बंगलादेशमा अस्वाभाविक रूपमा बढ्यो मूल्य वृद्धिदर, १३ वर्षयताकै उच्च मूल्यवृद्धि

२८ साउन ८१, मंगलबार

२९ साउन, विराटनगर । पछिल्लो केही समययता अशान्त बनेको बंगलादेशमा अस्वाभाविक रूपमा मूल्य वृद्धिदर बढेको छ ।

बंगलादेशको तथ्यांक विभाग (बिबिएस) का अनुसार बंगलादेशको मुद्रास्फिति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बंगलादेशमा १३ वर्षयताकै सबैभन्दा बढी वृद्धि दर हो ।

मुख्यतया खाद्यान्नको मूल्य वृद्धिका कारण मूल्य वृद्धिदर अस्वाभाविक रूपमा बढेको विभागको तथ्यांकले जनाएको छ । गत जुन महिनामा मूल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बिबिएसको तथ्यांकले देखाएको छ ।

Advertisement

बिबिएसका अनुसार खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो । यसैगरी जुन महिनामा पनि खाद्य मूल्यवृद्धि दर १०.४२ प्रतिशत थियो ।

गैर–खाद्य पदार्थको मूल्य वृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मूल्य वृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्य भन्दा धेरै हो ।

तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बंगलादेशको मूल्य वृद्धिदर ९.०२ प्रतिशत रहेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top