मुकुललाई रास्वपाको स्पष्टीकरण : तपाईंलाई पार्टीबाट किन नहटाउने ?

२९ साउन ८१, बुधबार

३० साउन, विराटनगर । पार्टीविरुद्ध नियोजित रूपमा सक्रिय बनेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।

केही समयअघि मात्र रास्वपाको महामन्त्री र प्रवक्ताबाट पदबाट मुक्त भएका ढकाललाई बुधबार पार्टीबाटै किन नहटाउने भन्दै स्पष्टीकरण सोधिएको हो ।

आज कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले ढकाललाई साधारण सदस्यबाट निष्कासन किन नगर्ने ? भनी २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

Advertisement

पत्रमा ढकाललाई आगामी २४ घन्टाभित्र स्पष्टीकरण पठाउन भनिएको छ । ढकाललाई स्पष्टीकरण सोधिएको पत्रमा लेखिएको छ, ‘पार्टीविरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्ने ?’

आफूमाथि गरिएको कारवाही मनासिब नलागेमा पार्टी पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी विभिन्न माध्यमहरूबाट पार्टी हितविपरीत गई विचार दिएको रास्वपाको ठहर छ ।

Advertisement

पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेकोलगायतका आरोप लगाउँदै ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको थियो ।

पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् ।

गत असार १९ बसेको केन्द्रीय समितिले उनलाई एक साताका लागि दुवै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top