NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ? बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ? बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

मधेसका आठ राज्यमन्त्रीहरू बर्खास्त, आलोचनाले गर्‍यो काम !

मङ्लबार साउन २९ , २०८१
Reading Time: 1 min read
A A
मधेसका आठ राज्यमन्त्रीहरू बर्खास्त, आलोचनाले गर्‍यो काम !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ साउन, विराटनगर ।

‘जम्बो’ मन्त्रिपरिषद् गठन गरेपछि सर्बत्र आलोचनाको शिकार बनेका मधेसका शतिशकुमार सिंहले राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्। २० सदस्यीय मन्त्रीमण्डल विस्तार गरेर विवादमा तानिएका मुख्यमन्त्री सिंहले मंगलबार आठ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।जनमत पार्टीका नेता सिंह गत जेठ १५ गते मधेशको तेस्रो मुख्यमन्त्री बनेका थिए ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादीका गरी ५५ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका सिंहले सत्तासाझेदार सबै दलको प्रतिनिधित्व हुनेगरी आफ्नो ‘क्याबिनेट’ बनाएका थिए । गठबन्धनको दबाबमा सिंहले मधेशमा रहेका १२ वटा मन्त्रालयमा एक–एक जना मन्त्री राखेर आठ जना राज्यमन्त्री थपेका थिए ।

LS Auto

पटक–पटक मन्त्रीमण्डल विस्तार गर्दै सिंहले मधेशमा हालसम्मकै ठूलो आकारको ‘क्याबिनेट’ बनाएका थिए । मुख्यमन्त्री सिंहले साउन २३ गते एमालेका मो. जयद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, कांग्रेसकी रेखा ठाकुरलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री बनाएका थिए । यस्तै, लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

त्यसभन्दा अगाडि केशव रायलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, शारदादेवी थापालाई गृह, सञ्चार तथा कानुन राज्यमन्त्री र रञ्जुकुमारी मण्डललाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको थियो । जम्बो मन्त्रिपरिषद् गठन गरेसँगै सिंहको आफ्नै दल जनमत पार्टीसँग दूरी बढेको थियो। पछि जनमत पार्टीले समेत स्पष्टीकरण सोधेको थियो । चारैतिर आलोचना हुन थालेपछि १२ मन्त्रालयमा मन्त्री राखेर अरू राज्यमन्त्रीहरूलाई हटाउने निर्णय मुख्यमन्त्री सिंहले गरेका हुन् ।

मधेश प्रदेशसभा १०७ सदस्यीय रहेको छ । दोस्रो संसदीय निर्वाचनमा आएको जनमतअनुसार कुनै एक दलको मात्र बहुमत नपुग्ने हुँदा गठबन्धन गनुपर्ने बाध्यता संघदेखि प्रदेशसम्म छ । तर, भागबण्डा मिलाउनेबहानामामन्त्रालयको संख्या बढाएर मन्त्री–राज्यमन्त्री नियुक्त गर्नेगरिएको छ । धरासायी अर्थतन्त्रका बाबजुत पनि प्रदेश संरचनालाई भार पार्नेगरी मन्त्रीहरूको ‘लर्को’ बनाउने ध्याउन्नमा दलहरू लागिपरेका छन् ।

संघमा बनेको नयाँ सत्ता समीकरणअनुसार प्रदेशमा पनि फेरबदल आउँछ । सोहीअनुरूप कोशी प्रदेशमा पनि सत्तासाझेदार दलहरूमा परिवर्तन आएको छ । कोशीमा हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका सांसदहरूलाई पनि समेट्नुपर्ने भएपछि कोशीमा पनि मन्त्रालय टुक्र्याउने छनक आइसकेको छ ।९३ सदस्यीय कोशी प्रदेशसभाको दोस्रो कार्यकालमाकोशीमा छैटौंपटक मुख्यमन्त्री परिवर्तन हुँदा अधिकांश सांसदले मन्त्री पदको स्वाद चाखिसकेका छन् ।

कोशीका नौ मन्त्रालयमध्ये सत्ताबाट अलग भएको माओवादीले छोडेका चार मन्त्रालय मन्त्रीविहिन छन् ।मन्त्रालय र मन्त्रीहरूको लस्कर हेर्ने हो भने बागमती प्रदेशलाई हेर्दा हुन्छ । ११० प्रदेशसभा सदस्य रहेको बागमती कांग्रेसका नेता बहादुर सिंह लामाको नेतृत्वमा छ । बागमतीमा मुख्यमन्त्रीसहित १४ सदस्यीय क्याबिनेट रहेको छ । समग्रमा हेर्दा सातै प्रदेशध्ये ठूलो आकारको मन्त्रीमण्डल बागमतीमै रहेको छ ।

६० सदस्यीय प्रदेशसभा रहेको गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे छन् । पाण्डे नेतृत्वमा पाँच सदस्यीय मन्त्रीमण्डल छ । सातै प्रदेशमध्ये यो सानो आकारको ‘क्याबिनेट’ हो । सात मन्त्रालय रहेको गण्डकीमा दुई मन्त्रालय भने मुख्यमन्त्री पाण्डेकै मातहतमा छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेका चेतनाथ आर्चाय हुन् । लुम्बिनीमा मुख्यमन्त्रीसहित नौ सदस्य रहेको मन्त्रीमण्डल रहेको छ । लुम्बिनी प्रदेशसभामा ८७ प्रदेश सांसदको प्रतिनिधित्व छ ।

नेकपा एमालेका नेता यामलाल कँडेल गत चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यसबेला माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका कँडेलको ‘क्याबिनेट’ मा सात मन्त्री छन् । कर्णाली प्रदेशसभामा ४० जना माननीयहरू रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको ‘तालाचाबी’ नेपाली कांग्रेसका कमलबहादुर शाहसँग छ । सात प्रदेशमध्ये अलि स्थिर सरकारका रूपमारहेको सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल मुख्यमन्त्री शाहसहित १० सदस्यीय रहेको छ । सुदूरपश्चिम प्रदेशसभामा भने ५३ जना सदस्यहरूले प्रतिनिधित्व गर्दछन् ।

यसरी समग्रमा हेर्दा सात प्रदेशमा सात मुख्यमन्त्री एक राज्यमन्त्रीसहित ६४ जना मन्त्रीहरू रहेका छन् । राजनीतिक अस्थिरता कायमै रहनु र गठबन्धनमा रहेका दलहरुलाई खुशी पार्नुपर्ने बाध्यताले यसमा पनि फेरबदल हुने संभावना अझै यथावत रहेको छ ।

Tags: #‘कोशी’ प्रदेश#कर्णाली प्रदेश सरकार#गण्डकी प्रदेश#मधेश प्रदेश#लुम्बिनी प्रदेश#सुदूरपश्चिम प्रदेशसभाबागमती प्रदेश

लोकप्रीय

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

विचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?
ताजा समाचार

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा
आर्थिक

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.