×

NEPAL TIMES UPDATES

Playing
५ दिन आक्र म ण बन्द, इरानको ढोकामा ५,००० अमेरिकी सैनिक तैनाथ || Nepal Times
Mar 23, 2026
Playing
इ रानमाथिको आ क्रमण ५ दिन रोक्न ट्रम्पको निर्देशन, वार्ता सकारात्मक|| Nepal Times
Mar 23, 2026
Playing
रविको मु*द्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा|| Nepal Times
Mar 23, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-09-2082 || Nepal Times
Mar 23, 2026
Playing
१५औं महाधिवेशन मिति तोक्न कांग्रेसले डाक्यो बैठक|| Nepal Times
Mar 23, 2026
Playing
यु द्ध कै बीच इरानको अत्यधिक कमाइ, खाडी देशहरू भने अप्ठ्यारोमा || Nepal Times
Mar 23, 2026
Playing
इरानले अमेरिकी एफ–१५ फाइटरलाई निशाना बनाएको हो ?|| Nepal Times
Mar 23, 2026
Playing
‘धागो’ बनेर एकता बुनेका रवि–बालेन बीच लुकेका जोखिमहरू || Nepal Times
Mar 23, 2026
Playing
माननीयहरुको तलबसहितको सुविधा कति हुन्छ ? बाटो खर्च र खाजापनि || Nepal Times
Mar 23, 2026
Playing
चुनाव सम्पन्न गर्न मौसमविदहरु पर्दा पछाडिको हिरो || Nepal Times
Mar 23, 2026

प्रचण्डले जनार्दनलाई अब कसरी डिल गर्छन् ?

३० श्रावण २०८१

३० साउन , काठमाण्डौ।

नेकपा माओवादी केन्द्र करिब एक दशकपछि सत्ता बाहिर पुगेको छ । पछिल्लो समय निरन्तर सरकारहरूको गठनमा निर्णायक रहेको तथा स्वयंले पनि सरकार संचालन गर्दै आएको यो दल अहिले संसदको सबैभन्दा ठूलो प्रतिपक्ष बनेको छ । तर सत्ताबाट प्रतिपक्षी बनेलगत्तै यो दल आन्तरिक विवादमा घेरिएको छ ।

Advertisement

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वबारे समीक्षा सुरू भएपछि माओवादी भित्र र बाहिर पनि यसलाई लिएर अनेकखाले टिकाटिप्पणी चलिरहेका छन् । विशेष गरी उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा पेस गरेको १२ पृष्ठको प्रस्तावले सो पार्टीमा तरंग पैदा गरेको छ ।

आफ्ना प्रस्ताव सम्बोधन गराउन शर्मा डटेर लाग्ने तयारीमा छन् । जसमा प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरिएको छ । यसले प्रचण्ड पार्टीभन्दा बाहिरको राजनीतिक वृत्त मात्र होइन, पार्टीभित्रै पनि घेराबन्दीमा परेका छन् । उनी राजनीतिक रूपमा यतिधेरै कमजोर अवस्थामा संभवत पहिलोपटक पुग्दै छन् ।

पार्टीका हरेक मोर्चा र नेताले प्रश्न उठाउन थालेका छन् । माओवादी केन्द्रको स्थायी कमिटीमा हरेक नेताले प्रचण्डमाथि प्रश्न उठाएका छन् । ती प्रश्नको जवाफ प्रचण्डले दिन सकिरहेका छैनन् । उनका कर्ममाथि मात्रै नभएर अब त नेतृत्व क्षमतामाथि नै प्रश्न उठाएका छन् ।

पार्टीभित्र नै विकल्प खोजिन थालेको अवस्था र बाह्य राजनीतिक प्रभाव पनि कमजोर भएका कारण प्रचण्ड बलियो बन्ने खेलमा छन् । त्यही खेलका क्रममा बाम एकताको चर्चा बढेको छ । तर तत्कालै यसले पनि प्रचण्डलाई राहत भने दिइहाल्ने देखिदैन ।

किनभने जनार्दन शर्माले तत्काल विशेष महाधिवेशनको मिति तोक्नुपर्ने,नेतृत्व हस्तान्तरणको आधार बनाउनुपर्ने लगायतका माग राख्दै साउन २६ गते स्थायी समिति बैठकमा लिखित प्रस्ताव राखेका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाएका छन् ।

यता आफ्ना आन्तरिक र व्यक्तिगत विषय बाहिर सार्वजनिक गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने असन्तुष्ट बनेका छन् । उनको प्रस्तावले अध्यक्ष प्रचण्ड स्तब्ध बनेको माओवादीका नेताहरुले बताएका छन् । शर्मालाई प्रयोग गरेर पार्टीमा बाहिरी शक्तिले खेल्न खोजेको प्रचण्डले आशंका गरेका छन् ।

यसैलाई लक्षित गर्दै उनले बंगलादेशमा हसिनालाई जस्तै आफूलाई पनि समुन्द्र पारीको देशले सत्ताबाट हटाएको समेत उनले पार्टीमा व्रिफिङ गरेका छन् । यद्यपि जनार्दनको प्रस्ताव आएपछि प्रचण्डले छलफल गरेरै समस्या समाधान गर्ने पनि बताइरहेका छन् ।

नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव नै आयो, यसमा के छ धारणा भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले ‘केही हुँदैन सबै मिलेर जान्छ । तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन।’ भन्ने जबाफ दिएका छन् । यता साउन २९ गते स्थायी समितिको बैठक सकिएलगत्तै शर्माले आफू निकटका नेतासँग छलफल गरिसकेका छन् ।

प्रचण्डबाट आफ्ना माग सम्बोधन हुने सम्भावना कमजोर देखेपछि उपमहासचिव शर्मा पार्टीभित्र खरो रूपमा प्रस्तुत हुन थालेको बुझिन्छ । प्रचण्डले पार्टी छोड्न बाध्य पार्नेसम्मका हर्कत गर्नसक्ने भएकोले दह्रोसँग उभिन शर्मा तयार भएर बसेको पनि उनी निकटले बताएका छन् ।

पार्टीको पदाधिकारी, स्थायी समितिका धेरैजसो नेताहरू प्रचण्डको अगाडि बोल्न नसकेको शर्माको विश्लेषण छ । तर, प्रचण्ड उपमहासचिव शर्माविरुद्ध तत्काल केही निर्णय गरिहाल्ने योजनामा नरहेको उनीनिकट नेताहरू बताउँछन् । भोली बिहीबार प्रचण्डले पदाधिकारी र स्थायी समिति सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदैछन् ।

त्यसमै धेरैको माग सम्बोधन हुने उपाध्यक्ष समेत रहेका पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए । माओवादीको साउन २५ देखि २९ सम्म बसेको स्थायी समिति बैठकमा ४२ जनाले धारणा राखेका छन् । जसमा धेरैजसोले अध्यक्ष प्रचण्डको कार्यशैलीको विरोध गरेका छन् ।

उनीहरूले पार्टीलाई रूपान्तरण गर्नुपर्ने, जनतामा जानुपर्ने कुरा उठाएका छन् । यद्यपि, कतिपयले आन्तरिक एकतामा जोड दिएका छन् । शर्माले लिखित प्रस्ताव राखेपछि बोलेका केही नेताहरूले पनि लिखित नै सुझाव पेस गरेका छन् ।

शर्माले प्रचण्डका व्यक्तिगत कुरा समेत सार्वजनिक गर्दै पार्टी कमजोर र समस्याग्रस्त हुनुमा उनैलाई जिम्मेवार ठह¥याएका छन् । त्यसमाथि शर्माले पहिलोपटक पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

“अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,” शर्माको नेतृत्व हस्तान्तरणको प्रस्तावमा भनिएको छ ।

उनले प्रचण्डलाई पार्टीको संरक्षकको भूमिकामा रहेर तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने विकल्प पुस्तान्तरणको अवधारणामा अघि सारेका छन् । तेस्रो विकल्पमा उनले हालको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने र महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न सकिने प्रस्ताव गरेका छन् ।

जनार्दनको नेतृत्व हस्तान्तरणको प्रस्तावमा अर्का उपमहासचिव वर्षमान पुनले पनि समर्थन जनाएको पार्टी नेताहरूले बताएका छन् । राजनीतिका जानकारहरु यो दलमा नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्तावबारे बहस पार्टीका औपचारिक बैठकहरूमा यसअघि नदेखिएको बताउँछन् ।

तर उनीहरु भन्छन्, “अहिलेको अवस्थामा प्रचण्डको पार्टी नेतृत्वबाट अवकाश उनको स्वैच्छिक अवकाशबाट मात्रै सम्भव देखिन्छ । पार्टीमा लडेर नेतृत्व लिन्छु भन्ने नेता अझैसम्म देखिएका छैनन्।”

चुनौती दिन सक्ने ठानिएका धेरैजसो माओवादी नेताहरू जनयुद्धमै आन्तरिक कारबाहीमा परेपछि उनीहरू पछि परेको कतिपयको बुझाइ छ । यसअघि विसं २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा माओवादी नेतृत्वको दाबी अघि सारेका बाबुराम भट्टराई पार्टीबाटै अलग भए ।

पार्टीमा उपाध्यक्ष रहेका भट्टराईले पार्टीभित्र आन्तरिक लोकतन्त्र हुनुपर्ने आवाज उठाउँदै आएका भट्टराईले एउटै व्यक्तिले वर्षौँसम्म पार्टीको नेतृत्व गर्ने परम्परा अन्त्य गरिनुपर्ने विचार अघि सारेका थिए । दश वर्षे भूमिगत राजनीतिबाट शान्ति प्रक्रियामा आएको माओवादीमा प्रचण्डसँग वैचारिक मतभिन्नता राख्ने अधिकांश नेताहरू अलग भइसकेका छन् ।

दाहालका अर्का सहयात्री मोहन वैद्यले पार्टीमा लामो अन्तर्विरोधपछि एक दशकअघि अलग पार्टी गठन गरे। वैद्यसँगै बाहिरिएका माओवादीका तत्कालीन महासचिव रामबहादुर थापा पुनः प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए पनि उनी अहिले माओवादी छोडेर एमालेमा आबद्ध भएका छन् । माओवादीले गरेको युद्धका बेला प्रचण्डसँग निकट भए पनि शान्ति प्रक्रियामा आएपछि असहमति राख्दै आएका अर्का नेता नेत्रविक्रम चन्द अहिले छुट्टै पार्टीको प्रमुख छन् ।

चन्द फेरि माओवादीमा फर्कने चर्चाबीच पार्टीमा नेतृत्व हस्तान्तरणबारे बहस सुरु भएको हो। कतिपयले चन्दलाई पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी दिएर भित्र्याउने माओवादी अध्यक्ष प्रचण्डले योजना रोक्न पनि उनको पुस्ताबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने बहस स्थायी समितिमा आएको हुनसक्ने आकलन गरेका छन् ।

यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top