बेचेन झाले मानेनन् पोलिग्राफ गर्न, अदालतमा मुद्दा दर्ता

२९ साउन ८१, बुधबार

३० साउन ,काठमाण्डौ।

भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाविरुद्ध पूरक अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले झाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । दोस्रो चरणको अनुसन्धान घेरामा परेका अन्य प्रतिवादीहरु भने पक्राउ परेका छैनन् । झाविरुद्ध सरकारी वकिलले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर दाबीसहित मुद्दा दर्ता गरेको हो ।

जिल्ला अदालत काठमाडौंले बेचनको आज बयान गराउँदै छ । न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा सरकारी वकिलले झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने मागदाबी गरेको छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदाबी लिइएको हो ।

Advertisement

झालाई एकीकृत कसुरमा पनि थप सजाय हुनुपर्ने मागदाबी छ । यसैबीच नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका झाले आफ्नो पोलिग्राफ परीक्षण गर्न नमानेको खुलेको छ । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले अस्वीकार गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक अन्जु कँडेलले बेचनले ‘पोलिग्राफ परीक्षण गर्न नमानेको’ भन्ने ब्यहोराको प्रतिवेदन काठमाडौँ प्रहरीलाई दिएकी छन् । तर सार्वजनिक भएको अडियोका बारेमा भने आफ्नो स्वर परीक्षण गराउन उनी तयार भएका छन् । दुई करोडको चेक लिनको लागि भेट्दा उनले रामशरण केसीसँग मोबाइलमा कुरा गरेका थिए ।

त्यसबारे स्वर परीक्षण गर्न उनी सहमत भएका हुन् । स्वर परीक्षण गर्न अनुसन्धान अधिकृतहरूले पत्राचार गरेका छन् । बेचनले लिएको २ करोडको चेकको फोटोकपी अनुसन्धान अधिकृतहरूले मिसिलमा संलग्न गरेका छन् । झा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उनी असार १४ गते पक्राउ परेका थिए । हिरासतमा उनी श्रीमद भगवत् गीता पाठ गरेर बस्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

उनलाई अरू थुनुवासँगै राखिएको छ । मन्त्रिपरिषद्बाट निर्णय गराउँछु भनेर उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तर, बेचनले सो आरोप अस्वीकार गरेका छन् । बेचनको बयानबाट शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहको कनेक्सन खुल्छ भन्ने आकलन थियो । तर, उनले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेसँगै राजनीतिक कनेक्सन खुलेन ।

बयान लिएर प्रहरीले उनलाई थुनामा राखिरहेको छ । सङ्गठित अपराध मुद्दामा उनलाई ६० दिनसम्म हिरासतमा राख्न पाउने अधिकार प्रहरीसँग छ । शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेर धरौटीमा छुटेका रामशरणले केसीले उनलाई चेक दिएको बयानमा खुलाएका छन् । चेक दिनेबलामा भेट्दा रामशरण र झाको बिचमा भएको कुराकानीको अडियो प्रहरीले बरामद गरेको छ ।

तर, बेचनले रामशरणसँग भेटेको कुरा पनि अस्वीकार गरेका छन् । यस्तै प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झाले पर्साबाट नागरिकता लिएका छन् । तर, झाको साथमा भारतीय आधार कार्ड समेत भेटिएको छ । यसबारे सत्यतथ्य बुझ्न प्रहरीले भारतमा पत्राचार समेत गरिसकेको छ ।

झा पक्राउ परेपछि नै आफू नेतृत्वको सरकार ढलेको पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्षसहित पूर्व उपप्रधानमन्त्री रवि लामिछाने लगायतले आरोप लगाउँदै आएका छन् । शरणार्थी प्रकरणको निश्पक्ष छानविन गर्न नेपाली काग्रेसका महामन्त्री गगन थापाले पनि सरकार माथि दबाब बढाएका छन् । उनले हिजोको प्रतिनिधिसभाको बैठकमा मात्रै पनि भुटानी शरणार्थी प्रकरणमा सम्लग्न जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top