, १७ रजत र २० कांस्यसहित कुल ४९ पदक जितेको छ । पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, आठ रजत र सात कांस्यसहित कुल २७ पदक जितेको छ भने जापान १२ स्वर्ण, छ रजत र १३ कांस्यसहित ३१ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र आठ कांस्यसहित कुल २७ पदक जितेको छ भने नेदरल्यान्डसले नौ स्वर्ण, पाँच रजत र छ कांस्यसहित कुल २० पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनी आठ स्वर्ण, पाँच रजत र पाँच कांस्यसहित कुल १८ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।

ओलम्पिकमा क्यानडा र आयरल्याण्डले क्रमश ६ र ४ स्वर्ण जितेका छन् भने न्युजिल्याण्ड, रोमनिया, हंगेरीसहित ५ देशले समान ३ स्वर्ण हात पारेका छन् । यस्तै ९ देशले २, २ स्वर्ण हात पारेका छन् भने २७ देशले समान १, १ स्वर्ण हात पारेका छन् । जारी ओलम्पिकमा २७ देशले पदक हात पारेपनि स्वर्ण जित्न सकेका छैनन् ।

यता ओलम्पिकको फाइनलमा अयोग्य ठहरिएपछि भारतीय पहलमान विनेश फोगटले सन्न्यास घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले कुस्तीलाई अलबिदा गरेकी हुन् । ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी फोगटले फाइनलसम्मको यात्रा तय गरेकी थिइन् । तर ओेभरवेट रहेको पाइएपछि उनलाई फाइनल खेल्न अयोग्य ठहर गरिएको थियो ।

त्यससँगै उनले कुनै पनि पदक नपाउने भएकी छन् । फोगटले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कुस्तीले जितेको र आफूले हारेको बताएकी छन् । उनले लेखेकी छन्, ‘माफ गर्नुस् आमा, तपाईँको सपना मेरो हिम्मत सबै टुट्यो ।अब योभन्दा बढी तागत मसित छैन । अलबिदा कुस्ती ।’ २९ वर्षीय फोगटले सन् २००१ बाटै कुस्ती खेल्न थालेकी हुन् । उनी ओलम्पिकको फाइनलमा पुग्ने पहिलो भारतीय महिला कुस्तीबाज बनेकी थिइन् । कम्तीमा रजत पद पाउने पक्का भएको थियो । तर अब उनी त्यसबाट पनि वञ्चित बनेकी छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top