सय ग्राम तौल घटाउन नसक्दा पदकबाट बञ्चित भइन् फोगाट

३० साउन ८१, बिहीबार

३१ साउन  ,एजेन्सी ।

हालै सम्पन्न पेरिस ओलम्पिकमा भारतीय पहलवान (रेस्लर) विनेश फोगाटले कास्य पदक जित्ने झिनो संभावना पनि सकिएको छ। कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्स (सिएएस) ले फोगाटको अपिल खारेज गरेसँगै उनले कास्य पदक नपाउने भएकी हुन् । १०० ग्राम तौल बढी भएको भन्दै फोगाटलाई फाइनल खेलअघि नै अयोग्य घोषित् गरिएको थियो ।

त्यसपछि उनले ७ अगस्टमा विश्व खेलकुदको मध्यस्थता अदालतमा युनाइटेड वर्ल्ड रेस्लिङ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीविरुद्ध याचिका दर्ता गरेकी थिइन् । कम्तिमा कास्यपदक भए पनि पाउनुपर्ने मागसहित फोगाटले अपिल दायर गरेकी थिइन् । उनको मुद्धाको सुनवाई १६ अगस्टमा फैसला हुने भनिएको थियो । तर, त्यसअगावै उनको अपिल अगस्ट १४ मा नै खारेज भएको हो ।

मुद्धा जितेर १७ अगस्टमा कास्य पदक लिँदै भारत फर्किने योजना बनाएकी फोगाटले खाली हात फर्किनुपर्ने भएको छ । योसँगै पेरिस ओलम्पिकमा भारत एक कास्य र पाँच रजत गरी ६ पदकमा खुम्चिएको छ । सन् २००१ देखि कुस्ती खेल्न थालेकी फोगाटले पेरिस ओलम्पिकको फाइनल खेल खेल्न नपाएको झोँकमा खेलबाट सन्यासको घोषणा पनि गरिन् ।

विनेशले एक्समा आफ्नी आमालाई सम्बोधन गर्दै लेखेकी छन्, ‘आमा, कुश्तीले मलाई जित्यो, म हारेँ । माफ गर्नुहोस् । तपाईँको सपना र मेरो हिम्मत सबै टुटेको छ । मसँग अहिले योभन्दा बल केही छैन । अलविदा कुस्ती २००१–२०२४ । म सधैं तिम्रो ऋणी रहनेछु । माफ गर्नुहोस् ।’

विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । आफ्नो विधाको पहिलो खेलमा उनले ओलम्पिक स्वर्ण पदक विजेता तथा विश्व च्याम्पियन जापानकी युई सुसाकीलाई ३–२ ले पराजित गरेकी थिइन्। दोस्रो खेलमा युक्रेनकी लिभाक ओक्सानालाई ७–५ ले पराजित गरेकी फोगाटले सेमिफाइनलमा क्युबाकी पहलवान गुजमान लोपेजलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।

फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरेको थियो । त्यसलगत्तै आफ्नो तौल तोकिएअनुरूप बनाउन दिन–रात मेहनत गरेकी फोगाटले रगत पनि तानेकी थिइन् । आफ्नो अतिरिक्त तौल घटाउने प्रयासमा रातभर जागै बसिन्, साइकल चलाइन्, स्किपिङ गरिन्, आफ्नो कपाल र नङसमेत काटिन् ।

तर पनि तौल नघटेपछि उनी विश्वविजेता बन्नबाट बञ्चित त भइन् नै कास्य पदक पनि गुमाउनुपर्ने अवस्थामा पुगिन् । पाँच पटक विश्व च्याम्पियनसिप खेलेकी उनले चार पटक फाइनलमा स्थान बनाएकी थिइन् । विनेश फोगाट अरू कोही नभएर आमिर खान अभिनित फिल्म ‘दंगल’ वास्तविक पात्र महावीरसिंह फोगाटका भाइ राजपाल फोगाटकी छोरी हुन् । महावीरसिंह फोगाट अर्जुन अवार्ड विजेता बबिता फोगाट र गीता फोगाटका बुबा हुन् । फोगाट परिवारका अधिकांश रेस्लर रहेका छन् ।a

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top