दशरथ रंगशाला बिग्रिएपछि सातदोबाटो सर्‍यो साफ यु–२० फुटबल

३० साउन ८१, बिहीबार

३१ साउन, विराटनगर । 

आइतबारदेखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको अवस्था नाजुक भएपछि च्याम्पियनसिप त्यहाँ सारिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी एन्फाका प्रवक्ता सुरेश शाहले दशरथ रंगशाला खेल्न नमिल्नेगरी बिग्रिएकोले च्याम्पियनसिप एन्फा मैदान सातदोबाटो सारिएको बताए ।

अगस्ट १८ देखि २८ सम्म हुने च्याम्पियनसिपका खेलहरू एन्फा मुख्यालयको एस्टो टर्फमा खेलाउन लागिएको उनको भनाइ छ ।

हिलाम्मे मैदान र खेलाडीको विजोग अवस्थाबारे सर्वत्र आलोचना भएको थियो दशरथ रंगशालाको अवस्था देखेपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले एन्फालाई मैदानको विकल्प खोज्न अग्रहसमेत गरेको थियो ।

मैदान अभावका कारण यस च्याम्पियनसिप एन्फाको टर्फमै खेलाउने र फाइनल खेल दशरथ रंगशाला हुने प्रवक्ता शाहको भनाइ छ ।

च्याम्पियनसिपका भाग लिन माल्दिभ्स टोली बिहीबार नै नेपाल आइपुगेको छ । अन्य टोली शनिबारसम्म आई पुग्नेछन् ।

साफ यु-२० च्यापिम्यनसिपमा ६ देशको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित बंगलादेश र श्रीलंका रहेको छ ।

समूह ‘बी’ बाट भारत, माल्दिभ्स र भुटान रहेका छन् । उद्घाटन खेलमा नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका लागि एन्फाले नेपाली खेलाडी टोलीको घोषणा समेत गरिसकेको छ ।

नेपाली टोली :

जियारथ शेख, कृषल मोक्तान (गोलरक्षक), विशाल केसी, सीमान्त थापा, अश्विन घोरा, सैनीविक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जनप्रकाश बम, लचु थापा, नीरज कार्की, हरिश राज भट्ट, धर्बेन्द्र कुँवर, अनिल बम्जन, समीर तामाङ, नीराजन धामी र रोहन खड्गी ।

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top