दुर्लभ संयोग : महिला नेतृत्वले हाँक्दै छ परराष्ट्र

३२ साउन ८१, शनिबार

१ भदौ, विराटनगर ।

एउटा मन्त्रालयमा मन्त्री र सचिव दुवै महिला । झट्ट हेर्दा र सुन्दा केही होइनजस्तो लाग्न सक्छ । तर, यसलाई उटा दुर्लभ संयोगकै रूपमा लिन सकिन्छ । परराष्ट्र मन्त्रालयको ७३ वर्षे इतिहासमा पहिलोपटक यस्तो संयोग जुरेको हो ।

यसपटक महिला नेतृत्वले मुलुकको परराष्ट्र सम्बन्ध हाँकिरहेको छ । परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा र परराष्ट्र सचिव सेवा लम्साल नेतृत्वको टोलीले अन्य मुलुकसँगका मामिला हेर्ने सबैभन्दा उच्च निकाय परराष्ट्र मन्त्रालय हाँकिरहेको छ । महिला मन्त्रीले यसअघि नै परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालिसकेको भए पनि सचिवमा भने लम्साल पहिलो नै हुन् । तर, मन्त्री र सचिव महिला नै भएको भने ७३ वर्षे इतिहासमा यो नै पहिलो पटक हो ।

Advertisement

गत वर्षमात्र सहसचिवबाट सचिवमा बढुवा भएकी लम्साल परराष्ट्र मन्त्रालयको २५औं सचिवका रूपमा आएकी हुन् । डा. राणा भने परराष्ट्र मन्त्रालयको जिम्मेवारी काँधमा लिने चौथो महिला मन्त्री हुन् । यसअघि सहाना प्रधान, सुजाता कोइराला र बिमला राई पौड्याल परराष्ट्र मन्त्री बनेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनुन्जेल प्रथम महिला (फर्स्ट लेडी) को भूमिका बहन गरेसकेकी डा. रााणा पहिलोपटक मन्त्री बनेकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी राणाले गत असार ३१ गते मन्त्रीका रूपमा शपथ लिएकी थिइन् ।

Advertisement

कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी राणा संविधानसभा सदस्य पनि हुन् । प्रतिनिधिसभामा तेस्रो पटक प्रतिनिधित्व गरिरहेकी राणा संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति हुन् ।

महिला अधिकार र स्वास्थ्यका क्षेत्रमा काम गर्ने एक सक्रिय अधिकारवादी महिलासमेत रहेकी राणाले परराष्ट्रको जिम्मेवारी सम्हालेको एक महिना पूरा भएको छ । परराष्ट्रमा धेरै महिला कर्मचारी देख्दा आफू उनी थप उत्साहका साथ काम गरिरहेकी छन् । ६२ वर्षीया डा. राणा देउवाले भारतको पञ्जाब विश्वविद्यालयबाट संगठनात्मक मनोविज्ञानमा विद्यावारिधि गरेकी छिन् ।

कूटनीतिज्ञ लम्सालले भने गत वर्षको मंसिर २९ गतेदेखि परराष्ट्र सचिवको भूमिका निभाउँदै आएकी छन् । जागिरे जीवनको २५ वर्षपछि सचिव बनेकी लम्सालले त्यसअघि २०७७ असोजदेखि परराष्ट्र मन्त्रालयकै प्रवक्ताका रूपमा सेवा गरेकी थिइन् ।

ग्रामीण क्षेत्रबाट उठेर उनी इतिहास रच्दै नेपालको पहिलो महिला परराष्ट्र सचिव बन्न सफल भएकी हुन् । भोजपुरको दिंग्लामा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेकी उनले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट सामाजिक परिवर्तनमा एम.फिल. गरेकी छन् । २०५५ सालतिर निजामती सेवामा प्रवेश गरेकी लम्साल तीन छोरीहरूकी आमा र एक नातिकी हजुरआमा पनि हुन् ।

शैक्षिक योग्यता र कार्यगत अनुभवका आधारमा पनि अब्बल देखिएका दुई महिला नेतृत्वले नेपालको असंलग्न परराष्ट्र नीति, छिमेक सम्बन्ध र अन्य मुलुकसँगको सम्बन्धलाई कसरी बढाउलान्, त्यसमा सबैको नजर रहने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top