भारतका विदेशसचिव काठमाडौंमा, सेवाले गरिन् स्वागत

२७ साउन, काठमाण्डौ ।

भारतका विदेशसचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन् । परराष्ट्रसचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि उनी नेपाल आएका हुन् । मिस्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुनेछ ।

साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले आजै राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवलगायतसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । उनले नेपालस्थित भारतीय राजदूतावास कर्मचारीसँग छलफल गरेपछि दुई बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने छन् ।

Advertisement

राष्ट्रपतिसँगको भेटपछि उनले तीन बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । सचिव मिस्रीले आइतबार नै उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंहलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम पनि रहेको छ । आज नै परराष्ट्र सचिव लम्सालले सचिव मिस्रीका लागि रात्रिभोजको आयोजना गर्नेछिन् ।

सो कार्यक्रममा पनि नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । सोमबार बिहान ११ः४५ बजे उनले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको परराष्ट्रले बताएको छ । भारतका विदेशसचिवका रुपमा म्रिस्रीको नेपाल भ्रमण पहिलो र नियमित हो । उनी हालै विदेशसचिवमा नियुक्त भएका हुन् ।

मिस्रीको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।

विदेशसचिव मिस्री भोलि स्वदेश फर्कनेछन् । विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए । विदेश सचिवमा बढुवा हुनुअघि मिस्री भारतको उप–राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । ५९ वर्षीय मिस्रीले भारतका प्रधानमन्त्रीहरू इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रुपमा काम गरेको अनुभव छ । उनले सन् २०१९–२०२१ सम्म चीनका लागि भारतको राजदूतका रूपमा पनि काम गरेका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top