एएफसी च्यालेन्ज : हिलाम्मे मैदानमा पारोसँग पराजित भयो चर्च ब्वाइज

२९ साउन ८१, बुधबार

२९ साउन, विराटनगर । एएफसी च्यालेन्ज लिगअन्तर्गत नेपाली टोली चर्च ब्वाइज युनाइटेड भुटानको पारो एफसीसँग पराजित भएको छ ।

मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग २-१ गोलले पराजित भएको हो ।

खेलमा चर्च ब्वाइजलाई २-१ गोलले पराजित गर्दै पारो एफसी अघिल्लो चरणमा पुग्यो । निरन्तर झरीका कारण हिलाम्मे मैदानमा सुरुवाती अग्रता लिएपनि चर्च ब्वाइज स्तब्ध बन्यो ।

Advertisement

पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलमा पारोले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो । जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ । खेलमा सुरुवाती अग्रता चर्च ब्वाइजले लियो ।

३८औँ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै टोलीको उत्साह जगाएका थिए । तर, लगत्तै पारोका कर्मा क्षेत्रीमले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ६७औँ मिनेटमा विलियम ओपोकुले गोल गर्दै पारोलाई जिताए ।

जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा जित निकाल्न निकै हम्मे परेको थियो । यता नेपाली राष्ट्रिय टोलीका खेलाडीको साथ पाएको चर्च ब्वाइज दोस्रो हाफमा सम्हालिन नसक्दा हार खेप्न बाध्य बन्यो ।

जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा खेल जित्न हम्मे हम्मे परेको थियो ।नेपाली राष्ट्रिय टोलीका खेलाडीसमेत समावेश रहेको चर्च ब्वाइज दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित हुन पुग्यो ।

नेपालको चर्च ब्वाइज युनाइटेड क्लब शहीद स्मारक ए डिभिजन लिग विजेता हो भने पारो एएफसी भुटानको लिग विजेता हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top