×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

अल टाइम हाईको बाटोमा नेप्से, तीन हजारमाथि उक्लियो

३१ श्रावण २०८१

३१ साउन,  काठमाण्डौ ।

सेयर बजारमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक १.४५ प्रतिशत अर्थात ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । आज दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेर ५३५.५१ विन्दुमा पुगेको छ ।

Advertisement
Advertisement

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार हालसम्मकै उच्च हो । यसअघि गत साउन २८ गते हालसम्मकै उच्च कारोबार भएको थियो ।

त्यसदिन २७ अर्ब २४ करोड बढीको कारोबार भएको थियो । परिसूचक पनि ३ वर्षपछि ३ हजार विन्दुमाथि पुगेको छ । यसअघि २०२१ को अगस्टमा नेप्से परिसूचक ३ हजार विन्दुमाथि पुगेको थियो ।

आजको बजारबारे बजार जानकारहरु भन्छन्, ‘यतिबेला अन्य क्षेत्रको पैसा पनि सेयर बजारमा आएका कारण बजारमा चमक आईरहेको छ । प्रत्येक दिन कारोबार रकम पनि बढिरहेको छ । यसको मुख्य कारण राष्ट्र बैंक र सरकारको लचक नीति हो । अहिले घरजग्गा र उद्योग क्षेत्र नचलेका कारण त्यहाँको पैसा बजारमा आएको छ । ’

सरकारले पूँजीगत लाभकरको लक्ष्य १८ अर्ब हाराहारी राखेको भएतापनि १ खर्ब भन्दा बढीको राजश्व उठ्ने देखिएको छ । बजारको अवस्था हेर्दा र आज वाणिज्य बैंक पनि चलेका कारण बजारले छिट्टै अल टाइम हाई ब्रेक गर्ने दाबी पनि जानकारहरुले गरेका छन् ।

बजार इन्ट्रा डे करेक्सन हुँदै अघि बढिरहेको छ । बजारले किन्ने बेच्ने दुवैलाई मौका दिएको छ । सेक्टर रोटेशन हुँदै बजारमा उत्साह बढेको छ । यस कारण बजार चाडै नै अल टाइम हाईको बाटोमा देखिन्छ । आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो ।

आज बैंकिङ समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ५.६५ प्रतिशतले बढेर १ हजार ६८४.९३ विन्दुमा पुग्यो । यस्तै आज विकास बैंक समूह १.२८ प्रतिशत, होटल ०.३२, हाईड्रो ०.७९, लगानी २.६९,म्युचुअल फण्ड २.२८,निर्जीवन बीमा ०.९४ र व्यापार समूह १.८१ प्रतिशतले बढ्यो ।

आज धेरै कारोबार गर्ने कम्पनीहरुमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९१ करोड ३३ लाख बढीको सेयर कारोबार भयो।

यस्तै सानिमा माई हाईड्रोको ८३ करोड २३ लाख, अपि पावरको ६५ करोड,कुमारी बैंकको ६१ करोड ७७ लाख र निफ्राको ६० करोड ३७ लाख बढीको सेयर कारोबार भयो । यस्तै धरै कमाउने र गुमाउने कम्पनीहरु आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।

आज बुटवल पावर कम्पनी,राष्ट्रिय बीमा कम्पनी,मोदी इनर्जी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै एनमएबी बैंकको सेयरमूल्य ९.४२ प्रतिशत,ग्लोबल आइएमई बैंकको ९.२२,लिबर्टी इनर्जीको ९.०३ प्रतिशत र कुमारी बैंकको सेयरमूल्य ८.९४ प्रतिशतले बढ्यो ।

Advertisement

आज नेपाल फाइनान्सको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो । यस्तै विन्द्यावासिकी हाईड्रोको सेयरमूल्य ७.२२ र शुभम् पावरको सेयरमूल्य ७.१० प्रतिशतले घट्यो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top