NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक बुधबार मंसिर १० , २०८२
भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ? बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण बुधबार मंसिर १० , २०८२
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
Next
Prev

समाचार

भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने कि नराख्नेः के भन्छन् प्रचण्ड, गगन ?

बिहिबार साउन ३१ , २०८१
Reading Time: 1 min read
A A
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस महामन्त्री थापाबीच बालुवाटारमा भेटवार्ता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३१ साउन, काठमाण्डौ ।

कुनैपनि काल खण्डमा भएका भ्रष्टाचारका फाइलहरु खोल्ने विषय राजनीति एजेण्डा बनिरहेका बेला अहिले भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने बहस भइरहेको छ।

केही राजनीतिक दलका नेताहरुले हदम्याद राख्न नहुने बताइरहेका छन् भने केही नेताहरुले घुमाउरो पारामा हदम्याद राख्नु पर्ने दलील राखिरहेका छन् । यो विधेयकबारेमा आज राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको छ ।

छलफलमा भाग लिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धी बनेको ऐन समय अनुकूल बनाउनुपर्ने बताएका छन् । उनले ऐन बनाउँदाको स्थिति र अहिले संशोधनको प्रस्ताव पेश गर्दाको स्थिति राजनीतिक र विज्ञान प्रविधिको विकासका हिसाबले धेरै फरक भएको भन्दै बद्लिदो अवस्था अनुसार ऐनको संशोधन आवश्यक रहेको बताए ।

उनले भने, ‘२०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले संशोधनको प्रस्ताव पेश गर्दाको स्थितिसम्म आइपुग्दा राजनीतिक परिस्थितिमा फेरबदल आएको छ । एउटा शासन प्रणालीदेखि अर्को शासन प्रणाली आइपुगेका छौं। अहिले संघीय लोकतान्त्रिक गणतन्त्र अनुसार पनि संशोधन आवश्यक छ।’

उनले २०५९ देखि वा विधेयक संशोधनका लागि २०७६ सालमा पेश गर्दाको समयदेखि अहिले २०८१ सम्म सूचना प्रविधिमा भएको विकास अनुसार भ्रष्टाचार निर्मुलन गर्नका लागि उक्त ऐनमा शंसोधन आवश्यक रहेको बताए । विज्ञान प्रविधिमा भएको नयाँ विकास अनुसार पनि उक्त ऐनमा संशोधन आवश्यक रहेको पनि उनको भनाई छ ।

उनले भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारे पनि व्यापक छलफलको आवश्यकता रहेको बताए । उनले भने, ‘आयोगले मुद्दा दर्ता गराउनेबित्तिकै निलम्बन हुने स्थिति ठीक छ कि छैन? अदालतले अन्तिम फैसला नगरेसम्म निलम्बन हुने व्यवस्था गर्ने कि नगर्ने? के गर्दा उपयुक्त हुन्छ, सम्भव भएसम्म अन्य विज्ञसँग पनि राय सुझाव लिएर ऐनलाई परिमार्जित गर्नुपर्छ। विगतमा देखिएका समस्याहरूलाई व्यवस्थित गर्नेगरी गरियोस्।’

हदम्याद कति समय राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने पनि उनको भनाई छ । उनले निलम्बन पश्चात् बीचको समय र अन्तिम फैसला दिँदासम्म अदालतले निर्दोष भनेको अवस्थामा क्षतिपूर्ति के हुने भन्ने विषयमा पर्याप्त छलफल आवश्यक रहेको पनि बताए ।

यता काङ्ग्रेसका महामन्त्री गगन थापाले भने भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका छन् । ‘हदम्यादबारे आवश्यक परे पछाडि छलफल गर्दै जाउँला । अहिले हदम्याद राखेर जान हुदैन’, महामन्त्री थापाले भने ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा हदम्याद नलाग्ने तर बिगो नरहेकोमा ५ बर्षभित्र अनुसन्धान सक्नुपर्ने भएर हदम्यादको प्रस्ताव आएको आफ्नो बुझाइ रहेको महामन्त्री थापाले बताए । तर कुनैमा हदम्याद हुने कुनैमा नहुने जस्तो व्यवस्था नमिल्दो समेत रहेको उनले बताए ।

जे जस्तो भए पनि तत्काल हदसम्म राख्न नसकिने महामन्त्री थापाले बताए । काङ्ग्रेसकै सांसद हृदयराम थानीले प्रष्ट रुपमा भ्रष्टाचार गर्ने जहिलेसुकै कारबाहीमा पर्न सक्ने व्यवस्थाकै निरन्तरता हुनुपर्ने बताए ।

‘एकातिर २०४६ सालयताको भ्रष्टाचारको अनुसन्धान गर्नुपर्ने आवाज छ ।अर्कोतिर ५ बर्षको हदम्याद आएको छ । आएको पास भए त २०७६ अगाडिका भ्रष्टाचारमा अनुसन्धान नहुन सक्छ’, उनले भने ।

यस्तै नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले अख्तियार दुरूपयोग अनुसन्धान आयोग आफैमा उत्कृष्ट अनुसन्धान गर्ने संस्था बन्नुपर्ने बताएका छन्। अख्तियारमा जाने कर्मचारीहरू छोटो समयका लागि रहने र कर्मचारीले काम जानिसकेपछि भने त्यहाँबाट सरूवा हुने परिपाटी रहेको पनि उनले बताए ।

यो संस्थामा जो कर्मचारी पुग्नुहुन्छ उहाँले राष्ट्रलाई महत्वपूर्ण योगदान दिन सक्ने संस्था बन्नुपर्छ।’ त्यसैगरी कुनै पनि कर्मचारीले आफ्नो जिम्मेवारी ६ महिनामा पूरा नगर्नेलाई पनि जरिवाना तिराउने व्यवस्था गर्नुपर्ने उनले बताए ।

उनले यो ऐनलाई २० वर्षसम्म पनि संशोधन गर्न नपर्ने गरी संशोधन गरौं भनेर प्रस्ताव राखेका थिए । यसैबीच भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि १० बुँदे सुझाव दिएको छ ।

बैठकमा अख्तियार प्रमुख प्रेमकुमार राईले १० बुँदे लिखित सुझाव दिएका हुन् । सुझावमा राष्ट्र सेवकले विदेशमा घर जग्गा, व्यापार व्यवसाय, धितोपत्रमा लगानी गरेमा बैंक खाता खोलेमा वा अन्य क्षेत्रमा लगानी गरेमा वा हिस्सेदार भएमा सजाय हुनुपर्ने प्रस्ताव अख्तियारको छ । राईले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्नेबारे संसद्ले निर्णय गर्नुपर्ने बताएका छन् ।

‘अनुसन्धानमा ५ वर्षपछि हदम्याद लाग्ने भनेर आएको छ । बिगो नलाग्नेमा यस्तो व्यवस्था प्रस्तावित छ ।तर सरकारी सम्पत्तिको हानी नोक्सानीमा हदम्याद लाग्दैन’, राईले बैठकमा भने, ‘यो विषयमा धेरै विद्वानहरूले राय व्यक्त गर्नुभएको छ । यसकारण सांसदले नै यो विषयमा उचित निचोड निकाल्नु उपयुक्त हुन्छ ।’

Tags: #भ्रष्टाचार मुद्दा

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै
ताजा समाचार

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण
ताजा समाचार

धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.