जब एउटै खेलमा ३४ खेलाडीले पेनाल्टी प्रहार गरे

३१ साउन ८१, शुक्रबार

३२ साउन, विराटनगर । युरोपको दोस्रो ठुलो फुटबल प्रतियोगिता युरोपा लिगको छनोट खेलअन्तर्गत बिहीबार राति एउटा ऐतिहासिक खेल भएको छ ।

युरोपा लिगअन्तर्गत छनोट चरणको प्लेअफका लागि भएको खेलको नतिजाका लागि ३४ जना खेलाडीले पेनाल्टी प्रहार गर्नुपरेको छ । यति धेरै पेनाल्टी प्रहार भएको युइएफएअन्तर्गतका फुटबल कुनै पनि प्रतियोगिताकै इतिहासमा पहिलोपटक हाे ।

यसअघि सन् २००७ मा भएको युइएफए युरोपियन यु-२१ च्याम्पियनसिपमा धेरैपटक पेनाल्टी प्रहार भएको थियो । त्यसबेला इंग्ल्यान्ड यु-२१ र नेदरल्यान्ड्सबीचको खेलमा कुल ३२ पटक पेनाल्टी हानिएका थिए ।

Advertisement

गएराति डच टिम आयाक्स एम्सटरड्याम र पानाथिनाइकोसबीचको खेलले उक्त कीर्तिमान भंग गर्दै नयाँ इतिहास रचेको हो ।

युरोपा लिगको तेस्रो चरणको छनोट खेलको निर्धारित समयसम्मा पानाथिनाइकोसले १-० ले खेल जितेको थियो । तर, उसले अघिल्लो लेगमा १-० गोलले हारेका कारण समग्रमा १-१ को नतिजा भएपछि थप समय खेलाइएको थियो ।

Advertisement

अतिरिक्त समयमा दुवैले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो, जसमा दुवै टिमका समान १७ खेलाडीले प्रहार गरेका थिए ।

पेनाल्टीमा आयाक्सका १३ र पानाथिनाइकोसका १२ खेलाडीले गोल गरेसँगै डच टिम प्लेअफमा पुग्यो । बिहीबार आयाक्सलाई जित दिलाउन गोलकिपर रेम्को पास्भिर नायक बने । उनले पाँचवटा पेनाल्टी बचाउँदै आफ्नो प्रहारलाई गोलमा पनि परिणत गरेका थिए ।

पेनाल्टीकै कुरा गर्दा विश्व फुटबलमा सबैभन्दा लामो पेनाल्टी सुटआउटको कीर्तिमान इजरायली तेस्रो श्रेणीको लिगले बनाएको थियो । डिमोना र सिम्सोनबीच भएको उक्त खेलमा नतिजाको निर्णयका लागि कुल ५६ पेनाल्टी प्रहार भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top