टीआरसी पास गर्ने दिन प्रचण्डलाई शंकैशंका

२९ साउन ८१, बुधबार

३० साउन , काठमाण्डौ । 

प्रतिनिधिसभाको आजको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न आशंकाहरु व्यक्त गरेका छन् । यस्तै जनयुद्धलाई जनयुद्ध नभनी विभिन्न नाम दिइएकामा पनि उनले आपत्ति जनाएका छन् ।

बैठकमा प्रचण्डले संविधान सभामा गरेका सहमति केही नेताले विर्सन खोजेको भन्दै संविधानको प्रस्तावनामै ‘जनयुद्ध’ शब्द समेटिएको विषय स्मरण गराए । ‘अहिले पनि नेताहरु बोल्दा खेरी हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जाला जस्तो गर्नुहुन्छ ।

Advertisement

जबकी संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ,’ प्रचण्डले भने । जनयुद्ध कुनै लहड वा मनोगत चाहना नभएको पनि उनले प्रष्ट पार्दै यसको मूल चरित्र ध्वंसात्मक नभएकोसमेत बताए । यस्तै उनले दुईदलीय प्रतिस्पर्धातिर जान खोजेको त होइन भन्ने आशंका गरेका छन् ।

कांग्रेस र एमालेतिर संकेत गर्दै यस्तो आशंका गरेका हुन् । प्रतिनिधि सभामा सुरुमा बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बहुदलीय प्रतिस्पर्धाको पक्षमा रहेको बताएका थिए ।

Advertisement

‘तर केदेखि तर्सिएको के, केदेखि पनि झस्कन्छ भनेझैं उहाँले हुन्छ भनेको हुन्न बुझ्नुपर्ने, हुन्न भनेपछि हुन्छ बुझ्नुपर्ने भएकाले बडो आशंकाको स्थिति कायम छ’, प्रचण्डले भने, ‘आज उहाँले जे बोल्नुभएको छ, त्यो सही साबित होस् ।’ यस्तै प्रचण्डले ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई समाजमा अराजकता फैलाउने प्रवृत्ति देखिएको बताए।

यसको प्रतिवाद गर्न लोकतन्त्रमा विश्वास गर्नेहरु समझदारीमा आउनुपर्ने प्रचण्डले बताए । उनले अगाडि भने, संविधानको रक्षा, प्राप्त उपलब्धीको र रक्षा लोकतन्त्रको सुदृढीकरढणका लागि सबैसँग मिलेर जान तयार छु ।’

सरकारका पछिल्ला केही कदमले मुलुकमा सुशासनको गति रोकिने त होइन भन्ने शंका उत्पन्न भएको दाहालले बताए। पछिल्ला राजनीतिक घटनाक्रमले शंका उत्पन्न गरेको उनको भनाई छ । संविधान संशोधनका नाममा मुलुक पछाडि फर्किने त होइन भन्ने आशंका उत्पन्न भएको उनको भनाइ थियो ।

’संविधान संशोधनको नाममा या राजनीतिक स्थिरिताका नाममा फेरि केही सीमित वर्ग, क्षेत्र, भूगोल या समूहको स्वार्थमा शासन प्रणाली संचालन गर्ने त होइन ? अहिलेको आवश्यकता यी उपलब्धिलाई रक्षा गर्दै नेपाली समाजका सबै विभेद अन्त्य गर्ने हो तर कताकता पछिल्ला कतिपय राजनीतिक घटनाक्रमले यसमा शंका उत्पन्न हुने स्थिति बनेको छ,’ दाहालले भने, ’सुशासनको गति रोकिने त होइन भन्ने शंका उत्पन्न भएको छ ।

बहुदलीयको रूपमा दुई दलीय हुने त होइन भन्ने प्रश्न पनि उठेको छ ।’ प्रधानमन्त्री ओलीको अभिव्यक्ति र व्यवहार समान हुनुपर्ने दाहालको भनाइ थियो । त्यस्तै, नेपालको शान्ति प्रक्रियामा माओवादी इमानदार हुनाले शान्ति प्रक्रिया सम्पन्न हुने चरणमा पुगेको दाहालको भनाइ थियो ।

प्रचण्डले शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा सेना समायोजन र हतियार व्यवस्थापन निकै जटिल रहेको पनि सो क्रममा खुलाएका थिए । सेना समायोजन र हतियार व्यवस्थापनका लागि आफूले जोखिम उठाएको समेत जिकिर गरे।

‘सेना समायोजन, हतियार व्यवस्थापन निकै जटिल थियो,’ उनको भनाइ थियो, ‘यदि नेतृत्वले जोखिम नउठाएको भए, यदि नेतृत्व नेपाली जनताको नजरमा विश्वसनीय नभएको भए, हतियार व्यवस्थापन सम्भव हुने थिएन।’ प्रचण्डले हतियार व्यवस्थापन गरेकै कारणले आफ्नो पार्टी विभाजित भएको समेत दाबी गरे।

‘बिनाकुनै खुन खराब त्यो सफल गरियो,’ उनले भने, ‘एउटै मात्रै क्षति मेरो पार्टीले व्यहोर्नुप¥यो। मैले हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो। देश बँच्यो। शान्ति स्थापित भयो। त्यस कुरामा मलाई गर्व छ।’ नेपालको शान्ति प्रक्रिया मौलिक रहेको समेत प्रचण्डको भनाइ छ ।

मुलुकमा देखिने समस्या समाधान गर्नका लागि प्रमुख प्रतिपक्ष मिलेर जान तयार रहेको समेत दाहालको भनाइ थियो । उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले खेलेको भूमिकाको प्रसंशा गरेका थिए ।

यस्तै ‘प्रचण्ड’ ले टीआरसी विधेयकमा सहमतिपछि हजारौं सहिदहरूको सपना पूरा हुने विश्वास व्यक्त गरे । शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको उनले बताए । उनले अब परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको महान यात्रामा अघि बढ्ने बाटो पाएको जिकिर गरे ।

उनले भने, ‘हामी सबैको साझा प्रयासले नै हामी यो ठाउँमा आइपुगेका छौं । यो विधेयक पारित हुँदैगर्दा म कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि सम्झिन्छु । मैले ०६२ सालमा सात दलीय गठबन्धन र उहाँ मेरो साझेदारको रूपमा हुनुहुन्थ्यो ।’

उनले अस्पतालको अन्तिम भेटमा आफूपछि शान्ति प्रक्रियाको बाँकी काम आफ्नो काँधमा रहेको बताएको पनि स्मरण गरे । शान्ति प्रक्रियाको बाँकी काम टुंगिने बाटोमा रहेपनि कार्यान्वयनको चुनौती रहेको दाहालले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top