माओवादी स्थायी समिति बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने

३० साउन ८१, बिहीबार

३१ साउन, विराटनगर ।

Advertisement

गत शुक्रबारदेखि जारी नेकपा माओवादी केन्द्रको स्थायी समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने भएका छन् ।

समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा प्रचण्डले जवाफ दिने भएका हुन् ।

Advertisement

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रचण्डले जवाफ दिने तय भएको छ । शुक्रबारदेखि बसेको बैठकमा नेताहरूले आ-आफ्नो धारणा राखिसकेका छन् भने आज त्यसबारे प्रचण्डले जवाफ दिने भएका हुन् ।

यसअघि बोल्ने अधिकांश नेताहरूले पार्टीको नीति र नेतृत्वको खुलेर आलोचना गरेका थिए । नेतृत्वको विकल्प खोज्नुपर्नेमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले खुलेरै जोड दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top