NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

प्रचण्डले जनार्दनलाई अब कसरी डिल गर्छन् ?

बुधबार साउन ३० , २०८१
Reading Time: 1 min read
A A
प्रचण्डले जनार्दनलाई अब कसरी डिल गर्छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३० साउन , काठमाण्डौ।

नेकपा माओवादी केन्द्र करिब एक दशकपछि सत्ता बाहिर पुगेको छ । पछिल्लो समय निरन्तर सरकारहरूको गठनमा निर्णायक रहेको तथा स्वयंले पनि सरकार संचालन गर्दै आएको यो दल अहिले संसदको सबैभन्दा ठूलो प्रतिपक्ष बनेको छ । तर सत्ताबाट प्रतिपक्षी बनेलगत्तै यो दल आन्तरिक विवादमा घेरिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वबारे समीक्षा सुरू भएपछि माओवादी भित्र र बाहिर पनि यसलाई लिएर अनेकखाले टिकाटिप्पणी चलिरहेका छन् । विशेष गरी उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा पेस गरेको १२ पृष्ठको प्रस्तावले सो पार्टीमा तरंग पैदा गरेको छ ।

आफ्ना प्रस्ताव सम्बोधन गराउन शर्मा डटेर लाग्ने तयारीमा छन् । जसमा प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरिएको छ । यसले प्रचण्ड पार्टीभन्दा बाहिरको राजनीतिक वृत्त मात्र होइन, पार्टीभित्रै पनि घेराबन्दीमा परेका छन् । उनी राजनीतिक रूपमा यतिधेरै कमजोर अवस्थामा संभवत पहिलोपटक पुग्दै छन् ।

पार्टीका हरेक मोर्चा र नेताले प्रश्न उठाउन थालेका छन् । माओवादी केन्द्रको स्थायी कमिटीमा हरेक नेताले प्रचण्डमाथि प्रश्न उठाएका छन् । ती प्रश्नको जवाफ प्रचण्डले दिन सकिरहेका छैनन् । उनका कर्ममाथि मात्रै नभएर अब त नेतृत्व क्षमतामाथि नै प्रश्न उठाएका छन् ।

पार्टीभित्र नै विकल्प खोजिन थालेको अवस्था र बाह्य राजनीतिक प्रभाव पनि कमजोर भएका कारण प्रचण्ड बलियो बन्ने खेलमा छन् । त्यही खेलका क्रममा बाम एकताको चर्चा बढेको छ । तर तत्कालै यसले पनि प्रचण्डलाई राहत भने दिइहाल्ने देखिदैन ।

किनभने जनार्दन शर्माले तत्काल विशेष महाधिवेशनको मिति तोक्नुपर्ने,नेतृत्व हस्तान्तरणको आधार बनाउनुपर्ने लगायतका माग राख्दै साउन २६ गते स्थायी समिति बैठकमा लिखित प्रस्ताव राखेका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाएका छन् ।

यता आफ्ना आन्तरिक र व्यक्तिगत विषय बाहिर सार्वजनिक गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने असन्तुष्ट बनेका छन् । उनको प्रस्तावले अध्यक्ष प्रचण्ड स्तब्ध बनेको माओवादीका नेताहरुले बताएका छन् । शर्मालाई प्रयोग गरेर पार्टीमा बाहिरी शक्तिले खेल्न खोजेको प्रचण्डले आशंका गरेका छन् ।

यसैलाई लक्षित गर्दै उनले बंगलादेशमा हसिनालाई जस्तै आफूलाई पनि समुन्द्र पारीको देशले सत्ताबाट हटाएको समेत उनले पार्टीमा व्रिफिङ गरेका छन् । यद्यपि जनार्दनको प्रस्ताव आएपछि प्रचण्डले छलफल गरेरै समस्या समाधान गर्ने पनि बताइरहेका छन् ।

नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव नै आयो, यसमा के छ धारणा भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले ‘केही हुँदैन सबै मिलेर जान्छ । तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन।’ भन्ने जबाफ दिएका छन् । यता साउन २९ गते स्थायी समितिको बैठक सकिएलगत्तै शर्माले आफू निकटका नेतासँग छलफल गरिसकेका छन् ।

प्रचण्डबाट आफ्ना माग सम्बोधन हुने सम्भावना कमजोर देखेपछि उपमहासचिव शर्मा पार्टीभित्र खरो रूपमा प्रस्तुत हुन थालेको बुझिन्छ । प्रचण्डले पार्टी छोड्न बाध्य पार्नेसम्मका हर्कत गर्नसक्ने भएकोले दह्रोसँग उभिन शर्मा तयार भएर बसेको पनि उनी निकटले बताएका छन् ।

पार्टीको पदाधिकारी, स्थायी समितिका धेरैजसो नेताहरू प्रचण्डको अगाडि बोल्न नसकेको शर्माको विश्लेषण छ । तर, प्रचण्ड उपमहासचिव शर्माविरुद्ध तत्काल केही निर्णय गरिहाल्ने योजनामा नरहेको उनीनिकट नेताहरू बताउँछन् । भोली बिहीबार प्रचण्डले पदाधिकारी र स्थायी समिति सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदैछन् ।

त्यसमै धेरैको माग सम्बोधन हुने उपाध्यक्ष समेत रहेका पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए । माओवादीको साउन २५ देखि २९ सम्म बसेको स्थायी समिति बैठकमा ४२ जनाले धारणा राखेका छन् । जसमा धेरैजसोले अध्यक्ष प्रचण्डको कार्यशैलीको विरोध गरेका छन् ।

उनीहरूले पार्टीलाई रूपान्तरण गर्नुपर्ने, जनतामा जानुपर्ने कुरा उठाएका छन् । यद्यपि, कतिपयले आन्तरिक एकतामा जोड दिएका छन् । शर्माले लिखित प्रस्ताव राखेपछि बोलेका केही नेताहरूले पनि लिखित नै सुझाव पेस गरेका छन् ।

शर्माले प्रचण्डका व्यक्तिगत कुरा समेत सार्वजनिक गर्दै पार्टी कमजोर र समस्याग्रस्त हुनुमा उनैलाई जिम्मेवार ठह¥याएका छन् । त्यसमाथि शर्माले पहिलोपटक पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

“अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,” शर्माको नेतृत्व हस्तान्तरणको प्रस्तावमा भनिएको छ ।

उनले प्रचण्डलाई पार्टीको संरक्षकको भूमिकामा रहेर तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने विकल्प पुस्तान्तरणको अवधारणामा अघि सारेका छन् । तेस्रो विकल्पमा उनले हालको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने र महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न सकिने प्रस्ताव गरेका छन् ।

जनार्दनको नेतृत्व हस्तान्तरणको प्रस्तावमा अर्का उपमहासचिव वर्षमान पुनले पनि समर्थन जनाएको पार्टी नेताहरूले बताएका छन् । राजनीतिका जानकारहरु यो दलमा नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्तावबारे बहस पार्टीका औपचारिक बैठकहरूमा यसअघि नदेखिएको बताउँछन् ।

तर उनीहरु भन्छन्, “अहिलेको अवस्थामा प्रचण्डको पार्टी नेतृत्वबाट अवकाश उनको स्वैच्छिक अवकाशबाट मात्रै सम्भव देखिन्छ । पार्टीमा लडेर नेतृत्व लिन्छु भन्ने नेता अझैसम्म देखिएका छैनन्।”

चुनौती दिन सक्ने ठानिएका धेरैजसो माओवादी नेताहरू जनयुद्धमै आन्तरिक कारबाहीमा परेपछि उनीहरू पछि परेको कतिपयको बुझाइ छ । यसअघि विसं २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा माओवादी नेतृत्वको दाबी अघि सारेका बाबुराम भट्टराई पार्टीबाटै अलग भए ।

पार्टीमा उपाध्यक्ष रहेका भट्टराईले पार्टीभित्र आन्तरिक लोकतन्त्र हुनुपर्ने आवाज उठाउँदै आएका भट्टराईले एउटै व्यक्तिले वर्षौँसम्म पार्टीको नेतृत्व गर्ने परम्परा अन्त्य गरिनुपर्ने विचार अघि सारेका थिए । दश वर्षे भूमिगत राजनीतिबाट शान्ति प्रक्रियामा आएको माओवादीमा प्रचण्डसँग वैचारिक मतभिन्नता राख्ने अधिकांश नेताहरू अलग भइसकेका छन् ।

दाहालका अर्का सहयात्री मोहन वैद्यले पार्टीमा लामो अन्तर्विरोधपछि एक दशकअघि अलग पार्टी गठन गरे। वैद्यसँगै बाहिरिएका माओवादीका तत्कालीन महासचिव रामबहादुर थापा पुनः प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए पनि उनी अहिले माओवादी छोडेर एमालेमा आबद्ध भएका छन् । माओवादीले गरेको युद्धका बेला प्रचण्डसँग निकट भए पनि शान्ति प्रक्रियामा आएपछि असहमति राख्दै आएका अर्का नेता नेत्रविक्रम चन्द अहिले छुट्टै पार्टीको प्रमुख छन् ।

चन्द फेरि माओवादीमा फर्कने चर्चाबीच पार्टीमा नेतृत्व हस्तान्तरणबारे बहस सुरु भएको हो। कतिपयले चन्दलाई पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी दिएर भित्र्याउने माओवादी अध्यक्ष प्रचण्डले योजना रोक्न पनि उनको पुस्ताबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने बहस स्थायी समितिमा आएको हुनसक्ने आकलन गरेका छन् ।

यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#माओवादी#माओवादीका अध्यक्ष

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.