रोहितको टोली ग्लोबल टी २० को फाइनलमा

२६ साउन ८१, आइतबार

२७ साउन, एजेन्सी ।
क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स फाइनल प्रवेश गरेको छ । शनिबार बेलुका भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको हो ।

दोस्रो क्वालिफायर खेलमा पनि रोहित भने बेन्चमा नै रहेका थिए । बंग्ला टाइगर्सले सुपर ओभर खेल्न नमाने पछि टोरोन्टो दोस्रो क्वालिफायका लागि छनोट भएको थियो । वर्षाका कारण इलिमिनेटर खेल हुन नसके पछि सुपर ओभरबाट निर्णय लिने लिगको नियम रहेको थियो ।

तर, बंग्लाले सुपर ओभर खेल्न अस्विकार गरे पछि टोरोन्टो दोस्रो क्वालिफायरका लागि छनोट भएको थियो । वुल्भ्सले दिएको १ सय ४२ रनको लक्ष्य टोरोन्टोले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

Advertisement

टोरोन्टोका लागि ओपनर तथा कप्तान कोलिन मुनरोले २० बलमा सर्वाधिक ३६,मोहम्मद नवाजले अविजित २४ तथा ओपनर उन्मुक्त चन्दले १९ रन जोडे । वुल्भ्सका लागि अखिल कुमारले ३ तथा एन्ट्रु टाय र बेउ वेबस्टारले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वुल्भ्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन जोडेको थियो । वुल्भ्सका लागि निक हबसनले ३४ बलमा अविजित रहँदै सर्वाधिक ५१ रन जोडे । जर्ज मुन्सेले २६, ज्याक जार्बिसले २० तथा कप्तान डेबिड वार्नरले १३ रन जोडे ।

Advertisement

टोरोन्टोका लागि रोमारियो शेफर्डले ४ तथा जितेन्द्रपाल माथरुले २ विकेट लिए । फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्सको सामना गर्नेछ । फाइनल आज बेलुका हुँदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top