बंगलादेशका सबै एटीम रित्ता,हसिनालाई बंगलादेश फर्काउनु पर्ने

२७ साउन, एजेन्सी ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेर हिँडेपनि बंगलादेशमा अझै असुरक्षा र अस्थिरता यथावत छ। यही असुरक्षा र अस्थिरताको बीचमा एटीएमहरूमा नगदको अभाव भएको छ। प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गरेका छन्, त्यहाँ कुनै पैसा राखिएको छैन । वास्तवमा गत ५ अगस्टमा प्रहरीमाथि प्रदर्शनकारीले हमला गरे पछि बंगलादेशका प्रहरीहरु अझै काममा फर्किन सकेका छैनन् ।

यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ । धेरैजसो प्रहरी चौकीहरु रित्तो भएका छन्, त्यहाँ प्रहरीहरु छैनन् । न त सडकमा ट्राफिक नै रहेका छन् । एटीएम बुथसम्म नगद पु¥याउने सुरक्षाकर्मी काममा नफर्केकाले एटिएममा नगद नभएको बैंकरहरुले बताएका छन्। यसअघि गत अगस्ट ७ मा केन्द्रीय बैंकले सबै बैंकबाट १ दिनका लागि एक लाख रुपैयाँ नगद झिक्न सीमा तोकेको थियो ।

हसिनाको राजीनामा पछि देशमा हिंसा, लुटपाट र आगजनीका घटना बढेका छन् । केही स्थानमा साम्प्रदायिक हिंसा समेत भएका घटना बाहिरिएका छन् । नयाँ सरकारले पनि अझै सुरक्षा ब्यवस्थालाई नियन्त्रणमा लिइसकेको अवस्था छैन् ।सरकार, सर्वसाधारण, सरकारी अधिकारी, न्यायाधीश र सेना कोही पनि सुरक्षित छैनन् । पछिल्लो कयौं दिनयता जारी हिंसा अनियन्त्रित बन्दै गएको छ ।

सेनाको जवानमाथि समेत हमला भएको छ । गोपालगञ्ज क्षेत्रमा सेनाको गाडीमा हमला भएको छ । ढाका ट्रिब्यूनमा छापिएको समाचार अनुसार यस घटनामा सेनाका जवान, पत्रकार र स्थानीयसमेत १५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई गोली लागेको बताइएको छ । यस घटनामा एक बच्चासहित दुई जनालाई गोली लागेको छ । घटनामा कसैको मृत्यु भने भएको छैन । यो घटना शनिबार साँझको भएको बताइएको छ ।

आवामी लिगका नेता, कार्यकर्ता र उनका समर्थकहरूले शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै ढाकामा सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका थिए । सेनाका जवानले सडक खुलाउन अनुरोध गरेपछि प्रदर्शनकारीहरूको भिडले उनीहरूमाथि ढुंगा, इट्टा फ्याक्न सुरु गरेका थिए । भिडलाई तितरबितर पार्न सेनाका जवानले पछि लाठीचार्ज गरेको थियो । यसको जवाफमा प्रदर्शनकारीहरूले सेनाको गाडीमा तोडफोड गरेर आगो लगाइदिएका छन् ।

यसअघि हसिनाका छोराले समेत आफ्नी आमा भारत छाडेर तेस्रो देश नजाने भन्दै उनी बंगलादेश नै फर्किने बताएका थिए । उनले देशका लागि आफूसमेत राजनीतिमा आउन तयार रहेको बताएका थिए । विरोध प्रर्दशनकै बीच बंगलादेशका प्रधानन्यायाधीश ओबैदुल हसनले आफ्नो पदबाट राजीनामा दिएका छन् । बंगलादेशको न्याय मन्त्रालयका सल्लाहकार आसिफ नजरुलले हसनको राजीनामा कानुन तथा न्याय मन्त्रालयमा पुगेको जानकारी दिएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् ।

नजरुलले राजीनामा पत्र राष्ट्रपति कार्यालयमा पठाइएको बताएका छन् । आरक्षण विरोधी आन्दोलनमा सहभागी विद्यार्थीहरूले प्रधानन्यायाधीश हसन र अपील डिभिजनका न्यायाधीशहरूलाई राजीनामा दिन अल्टिमेटम दिएका थिए । शनिबार बिहान हजारौँ प्रदर्शनकारी विद्यार्थी प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा पुगेका थिए ।

उक्त आन्दोलनमा सयौं वकिलहरुको पनि सहभागिता रहेको थियो । यसै क्रममा आरक्षण विरोधी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीशलाई फासीवादी भन्दै फुल कोर्ट बैठक रोक्न र राजीनामा दिन अल्टिमेटम दिएका थिए । बंगलादेशमा विगत केही सातादेखि आरक्षण विरोधी आन्दोलन चलिरहेको छ । यसबाट हालसम्म सयौँले ज्यान गुमाएका छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि व्यापक विरोधका कारण देश छाड्न बाध्य भएकी छन् । यसपछि बंगलादेशका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त गरिएको थियो । उनले शुक्रबार साँझ शपथ ग्रहण गरेपछि शान्ति कायम गर्न जनतालाई अपिल गरेका थिए । तर स्थिती अझै अन्तरिम सरकारको नियन्त्रणमा आउन सकेको छैन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top