×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

नेपालको ‘मुनाल’ भूउपग्रह प्रक्षेपण भारतबाट, के हो मुनाल ?

२८ श्रावण २०८१

२८ साउन, विराटनगर । भारतले नेपालले निर्माण गरेको ‘मुनाल’ भूउपग्रह प्रक्षेपणका लागि सघाउने भएको छ । भारतको विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआइएल) ले शनिबार मुनाल भूउपग्रह प्रक्षेपण गर्न अनुदान सहयोगका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा मन्त्रालयको तर्फबाट अनुराग श्रीवास्तव र एनएसआइएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका थिए । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव डा. रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपिएन) का संस्थापक डा. आभास मास्केको समेत उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले सम्झौताबारे जानकारी दिँदै दुई देशबीचको अन्तरिक्ष सहयोगमा महत्त्वपूर्ण कोसेढुंगा भएको बताएका हुन् ।

सम्झौताअनुसार नास्टको आयोजनामा नेपालमा विकसित गरिएको भूउपग्रहलाई एनएसआइएलको पोलार स्याटेलाइट लन्च भेहिकलमा निःशुल्क रूपमा प्रक्षेपण गरिने भएको छ ।

मुनाल नेपालमै बनाइएको स्याटेलाइट हो । नेपाली अन्तरिक्ष स्टार्टअपले मुनाल स्याटेलाइटको डिजाइन र निर्माणमा नेपाली विद्यार्थीहरूलाई सहयोग गरेको छ ।

उपग्रहको उद्देश्य पृथ्वीको सतहको वनस्पति घनत्व डाटाबेस निर्माण गर्ने हो । भारतको बेंगलुरुमा प्राविधिक परीक्षण गराइएको यो स्याटेलाइटको ‘फ्लाइट मोडल’ बनेपछि दसैंअघि अन्तरिक्षतर्फ प्रक्षेपणको तयारी छ  ।

यसको आकार नेपाली स्याट–१ जस्तै १ यू छ । यो भनेको १० घन सेन्टिमिटर हो । तौल एक केजी हाराहारी मात्रै छ । मुनाल स्याटेलाइट नेपाली स्याटभन्दा केही परिस्कृत छ ।

दुईवटा क्यामेरा छन् । आरजिबी र इन्फ्रारेड इमेज दुवै मिलाइएको छ । नेपाली स्याट १ को ०.३ मेगापिक्सल थियो भने यसको १.३ मेगापिक्सल छ ।

काठमाडौं विश्वविद्यालय हाइस्कुल (केयुएचएस) परिसरमा स्थापना गरिएको स्पेस सिस्टम ल्याबोरेटरी (एसएसएल) मा मुनाल भू–उपग्रहको इन्जिनियरिङ मोडल तयार गरिएको हो ।

यो स्याटेलाइटलाई नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल र केयुएचएसलगायत अन्य सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोग छ ।

स्याटेलाइट निर्माणको चरणमा इन्जिनियरिङ मोडल जटिल मानिन्छ । यो मोडलमा विभिन्न परीक्षण गरिन्छ ।

कृत्रिम अन्तरिक्षको वातावरणमा गरिने परीक्षणको चरण ‘मुनाल’ ले पार गरिसकेको छ । यो दुई वर्ष लामो परियोजनामा काठमाडौँ विश्वविद्यालय उच्च माध्यमिक विद्यालय , चैतन्य माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय, र सञ्जीवनी मोडेल उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू संलग्न थिए ।

काठमाडौँ विश्वविद्यालय उच्च माध्यमिक विद्यालय मा रहेको स्पेस सिस्टम्स ल्याबोरटोरीमा विकसित गरिएको मुनाललाई सन् २०२४ को सुरुमा सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण गर्ने योजना गरिएको छ ।

भारतको श्रीहरिकोटा, आन्ध्र प्रदेशमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको प्रमुख अन्तरिक्ष केन्द्र हो । भारतको बेंगलुरुस्थित अनन्त टेक्नोलोजमा केही साताअघि मात्रै मुनालले अन्तरिक्षको वातावरणमा काम गर्न सक्ने र नसक्नेसम्बन्धीको परीक्षण गरिएको थियो ।

Advertisement

परीक्षण गराउनका लागि सिलावसहित, प्रतिष्ठानकी इन्जिनियर एजिला सापकोटा, निर्माणकर्ताहरू सुशान्त ढकाल र श्रीया प्रधान भारत गएका थिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top