×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026

पेरिस ओलम्पिकमा स्वर्ण पदक, पुरस्कारमा भैंसी

२८ श्रावण २०८१

२८ साउन, विराटनगर । युरोपियन मुलुक फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न ३३औँ गृष्मकालीन ओलम्पिकमा स्वर्ण पदक जितेका एक खेलाडीले पुरस्कारस्वरूप भैंसी पाउने भएका छन् ।

ओलम्पिकमा स्वर्ण पदक जितेका पाकिस्तानी खेलाडी २७ वर्षीय अरशद नदिमले आफ्नो ससुरालीबाट पुरस्कारस्वरूप भैंसी पाउने भएका हुन् ।

Advertisement
Advertisement

अरशदले ओलम्पिकमा एथलेटिक्सको पुरुष ज्याभलिन थ्रो स्पर्धामा भारतीय खेलाडी निरज चोपडालाई पछि पार्दै स्वर्ण जितेका थिए ।

पेरिस ओलम्पिकमा पाकिस्तानले जितेको यो एकमात्र पदक हो । त्यसबाहेक नदिम ओलम्पिकमा पाकिस्तानका लागि व्यक्तिगत रूपमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी पनि बने ।

पछिल्लो ३२ वर्षपछि पाकिस्तानले पदक जितेको हो । यसअघि सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको ओलम्पिकमा पाकिस्तानले मेडल जितेको थियो ।

अरशदले गोल्ड जितेसँगै पाकिस्तानले ओलम्पिक पदकको संख्या चार पुर्‍याएको छ । उनले जितेको स्वर्ण पदककै कारण पनि पदक तालिकामा पाकिस्तानलाई भारतभन्दा पनि माथि उभ्याउन मद्दत पुर्‍यायो । भारतले पेरिस ओलम्पिकमा एक रजत र पाँच कांस्य पदक जितेको छ ।

‘गोल्ड मेडल’ सँगै अरशदले ५० हजार डलर पुरस्कार पनि पाए । विदेशमा नगद पुरस्कारबाट पुरस्कृत भएका अरशदलाई उनका ससुराले भैंसी पुरस्कार दिने भएका हुन् ।

अरशदका ससुरा मुहम्मद नवाजले सञ्चारमाध्यममार्फत् भैंसी पुरस्कार दिने घोषणा गरेको पाकिस्तानी मिडियाले जनाएका छन् ।

उनले भनेका छन्, ‘ओलम्पिकमा स्वर्ण पदक जिते पनि उनी आफ्नो माटोसँग जोडिएका व्यक्ति हुन् । त्यसैले मैले उनलाई भैँसी पुरस्कार दिने घोषणा गरेको हुँ ।’

खासमा अरशद नदिमको गाउँमा भैंसी पुरस्कार दिइनुलाई निकै सम्मानित रूपमा हेरिन्छ ।

Advertisement

अरशद नदिमको ससुराका चार छोरा र तीन छोरी छन् । त्यसमध्ये सबैभन्दा कान्छी छोरी आयशासँग अरशद नदिमले विवाह गरेका हुन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top