प्रिमियर लिगः आज ६ खेल, युनाइटेडलाई जोशुआ फापे

३२ साउन ८१, शनिबार

१ भदौ , एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गएराति देखि शुरु भएको नयाँ सिजनमा युनाइटेडले विजयी सुरुवात ग¥यो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले फुलहमलाई १–० गोलले हरायो । हालै युनाइटेडमा आबद्ध भएका नेदरल्यान्ड्सका फरवार्ड जोशुआ जिर्कजीले खेलको ८७ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै उसले तीन अङ्क जोडेको छ । प्रिमियर लिगमा युनाइटेड २० पटकको च्याम्पियन टोली हो । गएको सिजन युनाइटेड आठौँ स्थानमा रहेको थियो । फुलहमले १३ औँ स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो । अघिल्लो सिजन म्यानचेस्टर सिटीले उपाधि जितेको थियो । यसपटक प्रिमियर लिगमा बढुवा भएका लेस्टर सिटी, इपस्विप टाउन र साउथ ह्याम्पटनसहित २० टोली सहभागी छन् ।

Advertisement

आज ६ वटा खेल हुँदैछन् । पहिलो खेलमा नेपाली समय अनुसार बेलुका सवा ५ बजे नवप्रवेशी इपस्विप टाउन र लिभरपुल खेल्दैछन् । त्यस्तै बेलुका पौने ८ बजे आर्सनल र उल्भ्स, एभर्टन र ब्राइटन, न्यूक्यासल र साउथ ह्याम्पटन, नटिङघम फरेस्ट र बर्नमाउथबीच खेल हुनेछ । त्यस्तै राति सवा १० बजे वेस्ट ह्याम र एस्टनभिल्ला खेल्दैछन् ।

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको प्रिमियर लिग सन् २०२५ को मे २५ तारिखसम्म चल्नेछ ।  यता स्पेनिस ला लिगामा सेल्टा भिगोले विजयी सुरुवात गरेको छ । हिजो बेलुका भएको खेलमा सेल्टा भिगोले डिपोर्टिभो अलाभेसलाई २–१ गोलले हरायो । जितसँगै तीन अङ्क जोडेको सेल्टा भिगो तालिकाको शीर्ष स्थानमा छ ।

Advertisement

गएराति भएको अर्को खेलमा लस पालमस र सेभिल्लाले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । सिजनको पहिलो दुई खेलमा बिहीवार एथ्लेटिक क्लब र गेटाफे तथा रियल बेटिस र जिरोनाले १–१ को बराबरी खेलेका थिए । उता साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिगमा सुखद सुरुवात गरेको छ ।

नयाँ सिजनको पहिलो खेलमा शुक्रवार पिएसजीले ले हाभ्रलाई ४–१ ले पराजित गरेको हो । हाभ्रको घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि ओस्मान डेम्बेले, ले काङ, ब्रेड्ली बार्कोला र कोलो मुनाइले गोल गरे । हाभ्रका लागि गौटियर लोरिसले सान्त्वाना गोल गरे । खेलको तेस्रो मिनेटमा नै काङले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

हाभ्रका लोरिसले ४८ औं मिनेटमा खेललाई १–१ को बराबरीमा ल्याए । ८४ औं मिनेटमा पिएसजीका डेम्बेलेले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । त्यसको २ मिनेट पछि बार्कोलाले गोल गर्दै पिएसजीलाई बलियो स्थितिमा पुर्याए । निर्धारित समयको अन्तिम मिनेटमा मुनाइले पेनाल्टी मार्फत गोल गर्दै पिएसजीलाई सहज जित दिलाए । लिग वानमा शनिबार २ तथा आइतबार बिहान १ खेल हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top