३१ साउन, विराटनगर ।
खोटाङमा विद्यालय जाँदै गरेकी शिक्षिकाको बिहीबार बिहान पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी सावित्रादेवी नेवार रहेकी छन् ।
विश्वज्योति मावि लामिडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो । विद्यालय पुग्न करिब डेढ सय मिटर बाँकी हुँदा उनलाई पहिरोले पुरेको हो ।
विद्यालय नजिकै वडा कार्यालय छ । वडा कार्यालय भन्दा करिब १०० मिटरनजिक उनलाई पहिरोले पुरेको हो । पहिरोले पुरिएकी शिक्षिका नेवारको शव स्थानीय बासिन्दा र प्रहरीले करिव डेढ घण्टा लगाएर निकालेको थियो ।