मध्यपूर्वमा बढ्यो जोखिम, पश्चिमाले निकाले विज्ञप्ति

२८ साउन ८१, मंगलबार

२९ साउन , एजेन्सी ।

मध्यपूर्वमा मडारिरहेको घातक युद्धको जोखिम र यसका कारण इजरेललाई हुन सक्ने खतरालाई मध्यनजर गर्दै पश्चिमा जगत सतर्क बनेको छ । मध्यपूर्वको पछिल्लो अवस्थाबारे अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त वक्तव्य जारी गरेका छन् । उनीहरूले उक्त क्षेत्रको तनाव कम गर्न र गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि सम्झौतामा पुग्ने कुरामा आफूहरूको पूर्ण समर्थन रहेको उल्लेख गरेका छन् ।

‘हामी चाँडोभन्दा चाँडो सम्झौतामा पुग्ने उद्देश्यका साथ यस हप्ताको अन्त्यमा फेरि वार्ता सुरु गर्न राष्ट्रपति बाइडेन, इजिप्टका राष्ट्रपति अब्दुल फताह अल–सिसी र कतारका अमिर तमिमले गरेको संयुक्त आह्वानलाई समर्थन गर्दछौँ’, संयुक्त विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सबै पक्षले आआफ्ना जिम्मेवारी पूरा गर्नैपर्छ । साथै गाजामा बिना कुनै बाधा सहायता सामग्री पुग्न आवश्यक छ।’

Advertisement

पाँच देशले इरानी आक्रमण र यसले समर्थन गर्ने चरमपन्थी संगठनविरुद्ध इजरायलको रक्षाका लागि समर्थन व्यक्त गरेका छन् । उनीहरूले इरानबाट इजरायलविरुद्ध सैन्य आक्रमणको निरन्तर धम्की रोक्न पनि आह्वान गरेका छन् । साथै वक्तव्यमा यस्ता आक्रमणबाट क्षेत्रीय सुरक्षामा पर्ने गम्भीर असरबारे पनि चर्चा गरिएको छ ।

यता हमासले भने गाजाको तर्फबाट वार्तामा सहभागी मध्यस्थकर्तालाई अरू थप वार्ता गर्नुको सट्टा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्तुत गरेको युद्धविराम योजना कार्यान्वयनमा अडान राख्न माग गरेको छ । इजरायली सैन्य कारबाहीका कारण असुरक्षित प्यालेस्टिनीहरू सुरक्षाका लागि एक पछि अर्को स्थानमा भागिरहनुपरेको पीडाबीच हमासको यो भनाइ आएको हो ।

Advertisement

बाइडेनले गत मे ३१ मा तयार गरेको र पछि राष्ट्रसंघीय सुरक्षा परिषद्बाट अनुमोदित युद्धविराम योजनाको कार्यान्वयनको पक्षमा आफ्नो समूह रहेको दाबी हमासले आइतबार गरेको छ । बाइडेनले तीन चरणको ‘स्थायी युद्धविराम तथा सबै बन्धकको रिहाइको रोडम्याप’ लाई इजरायली प्रस्तावको युद्धविराम योजनाका रूपमा प्रस्तुत गरेका थिए । यद्यपि, त्यसपछि मध्यस्थताका लागि भएका प्रयासहरू सफल हुन सकेका थिएनन् ।

दक्षिणी गाजाको मुख्य सहर खान युनिसलाई निरन्तरको बमबारी र लडाइँले ध्वस्त पारेको छ भने इजरायलको गाजाको अल जलाला क्षेत्र छोड्न आदेश जारी गरेपछि सयौं गाजाबासी प्यालेस्टिनीहरू उत्तरी छिमेकबाट भागेका छन् । हमासले गत मंगलबार आफ्ना गाजा प्रमुख याह्या सिनवारलाई जुलाई ३१ मा इरानमा मारिएका हमासका राजनीतिक नेता इस्माइल हानियाको जिम्मेवारी तोकेको छ ।

हानियाको हत्यापूर्व बेरूतमा भएको हवाई आक्रमणमा हेजबुल्लाहका सैन्य प्रमुख फाउद सुकरको मृत्यु भएको थियो । यसले मध्यपूर्वमा इजरायलविरोधी भावनालाई थप मलजल दिएको र मध्यपूर्वमा थप तनाव बढ्ने अड्कलबाजीहरू गरिएका थिए । बस्ती खाली गर्न दिइएका यस्ता आदेशपछि बढ्ने सैन्य आक्रमणको भयले प्यालेस्टिनीलाई धेरै पटक विस्थापित हुन बाध्य पारेको छ ।

बाइडेनको युद्धविराम योजनाको पहिलो चरणमा ६ हप्तासम्म पूर्ण युद्धविराम गर्ने योजना समावेश छ, यस चरणमा इजरायली सेना गाजाको आवासीय क्षेत्रबाट फिर्ता गर्ने र इजरायलले प्यालेस्टिनी कैदीको बदलामा केही बन्धकहरूलाई रिहा गर्ने उल्लेख छ । दोस्रो चरणमा युद्धरत पक्षहरूबीच युद्धको स्थायी अन्त्य गर्दै जीवित बन्धकलाई रिहा गर्ने रहेको छ भने तेस्रोमा गाजा क्षेत्रको प्रमुख पुनर्निर्माण योजना र मृत बन्धकहरूको अवशेष फिर्ता गर्ने उल्लेख छ ।

यससंगै इजरायल र इरानबीच बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्वमा गाइडेड मिसाइल पनडुब्बी पठाएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले विमानवाहक यूएसएस अब्राहम लिंकनलाई पनि चाँडै त्यस क्षेत्रमा पुग्न भनेका छन् । यूएसएस अब्राहम लिंकन लडाकु विमान एफ–३५ ले सुसज्जित छ । वास्तवमा हमास र हिजबुल्लाहका केही ठूला नेता मारिएपछि इजरायल र इरानबीच तनाव बढेको छ ।

इरानले हमास नेता इस्माइल हानियाको हत्याको बदला लिने घोषणा गरेको थियो । हिजबुल्लाहले केही इजरायली सैन्य लक्ष्यहरूलाई निशाना बनाउन सक्ने बताइएको छ ।हानियाको मृत्युपछि बढेको तनावलाई मध्यनजर गर्दै अमेरिकाले मध्यपूर्वमा पनडुब्बी पठाउने निर्णय गरेको हो । अमेरिका यस्ता कुनै पनि आक्रमणबाट इजरायललाई बचाउन चाहन्छ । अमेरिकी रक्षामन्त्री अस्टिनले आफ्नो देशले आफ्ना सहयोगीहरूलाई जोगाउन हरसम्भव कदम चाल्ने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top