ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयको प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

३० साउन ८१, बिहीबार

३१ साउन, विराटनगर ।

Advertisement

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएको भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार छ ।

बिहीबार दिउँसो ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई लछारेपछि स्कुटर चालक महिलाको मृत्यु भएको थियो ।

Advertisement

ट्राफिक प्रहरीको चेकिङमा रोकिएको स्कुटरलाई ट्रकले ठक्कर दिँदा स्कुटर चालक घटनास्थलमै मृत्यु भएको थियो । ट्रक चालक भने फरार बनेका थिए ।

मृतकको पहिचान खुल्न सकेको छैन । मृतकको शव प्रहरीले पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

Advertisement

तर, दुर्घटनास्थलमा भने तनावपूर्ण अवस्था सिर्जना भएको छ । स्थानीयले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी आक्रामक भएपछि भिड नियन्त्रण गर्न अश्रुग्यास हानेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर भत्तपुरका ८० जना र काठमाडौंका ११५ जना प्रहरी परिचालन भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top