हसिनाले पिताका लागि न्याय मागिन् ,राष्ट्रिय शोक मनाउन अपिल

३० साउन , विराटनगर ।

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतको शरणमा रहँदै आफ्ना पितालाई सम्झिएकी छन् । उनले भारतबाट एक अपिल जारी गर्दै आफ्ना बुबाको स्मृति दिवस मनाउनका लागि भोलि बिहीबार राजधानी ढाकामा उपस्थित हुन समर्थकलाई आग्रह गरेकी छिन् । हसिनाले अमेरिकामा रहेका आफ्ना छोरामार्फत विज्ञप्ति जारी गरी यो अपिल गरेकी हुन् ।

‘म तपाईँहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु’, उनले भनेकी छिन् । बंगलादेशको स्वतन्त्रताका नायक हसिनाका पिता मुजिबुर रहमान शेख सन् १९७५ अक्टोबार १५ का दिन सैन्य ‘कू’ मा मारिएका थिए । उनी बंगलादेशका राष्ट्रपिता मानिन्छन् ।

खासमा प्रधानमन्त्री पद त्याग्दै भारत भागेकी शेख हसिनाले यो पूरै घटनापछि पहिलोपटक औपचारिक प्रतिक्रिया दिएकी हुन् । छोरामार्फत उनले दिएको प्रतिक्रियामा हसिनाले देशमा दंगा गर्नेलाई कारबाही गर्न माग गर्दै आफ्ना पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिक तोडफोड गरिएको घटनामा न्याय पाउनुपर्ने माग गरेकी छन् ।

छोरा सजीवले गरेको पोस्टमा शेख हसिनाले १५ अगस्ट १९७५ मा कसरी बंगलादेशका तत्कालीन राष्ट्रपति मुजिबुर रहमान र उनको सम्पूर्ण परिवारको निर्ममतापूर्वक हत्या गरिएको थियो भन्ने कुरा उल्लेख गरेकी छन् । बुबालाई सम्झेपछि शेख हसिनाले देशको पछिल्लो अवस्थाबारे बोल्दै गत जुलाईदेखि अहिलेसम्म आन्दोलनका नाममा भएका हिंसा र आगजनीका कारण देशका कैयौँ निर्दोषले ज्यान गुमाउनु परेको उल्लेख गरेकी छन् ।

हसिनाले यस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै अगस्ट १५ लाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउन देशवासीलाई अपिल गरेकी हुन् । वास्तवमा बंगलादेशका मिडियामा नयाँ अन्तरिम सरकारले १५ अगस्टको राष्ट्रिय बिदा रद्द गर्न लागेको दाबी भइरहेको थियो । शेख हसिनाको यो भनाइ सोही परिप्रेक्ष्यमा आएको हो ।

बंगलादेशको पत्रिका ढाका ट्रिब्यूनले देशको जनप्रशासन मन्त्रालयका केही स्रोतलाई उद्धृत गर्दै राष्ट्रिय शोक दिवसका रूपमा मनाइने अगस्ट १५ को बिदा यसपटक रद्द हुन सक्ने जनाएको थियो । यस्तै डा. मोहम्मद युनुसको अध्यक्षतामा बसेको सल्लाहकार परिषद्को बैठकले पनि अगस्ट १५ तारिख अर्थात् भोलिको राष्ट्रिय शोकको सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।

बङ्गलादेशको सेनाको एक समूहले सन् १९७५ को अगस्ट १५ मा बङ्गलादेशका संस्थापक प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानसहित उनको परिवारका धेरै सदस्यको हत्या गरेको थियो । यसैको सम्झनामा यसअघि हरेक वर्ष अगस्ट १५ मा बङ्गलादेशमा सार्वजनिक बिदा दिने गरिएको थियो । जुन अब यो पटक देखि काटिने भएको हो । यसैबीच बंगलादेशको अन्तरिम सरकारका प्रमुख प्राध्यापक मोहम्मद युनुसले भने पूर्वप्रधानमन्त्री शेख हसीनालाई दानव भनेर सम्बोधन गरेका छन् ।

साथै उनले विद्यार्थी नेताहरूको खुलेरै प्रशंसा गरेका छन् । उनले विद्यार्थीको नेतृत्वमा महान् क्रान्ति भएको र त्यसले सत्ता नै बदलेको भन्दै खुसी प्रकट गरे । उनले शेख हसिनामाथि टिप्पणी गर्दै भने‚ ‘विद्यार्थीहरूकै साहस र बलिदानीले दानव (हसिना)ले देश छोडेर भाग्नुप¥यो।’ युनुसले प्रदर्शनका क्रममा ज्यान गुमाएका विद्यार्थीलाई श्रद्धाञ्जली दिएका छन् ।

साथै विद्यार्थी मारिएका घटनाको छानबिन गर्ने आश्वासन पनि दिए । यतिखेर बंगलादेशको जनजीवन सामान्य छैन् । युनुसको सरकारका सामु विभिन्न चुनौती छन् । उनले भने‚‘देशमा पूरै प्रणाली ध्वस्त भएको छ । नयाँ सरकार बनेको छ ‚ हामीले नयाँ शुरुआत गर्नेछौँ । नयाँ निर्णय लिँदा कसैले मन पराउँछन् भने कसैले पराउँदैनन् ।’ गत बिहीवार युनुसले अन्तरिम सरकारको प्रमुखको शपथ लिएका थिए ।

उनको सरकारमा १६ जना मन्त्री छन्। ती सबैलाई सल्लाहकार भनिन्छ । उक्त सरकारमा विद्यार्थी नेताहरू नाहिद इस्लाम र आसिफ महमुद पनि सहभागी छन् । सत्तापलट भएपछि सेना‚ राष्ट्रपति र बेगम खालिदा जियाको दल बीएनपीले सत्तामा जाने चासो देखाएका थिए । विद्यार्थी नेताहरूले युनुस बाहेक अरूको सरकार स्वीकार्य छैन भनेर प्रदर्शन नरोक्ने चेतावनी दिएका थिए । त्यसपछि सबै पक्ष युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न तयार भएका थिए ।

यसैबीच गत महिना प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बंगलादेशको एक अदालतले हसिना र उनको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान शुरु गरेको छ । निजी नागरिकका तर्फबाट मुद्दा ल्याएका वकिल मामुन मियाले भने, ‘शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।’

मियाका अनुसार महानगरीय अदालतले प्रहरीलाई ‘आरोपित व्यक्तिहरूविरुद्ध हत्याको मुद्दा’ स्वीकार गर्न आदेश दिएको थियो । यो बंगलादेशी कानूनअन्तर्गत फौजदारी अनुसन्धानमा पहिलो कदम थियो । हसिना सत्तामा रहँदा भएको विद्यार्थीको प्रदर्शनका क्रममा ४५० भन्दा बढी मानिस मारिएका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top